आजकल सपनी हरुमा म
झरना देख्छु
खोला देख्छु
मेरो पुरानो गाउ देख्छु
घर माथिको देबिथानको डाडो देख्छु
सपनी मै बास्छ झ्याउकिरि
मेरो सपनाले अचेल पुरै एक फन्को लगाउछ मेरो गाउ !
को भन्दा को कम गरि सजिने
ति ओल्लो पल्लो घर हरु
उजाड निरस पो देख्छु सपनीमा
छाना चुहिएका , गाह्रा भत्किएका
फुङ्ग उडेको अलि अलि बाकि कमेरो
नालिपेको आँगन , सुकेको तुलसी
रित्ता गोठ हरु , गन्धे फुलेको करेसो पो देख्छु
होइन यो म के असुभ देख्दै छु
के मेरो गाउ सन्चै त छ ?
उजाड देख्छु देबिथानको बन
झ्याउकिरि दिउसै बास्न थालेको गाउ
काकाकुल कदम खोला
येत्र तत्र छरिएका
प्लास्टिक, कागज , रक्सी का खालि बोत्तल हरु
गन्हाएको धमिलो पो देख्छु मलेखु खोला
रुझेको बिरालो जस्तो गर्दै बगी रहेको त्रिशुली नदि
कस्तो नराम्रो सपना हो यो
कतै मेरो गाउ लाइ बिसन्चो त छैन ?
लह लह धान झुल्ने खेतहरुमा
ठुला ठुला बालुवा झिक्ने मेसिन देख्छु
गाउ पुरै रित्तिएर सबै
अटस मटस गर्दै राजमार्ग छेउ
लाइन लागेर लुट्न बसेका जस्ता घरहरु पो देख्छु
दाजु भाइ कै घर को बीच मा
अग्लो पर्खाल देख्छु काडे तार सहित को
अब एकिन भो यो पक्कै अशुभ को संकेत हो
के मेरो गाउमा सबै ठिकै त छ ?
मेरो सपना नै बिग्रिएको होला साएद
आफ्नै दाजु भाइ , काका काकी हरु सबै आफ्नो देख्दिन
कोहि कांग्रेश देख्छु ,
कोहि एमाले, कोहि माओबादि देख्छु
बिकास परियोजनाहरुमा राम्रो मान्छे होइन
दल हरु को भाग बन्डा देख्छु
सिंचाई को कुलो बनि नसक्दै
पानि चुहिएको देख्छु
रोड पिच भएकै दिन भत्किएको देख्छु
दल का नेता को घर घर मा मात्रै
खाने पानि को मोटो लाइन देख्छु
टेलिफोन को लाइन देख्छु
मैले छोड्दा त एस्तो थिएन मेरो गाउ
मेरो सपना बिग्रेको बिग्रेइ छ केहि दिन देखि
के मेरो गाउ लाइ सन्चै त छ ?
———————————————–
सतिश त्रिपाठी “सार्थक”
————————————————
Leave a Reply
You must be logged in to post a comment.