Register
A password will be e-mailed to you.

यो मायावी संसारमा
माया पनि उस्तै छ
जन्माैं जन्म दुवैको
छाया हुनेछाैं भनेर
कसम खानेहरू
कहाँ कति बेला
कस्को उक्सावट
हल्लि चल्लिले
बिच्चलीमा पर्छन
थाहै हुँदैन ।

के कस्तो थियो?

क्षण, क्षणिक माया लगाँउछन
खुशीको पल त्यो!
क्षण, क्षणमै झगडा पनि गर्छन,
माया बढाउने कुरा त्यो!
क्षण, पलमै अाँखा रिझाउँछन
दुःखको कुरा त्यो ।

फरक?

तिमी केटा हाै थाहा छ, तर
कुनै दिन तिमी एउटा केटी बनेर हेर!
अंह् त्यो तिमी बन्न सक्तैनाै तर
बनेर हैन, सोचेर हेर ।

जति तिमीलार्इ सजिलो छ
त्यति उस्लार्इ कहाँ!
तिमी त शाहसिलो मान्छे
म मान्छुँ
पुरूष हाै
महिला भन्दा अलि भिन्नै
तिम्रो अाकार प्रकार छ
उस्को भन्दा फरक अलि
फरकनै सोचाइ र बुझाइ छ
पिडा देखाउन खोज्दैनाै
त्यो पनि मान्छुँ
तर म संग लुकाउन त नखोज
तिमीले नै भनेको
हामी दुवै एक अार्काको छाया
हैन? तिमीले नै भनेको ।

केटाले भन्ने गर्थ्यो अरे
अाँखा जुधाइदेउ उनी संग!
माया लगाइदेउ उनी संग!
अाकाश गंगामा होलान अनगिन्ती तारा
तर मेरो मात्रै भेट गरार्इ देउ उनी संग ।

मन पराँउदा केही देखेन अरे
केटीलाइ देख्दै फ्ल्याट ।
दुइ चार बर्ष माया लाग्यो
त्यही मायाले अन्गिन्ती बिश्वास
दुवैलार्इ दिलायो, जब एक हुने कुरा
अायो, समाजले उसलाइ तँ
बाहुनको छोरो भनेर याद दिलायो ।

देवकोटाले भनेका थिए
क्षेत्रीको छाेरो यो पाउँ छुन्छ
घिनले छुँदैन,
मानिस ठुलो दिलले हुन्छ जात ले हुँदैन ।

तर यो सब भन्ने कुरान हो
कहाँ यो सबै, समाजले मानोस्
समाज दुर्इ भागमा बिभाजित छ
एक धनी, अर्को गरिब
यतिमात्रै कहाँ होर
यहि समाज क्लासमा बिभाजित छ
यो ठुलो, यो सानो
यो राम्रो, यो नराम्रो
यो पढेको, यो नपढेको
यो खान जान्ने, यो खानै नजान्ने
यो राम्रो लाउने, यो लाउनै नजान्ने
यो बोल्न जान्ने, यो बोल्नै नजान्ने
यो पैँसा भएको, यो पैँसानै नभएको
यो पुर्वको, यो पश्चिमको,
यो घर भएको, यो घरै नभएको
यो बिदेश जाने, यो बिदेशै नजाने
यस्तै, त्यस्तै, के के हो के के ।

तर यो समाजले कहाँ मान्थ्यो
उत बाहुनको छोरो, क्षेत्रीको 
हातको पानी नै नचल्ने
खै के फरक रहेछ कुन्नी
बुझ्नै सकिएन, यो समाज ।

तिमी जति नै प्रगाढ माया गर
तिमी जति नै निडर भएर बिश्वास दिलाउ
यो लाएर मात्रै पुग्दैन, बिश्वासको बिष
मात्रै पिलाएर पुग्दैन, बचन दिदैछाै भने
निभाउन जान्नु पर्यो, हैन भने खुलस्त कुरा
र त्यो मायाको दुरी, दोबाटोमा पुगेर सलबलाउनु
भन्दा पहिलेनै, अर्को बाटो सुमसुम्यउनु पर्यो ।

खुशी कहाँ, के कहाँ
के कस्तो हो, त्यो खुशी
कहाँ खुशी, कस्को खुशी
किन कहाँ, के कस्को लागी हो खुशी?
भनेर बुझ्ने समाज नै छैन
समाज त परै जाअोस
घर परिवारले नै बुझ्दैन्न
शताब्दिमा पनि तगारो
बनेर बसेका छन, समाज र परिवार ।

दुबै जना मायाको
मायावी संसारमा बिलीन नै थिए
तर अन्त, दोबाटो मै अाएर भयो ।

केटीले सोचिन होला
जाउ तिमी, जाउ, जाउ तिमी
निकै टाढा जाउ, तिमी
तर कहाँ कति टाढा मलार्इ
सुइकोनै नहुने गरि जाउ तिमी
अोझेल हाै तिमी, मेरो साम्मुने बाट
बिहेको हल्ला खल्ला केही नगरी जाउ तिमी ।

तर पछि फेरि सोचिन अरे
हैन धेरै टाढा पनि नजाउ तिमी
तिमी संग नयाँ संसार छ
तेही तिम्रो संसार बनाउ र  खुसी साँथ रमाउ तिमी
तेही भए र कहिँ पनि नजाउ तिमी
अाउ अाउ तिमी
तिम्रो त्यो हंसिलो संसारमा रमाउ तिमी ।

Originally Published on SatyaJoshi.com.np as तगारो

Leave a Reply