निरन्तर परिरहेछ हिउॅं
कपासको भुवासरी
र
चुम्दछ मेरा ओठहरू।
शितल, कोमल
तिम्रो माया जस्तै,
फरक यत्तीकि
हिउॅं बिस्तारै जम्दछ
तिमी बिस्तारै पग्लिन्छौ।
भिरालोबाट चिप्लदा लाग्छ
म तिम्रै बक्षस्थलमा
चिप्लिरहेछु तिम्रा हात समाई,
नछोड किनकी
यस खेलमा विजयी बनाउने
तिम्रै हातहरु हुन्।
म चहान्छु हिउॅं नजमोस्
तर
नजमेको हिउॅंमा चिप्लेटी खेल खेल्न मिल्दैन,
त्यसैले हिउॅं झर्छ, जम्छ र पग्लन्छ
तपक्रमसॅंगै
उस्तैगरी तिमी मेरो समिपमा रहेझैं।
Leave a Reply
You must be logged in to post a comment.