उ एक नारी हो, भनिन्छ यहाँ नारिले धेरै कुराहरु सहन सक्छन् , त्यसैले होला यो समाजलाई बारबार नारी हुनुको प्रमाण दिइराख्नु पर्ने – उसको इच्छा ,चहाना होइन बाध्यता हो ।
उस्ले कसैको मत्लब नगरी सिधा सिधा आफ्नो बाटो मा हिंड्न खोज्दा पनि यो समाजलाई अझै पुग्दैन बाटोमा अनेक काँडाहरु बिछ्याइएका हुन्छन यहाँ केवल नारिको चरित्रको परिक्षाको लागी। तर पनि खुशी खुशी सहन्छे उ किनकी उ त नारी होनि सहनै पर्छ होइन र?
अनेक गिद्धले सिनो हेरिए जसरी हेरिन्छे उ, मानौँ उ कसैको निजि सम्पत्ति हो। बारबार उ नचाहाँदा नचाहँदै अगाडी जान्छे,लड्न खोज्छे ,त्यो अन्धाकारलाई तोड्न खोज्छे उ, कराउछे- पुकार गर्छे । तर ती काला निर्लज्ज नजरले हरेक चोटि उसको जीवन लाई अन्धाधुन्ध बनाउँछ्न। अनेक बिन्ती, अनेक करुण क्रन्धनहरु केवल शब्दसमुह मात्र हुन्छन। मनौँं उसका ती बाध्यताका पुकार,मनका भवानाहरु मरुभूमिमा पानी खन्याए जस्तै हुन्छ- असर कत्ती पनि हुदैन । चाहान्छे उ, कसैले सुनिदियोस, कसैले बुझिदियोस उसलाई, अनि भनोस उस्लाइ- कि चिन्ता नगर न तँ म छु नि तेरो साथ मा ।।
तर स्वर्थ नै स्वर्थको यो ढोंगी संसारमा केवल उसको स्थितिको तमाशा हेर्ने मात्रै भेटिन्छन। उसको त्यो अवस्थामा उस्को गल्ती खोजि लत्याउने मात्र भेटिन्छन । जस्को मुखबाट “बिचरा र थुक्क” भन्ने शब्द बाहेक केही निस्किदैन । अब उ के गरोस चुपचाप त्यो यातनाको शिकार बन्छे ।तर अझै अगडि बड्ने साहास देखाउछे।
परिस्थिति जस्तोसुकै होस, गल्ती हरेकचोटी नारिकै देखिन्छ यहाँ । आखिर अझै पनि कतै न कतै व्याप्त रहेको पुरुषप्रधान समाज न पर्यो यो। बारबार कसैले उस्को अस्मिताको, उसको अस्तित्वको धज्जिया नै उडाउदा पनि उ पवित्र कहलिन्छ । तर एक स्त्री जो केवल आफ्नो लक्ष्यको बाटोमा हिडिरहेकि हुन्छे, कसैको जीवनमा केही बिगार गरेकी हुदिन। अरे! गर्नु त के, सोचेकी पनि हुदिन । तर उसको अस्मिता नै उ सङग हुदैन । अरे! उस्को अस्तित्व नै आज उसङग हुदैन किन ?
त्यो यात्रा का ती अनेक बाधा, अड्चनसँग ,ती दबाब र धम्की बाट त्रसित उ हैरान भएर हारेर बसेकि हुन्छे । अनेक चोटि खुट्टा तानिन्छ, अनेक चोटि लडाउन खोजिन्छ यहाँ , तर पनि एक्लै केही नभनी उठ्छे उ अगाडि बड्छे , साहस देखाउँछे र कति बेला त लडेर जितमा पनि पुग्छे उ। एक दुई पटक होइन पटक पटक हराउन खोजिन्छ यहाँ तर पनि हिम्मत कहिले हर्दिन उ । किनकी उ त स्त्री होनि उठ्नै पर्छ होइन र?
उसको सबथोक लुटिन्छ यहाँ उस्को अस्मिता , उसको इज्जत , उसको सपना, उस्को चाहाना र उस्को मानसिक स्थिती पनि। सबथोक लुटिन्छ यहाँ केवल कसैको इच्छा परिपुर्ति र मनोरञ्जनको लागि। अनेक परिबन्धमा फसाइन्छ यहाँ । तर वास्तविकता एक हुँदा हुँदै पनि जो निर्दोष हुदा हुँदै पनि, गलत नारिलाइ नै देखाईन्छ यो समाजमा किन? अरुको मनोरञ्जनको पात्रता बन्दा बन्दै, ती यातना सहँदा सहदै आफुले नगरेको गल्तिको सजाएँ पनि भोग्न बाध्य हुन्छे उ किन?
यति हुँदा हुँदै पनि चुप छे उ । उसलाई कसैमाथी विस्वास नै हुदैन किनकी सबैतिर बाट त्रसित र ग्रसित उ नराम्रो ठोकर मात्र पाएकी हुन्छे उ । कसैलाइ भन्ने आँट होइन कि – जरुरी नै ठन्दिन उ। किन भनोस उस्ले जबकी उसलाई थाहा छ त्यस्को परिणाम, उसमाथी लगाइने त्यो झुठो चरित्रको झुठो धब्बा । उस्को राम्रो सोचको त्यो झुठो आरोप। त्यसैले बस केवल हेरिरहन्छे ।
बाहिरबाट कमजोर देखियता पनि भित्री मन धेरै बलियो भएको हुन्छ उस्को मन ।किन थाहा छ ? किनकी उसँग यो विश्वास भने अवस्य हुन्छ कि उस्को अरु कोहि नभएपनी ईश्वर अवस्य छ ।ती कर्म को फल दिनको लागि बसिरहेको । आज या भोलि रमाउलान ती काला नजरहरु तर पर्सि त आउनु नै छ । त्यो पर्सि को दिन को प्रतीक्षामा बसेकी हुन्छे उ। आज जति नै खुल्ला घुमे पनि पर्सि अवस्य जलेर भस्म हुनेछन ती पर्दा पछाडीका झुठो बास्तविकता उनिहरुकै कर्म को करण । यहि बिश्वासमा अटल हुन्छे उ । अनि फेरि केही आसमा केही हिम्मत लिएर फेरि अगाडि बढ्छे उ। आफ्नो गन्तव्यको खोजमा अनि एकै विस्वासमा ।
उसको त्यो एक बिश्वासले ती उस्का बाटोमा आउने अनेक अन्धाकार लाई उज्यालो दिन्छ । अनेक पिडालाइ पनि खुशी भएर जित्ने हौसला दिन्छ । र हिड्छे पनि उ सबैलाई खुशी बनाउदै लड्दै, उठ्दै – रुदै त कहिले हाँस्दै पनि ।।।
केवल अगाडि बढ्छे उ केवल अगाडि त्यो पनि एकै बिश्वासमा ” आफुमा” ।।। हे भगवान अब त आउ न म सँग।।।
रचना -अप्सरा भट्टराई ।।
नारी दिवश मात्रै छ यहाँ
बाेध गर्नुपर्ने कुरा धेरै छन
धेरै शुभकामना