Register
A password will be e-mailed to you.

म छुवाछुत मान्दिन अंकल, छुवाछुतले मेरो जिबनमा परीको कमि बनायो | मलाई परि बाट टाढा बनायो, आजकाल म एक्लो छु | म दोषि मेरो मामुलाई मान्दिन ,म दोषि यो समाजलाई मान्छु जसले मेरी मामुलाई जातिय अन्धविश्वास सिकाएर आफ्नै छोरा बुहारीबाट टाढा बनायो | समाजलाई कयौ प्रयाश गरे सम्झाउन सकिन आफुलाई सम्झाउन खोजे सकिन म के गर्न सक्ने रैछु त ? निस्वार्थ प्रेम तेईत होला| जातभात, बोक्सेनी छुवाछुतत हटाउन सकिन | जातलाई लिएर म अनि मेरो परीको जिबनसंग खेलवाड भयो अंकल, परम्परागत सोचमा आधारित यस्ता समस्यालाई समाधान गर्न शिक्षा सचेतना बढाउन जरुरी छ जो तपाई हामि बाटै सम्भब छ भनि मैले लेखेर अंकललाई दिएर आफ्नो कथा लेख्न सुरु गरे |

टिक टिक ९ बज्यो सधैझै म उठ्ने समय “बाबु उठ्न मामुले बोलाउनु भयो”,मैले मतलब गरिन फेरी “दाजु उठ्नुस खाना खानु हजुरलाई गाडजान छ होइन” | गाड भन्ने सब्द कानमा पुग्ने बितिकोई म जुरुक उठे, आखा मिच्दै सकीएको कोल्गेटको बट्टालाई दातले काटेर ब्रश गरे| खानामा मामुले फर्सीको मुन्टा अनि गहुको रोटि बनाउनु भएको रहेछ | फर्सीको मुन्टा मेरो मन पर्ने तरकारी सधै २ रोटि खाने आज साढे २ खाइदेछु पत्तै पाइन | १० बजिसकेको थिओ यी सबै काम गर्दा गर्दै ,आज २०७७ सालअसार १० गते सनिबार मेरो अनलाइनक्लास थिएन, चैत्र ६ गतेबाटभएको बन्दा बन्दि पछि हाम्रो छैटौ सेमेस्टरको अनलाईन माध्यम बाट पढाई हुन्थ्यो सधै कालो झोला निलो छाता ,झोला भित्र कालो ल्याप्टप गोजीमा १०० रुपैया लिएर विनायक जाने म आज तेस्तोथिएन आज सनिबार थियो मलाई गाडखेल्न जानु थियो |

म, म संगै गाड जाने मान्छे खोजिरहेको थिए | मामुको कार्यपालिकाको मीटिंग रैछ गैसक्नु पनि भएको रैछ | भाइ र म जहा जादा पनि संगै जान्थेउ तर आज तेस्तो थिएन भाई र म मध्य कोहि त घर बस्नु थियो | ३ ओटा बाख्रा जो थिए १ खसी १ खसीको बोइनी अनि खसिकी आमा | भाइ र मेरोमा भको सहमतिमा भाइ घर बस्ने निधो भयो | अब म सङ्ग गाड जाने मान्छे कोत ?

मोबाइलको क्नट्याक लिस्टमा हेरे बिमला दिदि नाम देखे, संगै पडेको हामि २०७३ सालको एसइइ हाम्रो | उहाको घरमा काम रैछ जान भ्याउनु हुन्न रे फेरी माइलीफुपु कि कान्छी छोरी दिदि कवितालाई फोन गरे | घास काट्न जानु भएको रैछ | उहा र म पनि संगै पडेको | दिदिहरु नजाने रे अब को जाने त ? तल्लो घरका अंकल माथिल्ला घरका अंकल लाई सोधे सबैको काम रैछ | अन्तमा उता घरका दुई जना भाई मेरा भाईसंगै पढेका २ जनाभाई गाड जान तयार भए | हामि गाड जाने भयौ बाटो ओरालो भएकाले बिस्तारै आफ्नै कुरा गर्दै थियौ भाई पंकजले फ्याट्ट भनो ‘दाजु गाडमा कति राम्री फलेयौटि हुन्छन र” | फलेयौटि हाम्रो तिर तरुनी केटि लाई भन्छन | मैले हास्दै भने ‘त नि केटि हेर्ने भैसकिश र भाइ? ,मैले यती भनेर सकेकै थिय उसलेफेरी भनि हालो”तपाइलाई थाहा छोइन र तपाइको भाइ बिरिनको गल्फेन्ड छ निशा नाम हो” | अब भने भाइको पोल खुलो आज था भयो भाइकिन ‘दाजु अल्सी लाग्छ,तपाइको मोबाइल दिनुसन’ भन्थ्यो, फेरी मैले मनमनै सोचे ‘दाइले त केटीको बारेमा सोचेको छोइन तैले गल्फेन्ड बनाइसकिस जे होस् मोज गर’ |हामि हास्दै खेल्दै उफ्रिदै मजाक गर्दै गाड पुग्यौ ३ जना म पंकज अनि सुसिल

त्यो गाड जो कलकल बिना स्वार्थ बगिरहेको थियो | जस्ले धर्त्तिको सुन्दरतामा सुनमा सुगन्ध बनाइदियको थियो | जस्मा हजारौ जिबजन्तुको बासस्थन थियो| बर्खाको समयमा गाड अलि बढेको अनि धमिलो थियो तैपनि तेस्को सुन्दरतामा कमि भने थियन| काला खैरा सेता राता ढुङ्गाका बिचमा धमिलो पानि आहा राम्रो स्वर्ग थियो भने येहि त होला लाग्यो | हामि दोगाड जाने भयौ एउटा मुली गाड अनि अर्को कुइकेगाड | हामि कुइके गाड तरेर मुलीगाड मिसिएको तर्फ जादै थियौ तब बडको रुखमा एउटा राम्री केटि च्यातिएको लुगा कुर्तासुरुवाल लगाएकी कहिले पनि नाधोको जस्तो कपाल तैपनि उ कोहि भन्दा कम भने थिइन|

मैले “उ किन एस्तो”भनि भाईलाई सोधे | हामि केटीलाई हेर्दै थियौ तब भाइ पंकजले भन्यो “यो दलित बोक्सिनी होयस्ले आफ्नो सिरमानालाई टोकेकी रे मतलब मारेकी हरे, गाउमा गए आखो पर्छ रे, एस्ले मान्छेलाई हेरी भने मात्र केहिन केहि नराम्रो हुन्छ रे झन् छुइ भनेत पुजापाठ गरेर मात्र पबित्र भइन्छ रे तेसैले नरुकुम जामदाजु|” उ एकदम पातली थिइ सायद कयौ दिनकी भोकी हुदी हो | हामि दोगाड तर्फ जादै गर्दा मैले भाईलाई सम्झाए”२१औं सताब्धिमा आएरनी एस्तो बोक्सिनी,पापिनी अनि दलित भन्ने हुन्छर भाई | यो सबै बुढापुर्खाको भ्रम मात्र हो| तिमि हामि जस्तोलेत एस्तो कुरीति मान्नु हुन्न हामि सबै मिलि यसको अन् गर्नुपर्छ” भने तब भाइले भन्यो “तैपनि सबैले मानेको कुरा न हो दाजु हामि २ जनाले बोलेर के नै हुन्छ र” एकछिन रोकिएर पंकज फेरी बोल्यो “यस्ले पण्डित जगत अधीकारिको भैसीलाई के हेरेकी रे भैसीले दुध दिन छोड्यो झन् रमेश ढकालको गाईलाई छोकी मात्र हो गाईनै मरी रे यदी त्यो बोक्सिनी नभएको भए तेस्ले छुदैमा मर्थे त दाजु तब मैले जवाफ दिए “भाई गाई अनि भैसि त कुनै बिरामीले पनि त मरेका हुनसक्छन |

तेस्मा उनको के दोष आफुलाई पण्डितअनि काजि भन्ने रमेशले आफ्नो निजि स्वार्थको लागि बिचारी बिदुवालाई दोष पनि त लगाएका हुन सक्छन नि|” होला होला दाजु भनि भाई सुसिलले सहमतिजनायो तेती भन्दा नभन्दै हामि दोगाड पुगिसकेको थियौ |
हामि आधा घण्टा खुब मजाले गाड खेल्यौ बेस्सरी थाक्यौ भोक नि लाग्यो | त्यो दोगाड निर हाम्री ठुलिममीको दोकान थियो हामीले २-२ वटा चाउचाउ किन्यौ र घर तर्फ लाग्यौ | जादा फेरी तेही बडको रुखनेर रुखको अडेसमा उही सुतिरहेको केटि बसिरहेकी थिइ | पहिले दोगाड तिर जादा सुतेकाले राम्ररी देखिएकी थिइन अहिले भने उ साच्चिकै राम्री थिइ ठुला ठुला आखा चुच्चो नाख ठुला ठुला मिलेका ओठ उठेका छाति साच्चै मेरो सपनामा आउने केटि जस्तै | भाइले चाउचाउ खाएको उ हेरिरहेकी थिई | तल हात लिदा तल माथि लिदा माथि |मैले तेओ दृश्य हेर्ने सकिन र आफु संग भएको दुइटा मध्य एक उसलाई दिए |

मैले चाउचाउ उसलाई दिदा भाईपंकजले “यो के गर्नु भयको दाजु?” भन्यो तर भाइ सुसिलले पनि एउटा प्याकेट भुइमा राखिदियो | मैले हातमा राखिदिए उ मुसुक्क हासी “हास्दा त कति राम्री देखिएकी बरै” मैले मनमनै भने| पंकजलाई चाउचाउ दिएकोकुरा घरमा नभन्नु भन्यौ उसले मानि पनी हाल्यो| उकालो बाटो हस्याङफस्याङ गर्दै सरिर भरि पसिना भरिएको भएनी हामी घर पुग्यौ | मामु मीटिंग बाट आउनु भएको हुनुहुदो रहेन्छ |

मैले भाईलाई गल्फेन्डको कुराले जिस्काए खाजा खादा उ लजाएको थियो | हुन त भाई म संग झुट बोल्थेन तर तेओ कुरा दाजुलाई भन्न अप्ठ्यारो मानेको रैछ | उस्ले भन्यो बिर्ख काजिकी छोरी हो दाजु काजि भन्ने बित्तिकै मलाई बडकोरुखको केटीको याद आयो | भोलि क्लास थियो तैपनि उसलाई एक्लै भेट्नजाने सोचे| साँझपख मामु आउनु भयो भाईलाई काममा सघाएर खाना पकाई सकेपछि मैले अलिकति मात्र खाए | मेरो दिमाखमा बस उ थिइ | म सरासर हात चुठेर केहि सब्ध नबोली बेडरूममा गइ पल्टिए, निदाउन धेरै प्रयाश गरे तर सकिन सायद मलाइ त्यो केटि संग पहिलो नजरमा माया बसेको हुदो हो | पहिलो नजरमा माया बसेसी एस्तै हुन्छ र ?, खान मन नलाग्ने निन्द्रा नलाग्ने !

सधै सुत्नु भन्दा अगाडी एक लोटा पानि पिउथे तर आज तिर्खा नि छोइन के यो मायाको लक्षण हो त ? मनमा अनेकौ कुरा खेलाउदा खेलाउदै म रातको ९ बजे खाटमा गको मान्छे १२ बजे बल्ल निन्द्रा लाग्यो | बिहान सधै ९ बजे उठ्ने मान्छे म आज उनको यादमा छिटै उठेछु | घडी हेर्दा ६ बजेको पो रोइछ | बिहान उठ्ने बितिकोई उ नि मुसुक्क हासेको याद आयो म नि मुसुक्क हासे फेरी कोहि देखि हाल्छकी भनेर यता उति हेरे कोई थिएन | मैले आज सम्म झुट नबोलेको मान्छे मामुसंग आज क्लास छोइन भनि म बिना साथी गाड जाने भए | एकघण्टा लाग्ने बाटो आज आधा घण्टामा पुगे किन?, सायद उनलाई भेट्न हतार हुदो हो उसलाई देख्न मन हुदो हो | उसलाई देख्न मन आतिराको थियो | म उ बसेको बडको रुख निर पुगे तर उ तेहा थिइन | म कुरेर बसे | करिब ३ घण्टा पछी बल्ल उ आइ|

केहिपनि नफेरिएको उस्तै च्यातिएका लुगा, नधोको कपाल| उ बस्ने ठाउमा मलाई देखेर मेरो अगाडी ऊ रोकी |उ रोकिएकोदेखेर मैले भने “आउ आउबस तिमि तिम्रो ठाउमा” म जुरुक्क उठे | उ पनि आएर थपक्क बसी केहि नबोलेर | उ केहि नाबोलेकोदेखेर मैले फेरी सोधे “तिम्रो नाम के होनी ?” उ बाटफेरी केहि उतर नआएपछि मैले फेरी भने “तिमीलाई था छ म तिम्रो लागि ३ घण्टा देखि कुरेको नी तब उ बल्ल बोलि “मैले तलाई कुर भनेको थिई?” अलि झर्केर बोलि उ तर पनि मलाइ नराम्रो लागेन | सायद उ संग भएको पहिलो नजरको मायाको तागत हुदो हो त्यो | उ झर्केर बोलेको तेती सब्धमा नि माया मिसिएको लाग्यो | “आहा तिमि बोल्दानी कति मिठो सुनिदो रैछ” मैले हासेर भने | अनि उसले म हासेको देखेर जिस्कीएर हिहि गरि मैले फेरी भने “तिमि हास्दा त झन कति राम्रो देखेको बरै” |

उसको जवाफ “ हास्दा कसलाई राम्रो देखिन्न र ?म जस्तालाई त हास्ननि कसले दिन्छ र ?हाम्रो जिबनमाट जहिले आसु नै आसु छ” उसले मायालु स्वरमा भनि | मैले फेरी “ तिमि सारै राम्री छौ भने” मैले यसो भन्दा उ अलि लजाई जस्तो लग्यो तर उता पश्चिम दिशा बाट रमेश आफूतिर आइराको देखि र सरासर आफु बस्ने ओडार तर्फ लागि तब म उसको पछि पछि जान खोजे तर उसले असुइकार गरि मैले उसको कुरा काट्न सकिन | म रोकिए तेही | उ अलि अगाडी ओडार तर्फ गैसकेसी म आफ्नो घर तर्फ लागे | जे होश म आज उ संग बोले मन खुसि थियो, उताब्लो थियो |सधैझैँ आजपनि अलि अलि काममा सघाईबेलुका तिर खाना खाएर सुते |

यसरी अनलाइन क्लास झुट बोलेर छोडेर उसलाई भेट्ने क्रम बडीरहेको थियो | मेरो क्लास काहा पुगिसकेको थियो रे एक दिन बिबेकले कल गरेर भनेको थियो | मैले भाइ तेरो दाइलाई कोहि संग माया बसेको छ कोहि संग प्रेम बसेको छ | “एव्रि थिंग इज फेअरइन लब याण्ड वार भाइ” मैले जब उसले माया प्रेमको चक्करमा नपर भाइ भन्दा फिल्मी डाइलग भनेको थिए तर पनि छैटौ सेमेस्टर जो थियो मलाई पास जो हुनु थियो | तेसैले मैले अन्तेमा उसलाई मलाइ नोट पठाइदे म सार्छु तेरो भने उसले हुस हुन्छ भनि स्मईली इमोजीपठाको थियो फेसबुकमा |

अब म उसलाई दिनमा धेरै समय भेट्थे | अब उ पनि मलाइ मन पराउनथालेकी छ जस्तो मलाई लागथ्यो | बिना नाम थरको हाम्रो माया हामि माथि कति सम्मको ओजनको तौल पर्थ्यो था थिएन | मेरो पहिलो माया उ थिई मलाइ बस उ चाहिएको थियो | उसकोनाम होइन थर होइन उ विबाइत कि अबिबाहित उ विधुवा हो कि उस्को सिरमान छ मलाई एस्ता कयौ कुराको मतलब थिएन बस म उसलाई धेरै भन्दा धेरै माया गर्थे तर उसको मलाई थाहा थिएन | एती भन्ने थाहा थियो कि उ एक न एक दिन मलाई अवस्य माया गर्छे | मनि उसलाई माया गर्छु माया भएसी अरु के चाइयो त ! मनमनै आफैलाई प्रश्न गर्थे अनि आफै उतर दिन्थे |

आज उ संग भेट्न थालेको २ हप्ता भइसको थियो| हामी बिचको दुरी अब मीटरबाट सेन्टिमीटर भइसेको थियो | हामी नजिकै बसेर कुरा गर्दै थियौ तब उसले रमेश लाई आफूतिर आइरहेको देखि अनि मलाई जाउ जाउ भन्न थाली | डराएको जस्तो अनुहार मनमा घब्राहाट थियो उस्को | उ जुरुक्क उठी अनि फटाफट हिड्न थाली | आखिर उ रमेश संग किन एती डराउछे ? के गरेको छ रमेशले उसलाई मलाई जान्नु थियो र म उस्को पछि पछि लागे उस्ले नआउ मेरो पछि भनेपनि मैले पिछा छोडिन | अनि मैले सोधे “तिमि किन डराउछौ त उ संग भन?” भन्दा उस्ले किनै होइन भनेर मेरो कुरालाई टाल्न खोजि तर मेरो करको अगाडी उसको केहि लाग्न सकेन र भन्नलाई बाध्य भइ अनि भन्न थाली “जबमेरा बुडाको क्यान्सरकाकारण निधन भयो तब मेरो आफ्नो भन्नु कोहि थिएन | सासु ससुरा नभका मेरा बुडा २२ बर्षको उमेरमा निधन हुदा जे होश बिनोद काजीका जेठा छोरा रमेश काजीले मलाई सघाएका थिए |

उनि सघाउने बाहानामा घरि मेरो कपाल छुने, घरि हात समात्ने घरि पिठिउमा हान्ने गर्थे मलाई त्यो मन पर्थेन तर म केहि भन्न पनि सक्ने अवस्थामा थिएन| १३ दिनको तिथिको सबै कर्म भ्यैसकेपछि एक दिन पण्डित जगत अधीकारी र रमेश शाहि रक्सि खाएर मेरो घरमा आएर अनेक कुरा भन्न थाले जस्तै तिमि एक्ली छोइनौ परि तिम्रो म छु | तिम्रो सम्पुर्ण खर्च म उठाउछु |बस तिमि आजको रात म संग सुत हामी संग सुत | कोहीलाई केहि नभन्नु अनेक कुरा भनेका थिए | बाहीर अल्गै पानि दिने खाना दिने ढोकानजिक आउन नदिने काजि आज दलित बिधुवालाई छुने कुरा गर्दै थिए | जुन बाहुनको पधेरोको पानि पिउदा अपवित्र भइन्छ उहि पण्डित सुत्नलाई भनिरहेका थिए |

मैले तपाई हरु रक्सी पिउनु भएको छ गै हाल्नु भन्दा मान्ने भए मान नत्र जबर जस्ती गर्छु भन्न थाले मलाई डर लाग्यो र चिचाई दिदा झ्याल बाट भागेका काजी र पण्डितले जादा भनेका थिए “ रक्सीको मात त उतारिश पख तेरो जिबन नर्ग बनाइदिन्छु भोलि देखि तलाई कोहि केटा संग बोलेको देखे तेस्लाई मारिदिन्छु तलाई पनि छोडदिन “रक्सीका तालमा बोलेको होलान भनेर मतलब गरिन तर एका बिहानै रमेश र पण्डित नक्कली धामीलाई लिएर झुटा आरोप लगाई मलाई बोक्सी हो भन्ने आरोप लगाई दिए | मैले मेरो बुडालाई मारेको होइन बिरामीले गर्दा मरेका हुन भन्दा मेरो कुरा सुन्ने को थियो र तेहा? आखिर अन्तेमा मलाइ बोक्सिनी को नामले गाउ निकाला गरिछाडे| ठुलाबडाको अगाडी म गरिब दलितले ज्यान जोगाउन भाग्नु बाहेक केहि विकल्प नभएसी यो ओडारमा आएर बसेकी हु |आफ्नो भन्ने कोहि थिएन बाबाभिर बाट खसेर म ६ वर्षाको हुदा बितिसक्नु भएको थियो आमा त म जन्मदानै मर्नु भएको रे अस्पताल नभएर | अंकल भानाउदाको घर बाट त तेस दिन देखि बाटो बन्द भयो जुन दिन मैले उहा हजुर संग भागेर बिहे गरे अनि माइत जाने बाटो नभएसी यो ओडार बाहेक मेरो केहि विकल्प थिएन” भनि उसले भनि |

आज था भयो उ एउटा पिडित केटि बाउ आमा को माया नपाएकी अकालैमा सिरमान बितेका झन् यी कुरा सुन्दा मेरा आखा बाट आसु बगिरहेका थिए त्यो कुइकेगाड जसरी | किन रोको तिमि भनि मेरो आखाको आसु पुछ्न आउदा रमेश हामि नजिक आइसकेकोथियो | मलाइ रमेशलाई देख्ने बितिकै सारै रिस उठेर आयो | उस्ले परीलाई ठूलाठूलाआखा तरेको देखेर मैले झन् परीको हात समातेर उसलाई झनठुलो तरिकाले आखा तरिदिए | परि म तिर सरि तब उसले परीलाई आखा तरेको सहनै सकिन र मैले २ मुक्का नाखमा अनि एक किक खुट्टाले पेटमाहानि उसलाई भुइमा ढालीदिए | नत म बोक्सिंग खेलाडीनत म तेक्वान्दो खेलाडी तरपनि उसलाई एक किकमा ढालिदिने तागत म मा आयो कसरी? सायद त्यो मायाको तागत हुदो हो परि प्रतिको प्रेमतागत हुदो हो | उ भुइमा पछारिदानी मेरो रिस सान्त भने भएन मैले लाताईलातले हिर्काउदै भन्दै थिए साले मेरो परीलाई आखा लगाउछस बोक्सी भन्छस उस्ले छुदा अपवित्र होइन,ल खा भन्दै थिए तब उस्ले छोडदेउ भनि मैले मानिन तब उ झर्केर बोलि “छोडीदिनुस पानि पेटमा लागिराको छ मेरो कारणले किन उ संग झगडा गर्नु हुन्छ ? म एक्लो मान्छे जसोतसो बाचुला हजुरलाई केहि भैहाल्यो भने म एस्को प्राएस्चित मरे भनेनी हुन्न होला |” मैले उसले त बाट तपाइँ सुन्दा तपाईलाई केहि भइहाल्योभने भन्दा उ आतिएको देख्दा आफु प्रतिको प्रेम माया देख्दा सारै खुसि लाग्यो मैले हान्न छोडिसकेको रैछु |

उ मलाई धकेलिरहेकी थिई जाउ भाग तिमि भाग उ बस एती भनिराखेकि थिई| म भने उसलाई हेरेर आतिएर उसको हात समातेर म भाग्न खोजे तर उसले मेरो हात छोडेर धकाली म भागे किनकि रमेशले कल गरेर केटाहरु बोलाइरहेको थियो | आज उसको नाम थाहा पाए “परि” २ हप्ता पछि बल्ल, आज मैले उसको म संग बसेको मायाको बारेमा थाहा पाए ,उसको नाम थाहा पाए ,उ ओडारमा बस्नुको कारण था पाए किन रमेश संग डराउछ थाहा पाए | सायद त्यो दिन मैले रमेश संग डराउनुको कारणन नसोधे को भएसायद था पाउदिन होला जे होश कर गरेर राम्रै गरेछु लागो | यी कुरा था पाउदा पाउदै कति खेर मैले परिको लागी रमेश संग दुस्मनी लियेछु टोटा टुप्पोको बस्ने ठाउमा आयेसी था पाए |

रमेशलाई कुट्दा म खुसि खुसि नि थिए, म दुखि नि थिए कारण परि संग भेट्न हुने अप्थारोका कारण | अब तेस दिन पछि परीलाई भेट्न तेती सजिलो भने थिएन तैपनि प्रेम न हो प्रेम को कारण हामि अलग बस्न नसकेपछि हामि गाडको सट्टाजंगलमा भेट्न थाल्यौ |एक अर्कालाई एक अर्काले कसरी मन पराएउ एक अर्कालाई भन्न थालेउ|आजकल झगडाका कुरा हुन्छन आजकाल प्रेमका कुरा हुन्छन परि संग |

आज भाद्र १२ गते भोलि १३ गते मामुको जन्मदिनको लागि मा बजारमा लुगा गिफ्टको लागि कुर्ता सुरुवाल किन्न गए र किने | कपडा मामुलाई किनिरहेकोबेला परिका ति च्यातिएका लुगा याद आयो | म संग परीलाई लुगा किन्नाको लागी अरु रुपैयाभने थिएन | मैले मामुको गिफ्टको सट्टा परीलाई हुने लुगा किनिदिए | कुर्तासुरुवाल मलाई उस्को सरिरको नाप याद थिएन तर पनि सर्भेक्षक हुन लागेको मान्छे हल्का अन्दाजी भएनी लगाउन सक्थे | जे होश मैले लुगा किने र घरमा फेरी झुट बोले मैले गिफ्ट किन्न सकिन पैसा हरायो भनेर | जे भएनी मामुले हुन त कहिले झुट नबोलेको छोराको कुरा पताईहाल्नु भयो | १३ गते आज धुमधाम जन्म दिन मनाउने भइयो कुखुरा काटीयो घरमा केक ल्याइयो | जे होश हामि घरमा मामु, म, भाइ अनि बाबा थियौ | ए बाबा आको त आज २० दिन भइसक्यो दशैं खान भनि भारत बाट घर आएका मेरा बाबा १४ दिन क्वारेन्टिन बसेर घर आकोनी ६ दिन भैसकेको रैछ | म परीलाई भेट्ने चक्करमा एती ब्यस्त थिएकी बाबा आकोनी थाहा पाइनछु | किनकि बिहान क्लास छ भनि जाने अनि साझ फर्कने खान खाने सुत्ने काम जो थियो मेरो किनकि बाबा त एक्लै खानुहुन्थ्यो |

उता पछाडी पट्टिको रूममा एक्लैबस्ने एक्लै खाने कोरोना भाइरसका कारण बाहिर कतै ननिस्कने हुनुहुदो रहेछ भाइ बिरिनले भन्दा था पाए | “जे होश बाड्डाले सरकारको निएमपालना गरेका छन पी.सि.आर नेगेटिभ आएनी ६,६ दिन एक्लै बसेकाछन बड्डीलाई छोडी छोडी” भाईले यो पनि भनेको थियो | मासुको मगमग बास्ना आएसी मैले कुखुराको मासु ताने | जे होश बाबा ६ दिनमा अब केहि हुन्न भनि हामी संग आज बाट पहिलोदिन खाना खानु हुने रहेछ | बाबा संगको पहिलोदिन संगै खाना खाने अनि परीलाई ल्याएको गिफ्ट एकै दिन पर्यो म दोधारमा परे के गर्ने के नगर्ने भनेर?

केक काट्ने कार्यक्रम पछि अब खाना खाने कार्येक्रम थियो बाबा संग तर परीलाई पनि मैले आउछु भनि बाचा गरेको थिए | अब मलाई जानु थियो परि बस्ने ठाउमा, त्यो ओडारमा | अब मलाई जुक्ति चाहिएको थियो घर बाट निस्कने | मैले हतार हतार खाना खाए नाखाएगरी सरोज दाजुका जाने बहाना गरि परीलाई लिने मासु उहालाई हो भनि पोल्थिनमा हाले भाडाको सट्टा जबकी म नै प्लास्टिक कम प्रयोग गरौ भनि नारा जुलुशमा खटिन्छु र यसको प्रयोगको बिरोधि पनि हो म|

मामुको जन्मदिन नि के जान्छस भनेर बाबाले भन्नु भको थियो तर मैले जिद्डी गरेसी ल ल जा जिद नगर भनि भन्नु भयो | सरोज दाजुको घर अलि टाडा थियो दाजुकै घरतिर अलि गएजस्तो गरि मैले दाजुलाई कल लागायअनि नेपाल टेलिकमले लक्डाउन खुलेपनि कोरोनाको जोखिम कायेमै भएकाले घर बाहिर निसक्दा अनिबार्य रुपमा माक्सको प्रयोग गरौ भन्न नपाउदै दाजुले कल उठाउनु भयो र मैले सबै कुराछोटकरीमा भने दाजुले मेरो कुरा बुजिहाल्नु भयो किनकि हामी संगै नपढेनि एक अर्काको कुरा बुज्थेउ हामि संगै पड्थेनौ उहा मभन्दा एक क्लास कम तर म १०पड्दा सम्म संगै बसेको हामि २वर्ष जेठो दाजु हुन तर साथी जस्तै जे कुरानी बुज्थेकिनकि भाईलाई जस्तै म सबै कुरा दाजुलाईनि भन्थे |

मैले सबै कुरा भनिसकेपछि “म तेरो पक्छेमा छु त जा बाकि मिलाउने काम मेरो भयो भन्नु भयो” अनि म ओडार तर्फ लागे |
आठ बजेको थियो साझको परि मलाईकुरेर बसेकी रैछे | जे होश मलाई आको देखेर उ सारै खुसि भै आएर अंगालो पनि हाली | ठुलो ओडार आगो बालेको पुर्ब अनि पस्सिम पट्टितल भुइमा सेउला सल्लिसेम अनि पुरानाकपडाले लगाएको ओच्छेन, जे होश धोएकाले सफानै देखिन्थे | सायद म आउने भन्ने था पाएर धोकी हुदी हो | एउटा कुनामा केहि खाना बनाउने भाडाकुडी थिए| के छन् भनि मैले तेती मतलब गरिन |मैले आफुले ल्याएको मासु उसलाई खान दिए उस्ले पनि खुब मिठो मानेर खाईसायद बोक्सीको आरोप लगाई गाउनिकाला गरिसकेपछिको पहिलो पल्टको मासु खाएकी हुदी हो | मासु खाइसकेपछि मैले रातिनै आफुले ल्याएको गिफ्टउसलाई लगाउन दिए | उसले मलाई उल्टो फर्कन भनि र लुगा लगाई |

येहा मेरो नाप सहि थियो म मा सर्भेक्षकको गुणमिलिरहेका थिए |मेरो अनुमान सहि निक्लियो उसलाई कति सुहाएको त्यो नयाँलुगामा उ सोर्गकि परि भन्दा कम भने देखिएकी थिइन | साहै राम्री झन् आगोले मुख रातो देखिदा कति राम्री देखिएकी बरै एक छिन सम्मत म हेरेको हेरेइ भए तब उस्ले भनि “हेर मेरो घर येही हो यहाँ चिसो हुन्छ राति” |मैले “तताउने मान्छे आएको छु” त भने उ हासि र भनि क”सरी तताउछौ नि” मैले उसलाई आफु तिर तानेर उस्का ति ठुलाठुला ओठहरु आफ्ना ओठसंग जोडे, उस्ले असुइकार गरिन मैले उसको हात पछाडी ढाडमा समात्न राखे र जोरले उसलाई अंगालो हाले |

ओठहरु जोडिरहेका हामि कतिखेर एकअर्काको ओठ टोकिरहेकाथियौ पत्तै पाइन | तेस पछि मैले उसका लुगा खोले र उस्का ति उठेका ठुला ठुला छाती संग आफ्ना पाच औलाहरु खेलाउन थाले |तेस्मानी उसको असमर्थन थिएन सायद उसले मलाईपुर्ण रुपमा आफ्नो ठानेकी हुदी हो | ओठहरु मिलिरहेका औलाहरु छाती संग खेलिरहेका मेरा हामि कति खेर एकअर्काका सहारा बन्यौ था थिएन | मन मिलेका हामी दुइका सरिर मिल्दा दुवै जनालाई आपति थिएन र सरिर मिलिरहेका पनि थिए | उ खुसि थिइ अनि म पनि | आज मन पनि दुबैका खुसि थिए |
९.३० बज्यो अहिले , अहिले उ मेरो अंगालोमा छे बिना कुनै कपडा उ अनि म | उसको टाउको मेरो छातीमाथि छ र उ मलाई प्रश्न गर्दै छ “ तिमि मेरो होउनी? मैले टाउको हल्लाएर “अ म तिम्रै हु” भनेर जवाफ दिए | उसले फेरी सोधी “ तिम्रो घरमा हाम्रो सम्बन्ध सुइकार हुन्छत “ “ अबके हामि संगै बस्न सक्छौर “ “ के तिम्रो जिबनमा म आउन सक्छुत “ मैले सबै प्रश्नको जवाफ अ मा दिए र उस्को निधारमा किस गरे अनि जोरले अंगालो हालेर सुत अहिले भने उ मस्तले मेरो अंगालोमा सुति अनि म पनि मस्तले सुते |

भोलि बिहान म उस्लाई घर लान्छु भनि अंगालो हाली निधारमा च्वाप किस गरि घर गए उस्ले नाइँ नजाउन भनि कर गरेकी थि | मलाई पनि जान मन त कहाँ थियो र तर सरोज दाजुले बिहानै आइस संगै तेरो घर जाउला भन्नुभएको थियो | परीलाई छिटै आउने आसमा राख्दै मा घर तर्फ लागेको थिए| बाटोमा मोबाइल हेर्दा दाजुको ५ चोटी मिस्कल रैछ | मोबाइल साइलेन्टमा भएकाले था भने पाको थिन | जे होश दाजुलाई कल गरि घर उता आउनु भनि दाजुलाई भेटि दुवै जना संगै मेरो घर आएम र खाना खाएम | परीलाई भेट्न थालेको कयौ दिन पछि आज क्लास लिन भनि साच्चिकै जादै थियौ र गयौ पनि कलास लियौ पनि ,थुप्रै कुरा गर्यौ ,खाजा खायौ ,साझ घर फर्कियौ |

यसरी अब दिउसो क्लास पड़न जाने राति सरोज दाजुका जान्छु भनि परि संग जाने क्रम बड्दो थियो | दिनहरु बितेको थाहानोई पाइन | ६महिना बितिसके छ आज परीलाई भेटेको दिन देखि ,कुरा न हो एक कान दुई कान हुदै रमेशको कुरा अनि परीको कुरा आज मेरो मामुलाई रमेशका बाउ बिनोदले सबै कुरा भनिदिएछन | गाड पारि घर भएनी खेटि पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ मा भएकाले राज्स्व बुजाउन आउदा मामुलाई भेटेर सबै भनेका रैछन | आज मामुको मप्रतिको बिस्वास टुटेको थियो ,मामु रिसले चुर चुर हुनहुन्थ्यो किनकि मामु अन्धबिस्वासि समाजमा अन्धबिस्वास मान्नु हुन्थ्यो | अनलाइन क्लासबाट साझ घर पुग्ने बितिकै मामु सुरु हुनु भयो अनेक थरि गालि गर्न थाल्नु भयो मैले सम्झाउन खोजे तर उहा सुन्नेमूडमा हुनुहुन्थेन | जे होश भाईले गर्दा सान्त हुनु भयो | तर पनि आज बाट मलाई सबै कुरामा रोक लगाईयो |

अनलाइन क्लास पड़न , साझ पख सरोज दाजुका जान यी सबै कुरामा| अब म परीलाई भेट्न नपाउने भए , आज बाट फेरी परीलाई एक्लै सुत्नु पर्ने भयो , मेरी परि फेरी एक्लै हुने भइ ,के म परीसँग छुटिएर बस्न सक्छु त? मनमनै अनेकौ कूराले चिन्ता लिई म एक्लै मनमनै रोइरहेको थिए | दिनहरु परि बिनानै बित्दै थिए मलाई घरको काममा लगाउन थालियो तर परीलाई भने म खाना खादा सुत्नु भन्दा अगाडी , कोहि हास्दा , रुदा पनि उसैको याद आउथ्यो | हुनत पहिलो प्रेम मेरो उनीसंगको मा एस्तै हुदो हो | आज उनको याद अत्ति आयो म घर बाट भागे परि भको ठाउमा गए र उता उसंगै बस्न थाले |

२ दिन पछि घर बाट बाबा र २ जना अंकल गरि ३ जना गरि मलाई लिन ओडार आए, मैले जान्न भनेनी बाबाको जिद्दको अगाडी मेरो केहि लागेन म घर गए घरमा मेरो बिहेको कुरा चलेको रैछ मलाइ केटीको फोटो देखाइयो तर मलाई परि मात्र चाहिएको थियो मलाई उसको फोटो हेर्नु थियो |मलाई परि संग बिहे गर्नु छ भन्दा मामुले भन्नु भयो “ समाजको नजरमा बोक्सीको बातलागेकी तेही माथि दलित अझ नपुगेर बुडोमरेकालाई ल्याउछु भन्छस यो त म मरेनी हुदैन यो कुरा दिमागमा राखिराख” भन्दै थरकाउनु भयो र फेरी भन्न थाल्नु भयो तलाई देखाको केटि पारि दैलेख सिगौड़ीकि कार्कीकी छोरी हो | राम्रै पढेकी छे घरको काम सबै जानेकी छे तेही संग बिहे गर , मैले नाइँ भन्दानी गरकी नगर भन्ने जिद्मा अडीनु भयो म भने गर्दिन भन्ने जिद्मा अडीए येही दुबैको जिद्धिले कुरा मिल्न सकेन मैले बिहे गर्दिन भन्दा भन्दैघरमा बिहेको तयारी हुन सुरु भयो |

आफ्नो इच्छा बिनानै बिहेको तयारि देखेर मलाई डर लाग्न थाल्यो| मैले बिहेको कामको बाहनागरि परीलाई भेट्न गए | धेरै दिन पछि उसले मलाई देखेकाले उ सारै खुसि भइ केहिपनि कुरा नगरी मैले उसलाई सिधै प्रश्नगरे “ के तिमि म संग बिहे गर्छौ “ उसले टाउको हल्लाएर अ भनि मैले उसलाई नजिकैको मन्दिरमा लगे | दाजु सरोज र भाइ बिरिन मेरा घरका बिहेको बिपक्षमा भएकाले उहाहरु मेरो पक्छेमा हुनहुन्थ्यो तेसैले उहाहरुलाई तेही बोलाए | सिन्दुर अनि मंगलसुत्र मलाई भाइले ल्याइदियो अनि बाहुनको सल्लाहा सरोज दाजुलाई भनेकाले उहाहरु मभन्दा पहिले मन्दिरमा हुनहुन्थ्यो | मेरो घरमा हुन लागेको बिहेको५ दिन भन्दा अगाडी मैले बिहे गरेर उसलाई घरमा लगे अनि गाउसामाजले मेरो कुरा काट्न थाल्यो | गाउ समाजको कुरा सुनेर मामुले म संग बोल्न छोडिदिनु भयो |

मैले मामु २१औं सताब्दिमा मान्छे चन्द्रमामा पुगिसके हामि जात भातमा अड्केर हुन्छत हामीले मात्र हो छुवाछुतमान्ने बाहिर कुनै ठाउमा मानिदैन तपाइँ त झन येहाको नेता जस्तो मान्छे तपाइलेनै तेस्को पछि लागेर हुन्छ त |येस्ले त समाजलाई प्रगतिको सट्टा दुर्गतिको बाटोमा लग्छ तपाइँ अनि म जस्ता युवाहरु मिलेर यसको अन्ते गर्नु पर्छ भनि सम्झाउदानी मामुले म संग बोल्नु भएन भाइ बिरिनले मामु मानिसह ठुलो दिलले हुन्छ जातले हुदैन मुनामदन पडेर पनि यो कुवा भित्रको भ्यागुतो सामाजको पछि लागेर किन तपाई आफनै छोरा संग बोल्नु हुन्नअनि बाबाले अहिले जातको कुरा गरे छुवाछुतको कुरा गरे कारबाही हुन्छ राजीखुसी केटा या केटीले दोस्रो बिहे गरे गर्न पाउछ यो कानुनमा लेखिएको कुरा हो भन्दा बल्ल म संग अलि अलि बोल्न थाल्नु भयो तर परि संग भने तेस्तो थिएन अझै परीले बनाएको खानेकुरा खानु हुन्थेन झन परीले गरेको कामको उल्टो मतलब निकाल्नु हुन्थ्यो |

बिहेको १५,२० दिन पछि एकदिन परीले मामुलाई खानेकुरा दिदा मामुलेपरीलाईत जस्ती एक पोईफेरेर अर्का संग जानेचोखाको घरमा बुहारी हुनलाई मेरा छोरालाई फसाईस अनि अहिले मलाई खानेकुरा दिएर फकाउन आकी होलिश तेरो खानेकुरा तै खा भनि भुइमा फालेर त जस्तिले त बाच्नुभन्दा मर्नु बेस भनिदिनु भएछ |दुनियाले कुरा काट्दा काग कराउदै गर्छ पिना सुक्दै गर्छ भनि मतलब नगरेकी आफ्नै सासुको मुख बाट एस्तो सुनिसकेसी उ मर्छु भनि काप्लेगडाको ढुङ्गातिर लागिछे तब मलाई तल्ला घरका जेठा अंकल तप्तले भन्नु भयो र म परीलाई फर्काउन उ तर्फ गए काप्लेगडाका ढुङ्गा भन्दा अलि ओरको खोलामा उसलाई भेटे र उसलाई घर जाम भने उस्ले जान्न मा तेओ घरमा जहा तिम्रो खुसि मेरो कारणलेमर्छन मेरो कारण कोहि खुसि छोइनन झन मैले आफ्नै सासुको मुख बाट तेस्तो मर भन्ने बचन सुन्नुपर्छ |

योभन्दा मर्छु बरु सबै खतम हुन्छ जस्ता कयौ कुरा भनि तब मैले तिम्रो जिबनमा म छु त परि अनि मेरो जिबनमा तिमि ,तिमि नभए मेरो का हुन्छ कहिले सोचेकी छौ तिमि बिना म कसरी बाच्नु भनत मा रुदै उसलाई फकाउदै रुदै थिए उ मलाई रोएको देखेर नरोउ ममर्दिन घर जान्छु भन्न थाली र घर आइ म संगै | मैले मामुलाई किन एस्तो भन्नु भएको भन्दा मामुले मैले भन्दै नभनेको कुरा लगाई, मैले नै गल्ति गरे मलाई नै दोषि बनाओ बुडा बुडी मिलेर मलाई दोष लगाओभनि अनेकौ कुरा भन्न थाल्नु भयो म बोले झन् बोल्नु हुन्छ भनेर म केहि नबोली परीलाई रुममा लगेर गए र चुकुल लागएर बसे सुने पनि नसुनेको जस्तो गरेर |

दिन हरु बित्दै गए मामु अनि मेरो सम्बन्ध टाडीदै गयो| मामु पनि आजकाल मेरो कुरा काट्नु हुन्छ रे | परीलाई त मन नपराउने उहा आजकाल किन मलाई किन नराम्रो मान्नु हुन्छ ? के मैले परि संग मे लगाउनु गलत हो ? के परि संग बिहे गर्नु गलत हो मैले नबुजेको कुरा | जे होस मेरो भाई अनि बाबा संग कुरा हुन्थ्यो |मामु संगको काम म बाबा संग भनेर गर्थे | आजकाल म र परि अनि भाइ बाबा मामु अल्गै खाना खान्थेउ | मतलब हामि छुटा गका थियौ | हामीलाई पछाडिपट्टिको कोठा दिइएको थियो | छुटा गको १ महिना पुगेको हुदो हो हामीलाई पानिधारामा भर्न दिइनथेन पधेरोमा जानु परथ्यो | जे काम गरदानी अल्गै गर्नु परथ्यो त्यो भोज भतेर होश या कसैको बत्तिबन्ड गर्दा होश |

मैले एसो नगर्नुस भनि सारा समाजलाई भने तर तेत्रो ठुलो समाजका अगाडी नाथे म एक्ला केटाको के लाग्थ्यो उल्टै पिटाई खाने गाली मात्र सुनिन्थ्यो येही मात्र भन्छन तलाई दलित संग मैले बिहे गर भने | थरले बिस्ट काजि भएनी म मलाई यौटा जनावरलाई गर्ने व्यवाहार गरिन्थियो | पहिले काजीको छोरा म अहिले दमाईकोपोई थिए |देखेको पाइन्न लेखेको पाइन्छ भन्छन भन्दै मनको पिरमनमै राखी दुखि भएनी म मेरी उनि परीको लागि अनि आफ्ना लागि ढुङ्गा फुटाउन जान्थे|बिहानै जान्थे साझ फर्किन्थे | तेसै गरि दिन हरु चल्दएक दिनको कुरो हो परि पानि भर्नपधेरो गैछे लगातार झरी परिरहेका कारण पधेरोको पानि फोहोर रैछ अनि उ पानि भर्न धारा गैछे तेहा मामुनी हुनुहुदो रहेछ |

परि कारणबस मामुले भरेको पानीको गाग्रोमा छुन पुगीछे अनि मामुको गालि सुरु भएछ दमाईकि छोरी बोक्सिनी मैले भरेको पानि छुन्छेस भनेर कयौ नराम्रा नराम्रा सब्ध प्रयोग गर्नु भएछ तब परिले नी मामुलाई त भनेर बोलेकी रैछ अनि मामुले अझसोझो मेरा छोरालाई टुनामुना लगाई फकाइसआफु चोखो हुनलाई उल्टै मेरा छोरालाई कसैले नछुने बनाइस अर्काको घर भाड्ने डन्कीनी बोक्सिनीआफ्नो जिबन त बर्बाद गरिस गरिस मेरा छोराको जिबन नि बर्बाद गरिस तैले बाचेरनीमेरो छोरालाई जिउदै मारिस त जस्तिलाईत कालनी आउन्न ठसक्कै गएर मर्नुनी भन्नु भएछ बिचारी परि कति सहदिहो आफुलेनै गर्दा मैले दुख पाको जस्तो लागेर पानीको गाग्रो तेही धारमा छोडी काप्लेगडा तिर लागिछे मर्न लाई |

म खाना बनाइरहेका बेला तल्ला घरका अंकल कुमराजले भनेर थाहा पाए| म नि उसलाई रोक्न उ गको बाटो पछि पछि गए|हुन त धारामा कयौ मान्छे थिए तर कसैले रोक्न खोजेनन सायद उ मरेको भए सबैलाई राम्रो लाग्थ्यो होला | तेसैले त रोकेनन नत्र त रोक्नु पर्ने होइन र | म उ गको बाटो पछि पछि गए गैरीगाउ पुगिसकेपछि तलको खेतमा परि दगुरिरहेको देखे | मैले परि रुक का जान लागेको भन्दा उसले केहि सुनिन किनकि उ टाढा थिइ | उ पछाडी समेत पर्किन उ फटाफट हिडिरहेकी थिइ अहिले म दगुरिरहेको थिए |

उ ढुङ्गामाथि गइ हुररै हाम फाली जब म ढुङ्गा माथि पुगे तब उ तल उल्टो, पछाडी कपाल फरर अनि ठ्याकै एक रुख बाट अर्को रुख अर्को बाट अर्को हुदै भुइको ढुङ्गामा टाउको ड्यामै ठोकियो र एक मिनेटमै परि म बाट टाडाभइ म करिब ६०० मीटर माथि उभिएर उसलाई हेरिरहेको म मा उ भको ठाउसम्म जाने आट भएन | मलाइ चाहेर पनि उ कहाँ जाने आट आएन | तिम्ले भने ज्यान दिन्छु भन्ने मान्छे मा परि ढुंगाबाट तल खस्दा संगै मा खस्न सकिन उ मर्दा मा मर्न सकिन | अनि जोर जोरले कराउन खोज्दा कराउन सकिन, आवाज आइराको थिएन | मेरो आवाज परि संगै गइसकेको थियो | एकछिन पछि घरतिरकासबै आफन्त आए भाइ बाबा अंकल दाजु सबै जना नजिकका बाजे बजै |

म भाइलाई अंगालो हालेर भन्न खोजिरहेको थिएकी परि मबाट टाढाभइसकी, म एक्लो भइसके भाई, परि अब यो दुनियामा छोइन तर बिडम्पना मेरो आवाज मेरो बोलि आरहेको थिएन| हुनत कोहिले कठै कति राम्री थिइ मरी भने कसैले ठिकै भयो मरि भने तर कसैकोनी ध्यान मतिर आएन किनकि बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन्न भन्छन नि| हो ठयाकै तेस्तै भैराको थियो | मेरा आखा बाट आसु बगिरहेका थिए धरधरी| म जुन ढुङ्गाबाट परि खसी उही ढुङ्गा बाट उसलाई हेरिरहेको थिए म रोइकराई रहेको थिए तर कसले सुनीदियोश त्यो पिडा कसलाई देखाउ म कसरी देखाउ म |

उसलाई जलाउने कुरा भइराको थियो जब उसको लास त्यो तल खोला बाट माथि ल्याइयो | उसको टाउको देखि पुरा शरिर रगतलेभरिएको थियो | मैले उसलाई अंगालो हाले जोर जोरले अनि खुब रोए तब बल्लथाहा पाए म बोल्न नसक्ने भैसकेको छु भनेर | आज मेरा लागि बिचरा भन्ने सब्ध सबैले प्रयोग गरिरहेका थिए | उनीहरुले बिचरा भनेनी म मा कत्रोबज्रपात आइलागेको थियो मलाई मात्र थाहा थियो | हाम्रो परम्परा अनुसार उसको लासलाई नदीमा लगि अन्तेस्टि गरिन्थ्यो तर मैले तेसो गर्न दिइनकिनकि परीले भनेकी थिइ मलाई आगो संग डर लाग्छ बुडा मलाई नजलाउ है बरु मलाई गाडदेउ कुनै ठाउमा |

मैले उसले भने जस्तै गरि तेही ढुंगाको नजिक उसको सधैका लागि उसको घर बनाईदिए उसलाई तेही गाडीदिए र खाडलको माथि पिपलको रुख रोपी दिए | आजकाल पिपलको रुख बड्दै छ अनि म तेही ढुंगामा बसी म भुपेन्द्र मेरो परीको समय लेख्दै छु |

यो समाजले मेरो परीलाई त म बाट लग्यो लग्यो मेरो आवाजलाई नि लग्यो | समाजका ठुला भनाउदालेआफ्नो निजि स्वार्थ को लागि जातभात बनाए त्यसको असर म बिना स्वार्थको काजीको छोरालाई पर्यो | अहिले म तेही ढुंगा बाट आफ्नो कथा लेख्दैछु उही परीको सम्झनामा उही परीको यादमा जातभात छुवाछुत जस्ता कुरीति हटाउ भनि |
-भूपेन्द्र बिष्ट (एक आवाज)

Leave a Reply