जिब्रो पड्काउदै म हिन्दू, म मुस्लिम, म ईसाई आदि इत्यादि भन्दै हिड्नेले आफूले आफैलाई सारा संसारको केन्द्रविन्दू ठान्नेले सगरमाथाको टुप्पोबाट डयाङ्ग्रो बजाउनु जस्तो मूर्खता अरु कुनै पनि हुनै सक्दैन।
व्यर्थ लाग्छ आफूले आफैलाई मानवको पहिचानको नाता जोड्न पनि। नाक फुलाउदै, छाती फड्काउदै आफनो मपाई शिरपेचमा टल्काउनेले यो संसारको सुन्दरता के देखला र।
या आफूले खनेको पहिचानको कुवामा आफैले हाम्फाल्नेले यो संसारलाई कुवाको भ्यागुतोले हेरेझै हेर्छन्। अचम्मको कुरो यही छ कि हामीले जातीय, राष्ट्रियता, मानवीयताको विचारबाट यो संसारलाई हेर्छौ जबकि हामी एउटा झिङ्गा मसिनाभन्दा पनि सानो छौ यो संसारमा भन्ने कुरा हामी भुतुक्कै बिर्सन्छौ।
हाम्रो बिचार, हाम्रो बुझाइ सम्पूर्ण रुपले निष्कर्ष नै निष्कर्षले धाकिसक्यो। मलाई अझै याद आउछ कि गणित शिक्क्षकले भन्नुहन्थ्यो, Every prime number is odd except 2. विज्ञान शिक्क्षकले भन्नुहन्थ्यो, Every compound is divided into 3 state i.e. acid ,base, salt except water र Every animal takes food from others except Euglena.
यही वाक्यहरुको भारले मेरो मनलाई आज चसक्क घोच्दै छ। हाम्रो विचार, हाम्रो दृष्टि पूरै मपाई र पहिचानको निष्कर्ष नै निष्कर्षले बगाइरहेको छ तर त्यो except पछि के छ भन्ने कुरा हामीले बुझ्न चाहेनौ, सिधै आफ्नो विचारको निष्कर्षमा टुङ्गो लगाइदिन्छौ । विश्वको आकार गोलो त छ तर विश्वलाई तिम्रो दृष्टिको गोलो घेरामा बाध्न नखोज। संसार हेर्ने आँखालाई पहिचान र मपाईको धमिलो चस्मा लगाएर हेर्न नदेऊ, हेरेसि त पुरै HD मा हेरिन्छ नि होइन त।
Leave a Reply
You must be logged in to post a comment.