Register
A password will be e-mailed to you.

१ अानाको लालपुर्जामा
दाजु भार्इको सुर्ता गाछ

सानो छदा माया थियो
अहिले हिले ठाँउमा
उफ्रेजस्तै उफ्रिनु भाछ

१ अानाको लालपुर्जामा
दाजु भार्इको सुर्ता गाछ

अामा बाबा कता कता
लालपुर्जानै उनिहरूको साँख्खै भाछ

कैले काही भेट्दा हुन
अाँखा अाँखामा हैन
त्यही अाँखा अाकाशमा गाछ

१ अानाको लालपुर्जानै
दाजु भार्इको फुर्ती भाछ्

सानो छदा संगै खेल्ने
सानो छदा संगै खाने
अहिले संगै बसाैं भन्दा
तेरो बा, तेरो अामा
भन्ने चलन अाछ

१ अानाको लालपुर्जानै
दाँत भित्र च्यापीने सुर्ति भाछ

पहिला एउटै थाल थियो
अहिले त्यही थाल पनी अाधी भाछ

दाजु भार्इको सुर्ता नै दर्ता
नभएको त्यो १ अानामा गाछ

घरको कलह
पुरैलार्इ सामाज थाहा छ
ए कलह नगर, भन्दा
रक्सीको नसामा गाली
गलाैच को बर्षा भाछ

दाजु भार्इको सुर्ता नै दर्ता
नभएको त्यो १ अानामा गाछ
त्यही १ अाना पनि
सिसाझैँ टुक्रा टुक्रा भर्इ
टुक्रिएको सिसाझैँ भाछ

१ अानाको लालपुर्जामा
दाजु भार्इको सुर्ता गाछ

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X