हाम्रा देवी, हाम्रो पुजा
शैलपुत्रीका अङ्ग चिमट्दा
उनले तिम्रा हात टुक्राउन सकिनन् |
सारो भिड गाडीमा धारिलो त्रिशुल निकाल्न सकिनन्,
त्यसैले ढुक्कले ति हातलाइ सल्बलाउन देऊ ||
ब्राम्हचारिणीलाइ सफेद कपडामा देख्दा
“अगति पारी” भन्दै फर्कने तिमीलाई,
जपमालाको तेजले भष्म पक्कै गर्दिनन् |
त्यसैले ढुक्कले आफ्नै बाटो फर्क ||
चन्द्रघण्टा त तिम्री आफ्नै बैनी,
तर, उसको लाजपनि तिम्ले उदाङ्गो गरेउ |
आफ्नै दाइलाइ भाला रोप्न के सक्थी ?
त्यसैले ढुक्कले सधै त्यो कलिलो शरीर,
भोग लगाउ तिमि ||
कुष्मांडा बम्बईको कोठरीमा छे,
कोमलपत्रे उनको यौवन तिम्ले बेचिदिएउ |
टाढो छ,
उनको धनुषको वाणले तिम्लाई भेट्दैन ||
त्यसैले ढुक्कले कुष्मांडाहरु बेचिदेउ तिमि |||
स्कन्दमाता शडकमा छट्पटाइ रहेछिन्,
सृजना गर्ने उनि आफ्नै अन्त्य कुरिरहेछिन् |
अझै तिम्लाई काखैमा सजाउन चाहान्छिन,
त्यसैले सरासर तेइ शडक कट्नु तिमी ||
कात्यायनीले हिजै आत्महत्या गरिन्,
अस्विकारको जलन
उसको मोहित मुहारमा पोखिदिएउ तिम्ले |
तरवारले तिम्रो मुहार बिगार्न सक्दिनन् उनले,
त्यसैले ढुक्कले आफुलाई टल्काउदै हिड तिमि ||
कालरात्रीलाइ यो संसार देख्नै दिएनौ,
गर्भमै टुक्राटुक्रा पारी फ़ालिदिएउ |
निष्प्राण उनले तिम्लाई टुक्रा गर्दिनन्,
त्यसैले लायक सन्तान जन्माउ तिमि ||
महागौरीलाइ आमाछोरा मिलेर जलायौ,
दाइजो, सम्पतिभन्दा तुक्ष ठानेर |
तबपनि चक्रले तिम्लाई गीड्न सक्दिनन्,
त्यसैले ढुक्कले ताप्नु त्यो बलेको आगो तिम्ले ||
सिद्दीदात्रिलाई त पेलेकै छौ तिम्ले सधै,
मनमुटावमा हातपात गरेकै छौ |
तर, उनले गदा प्रहार गर्दिनन्,
त्यसैले ढुक्कले तिमि प्रहार गर ||
सबै गर अहिंसा, यी देवीमाथी
ढुक्क बस, तिम्रो विनाश गर्दैनन् यी देवीहरुले |
तिम्रो विनाश त तिमि आफै गर्दैछौ |
मानवताको विनाश
पुरुष तत्वको विनाश
सृष्टिको विनाश
-विवेक अरुण्य काफ्ले
Leave a Reply
You must be logged in to post a comment.