बढ्न खोज्दै छु म अघि
तर बाँधिएको छु म,
आफ्नै पर्छाइ मा
हराई रहेको छु म आफ्नै अतित मा
डुब्दै छु म कुनी क सोच मा
निस्किन सकेको छैन म आफ्नै मन को पिंजडा मा
सपनाहरु सधै हुन्छन मेरा अधुरा
चाहान्नहरु नि कहिले न हुने भए पुरा
खेल्दैछन् मन मा अनगिन्ति कुरा
लाग्छ कसैले घोप्दियो कि छूरा

Photo: Pixabay
त्यसैले होला सधै दु:खि रहन्छ यो मन
आँखा बाट आँसु झर्छ, झन् झन्
गारो छ आफ्नै मन लाई बुझाउन कहिले काँहि
त्यही पनि बसेको छु छुट्टेको सपना सिलाई
भत्की रहेने, छुट्टेको सपना को महल लाई मिलाई
थाहा छैन यो अतित लाई कसरी भुलाउ
सुख दु:खमा अल्झेको यो जिवन
हाँसो र आँसुले लड्दै यो मन
अधुरा छन् सपना बोकी हिँडेको आँखा मा
तर भविष्य त लेखिएको छ हत्केला को रेखा मा
हिंद्डै छु म यो जिवन मा खोज्न मेरो गन्तव्य
किन कि आँखा मा सपना बोकेरे हिँद्ने यात्री हो म
होला अंधकार मेरो भविष्य, तर
सूर्यको किरणझै उज्यलो छ
मेरो मनको आशा
तर मान्दिन हार
छैन मलाई अब केही कुरा को डर
विश्वास छ की अवश्य पुग्ने छु
कुनै न कुनै दिन मेरो लक्ष्य
मेरो लक्ष्य … …
Leave a Reply
You must be logged in to post a comment.