त्यस समय Peleको Copyright हस्ताक्षर भएको Mikasha ब्रान्ड फूटबल महङ्गो अनी प्रचलित मानिन्थ्यो। तर म एउटा कुनै सस्तो भकुण्डो किन्ने हैसियत समेत राख्दिनथे। हैसियत यस अथ॔की बुवाले मलाई प्रतेक हफ्ता नयाँ भकुण्डो किन्दिन सक्सिन्थ्यो तर म बुवा सँग यति डराउथेकी आफ्ना आवश्यकताहरुको माग गन॔ मेरा कल्पना समेत तर्सिन्थ्ये।
खाजा खच॔मा बचाँएका सिक्काहरु र घरमा आउने पाहुना बाट लाज मानिमानी समातेको ५-१०का नोटहरु घरको धुरी र भित्ताको जडान बिग्रिएर बनेको सानो खोपिल्टोमा जम्मा भए। त्यो दुलो कयौ वष॔सम्म मेरो खुत्रुकी बनि रह्यो जसलाई म दुनियाको सबैभन्दा सुरक्षित र भरपर्दो वैकं ठान्दथे। झ्यालको डन्डी र पल्लाहरूमा पैतालाको तालमेल मिलाई शरिरलाई तन्काए पछी हात त्यस खजाना सम्म पुग्थ्यो। यही बैंकीङ् प्रकिया बाट रकम जिकिने राखिने गरिन्थ्यो। कहिले कसो शरिर र झ्यालको शुर नमिल्दा कुहिनो र गोडाका छालाले दु:ख पाऊथ्यो। मेरो आखाँले त्यस बैंकलाई भने कहिल्यै देखेन ।
आफ्नो पुरानो घरमा छिदा॔ कहिलेकसो म हातलाई त्यस खोपिल्टोमा छिर्याउछु जहाँ मैले मेरो बाल्यकालका अमुल्य यादहरू छुपाएको छु । फरक यती हो हिजो आज तन्किनु पर्दैन ।
कुनै एक बिहान् आफ्ना बचत बाट १, २ र ५ गरेर ३५ रुपैयाँको मुठा बोकि म स्कुल बस चडे । १०को नोट भने चलाइन । दिन भरको स्कुल अत्त्यासिलो लाग्यो, शिवाय निरन्जन सँगको खुसुर्फुसुर! जसले म उत्साहित हुन्थे।
बिदा पछि स्कुल बस नचढी म र निरन्जन सरासर हिडेर त्यसको घरमुनीको सुनिल पुस्तक पसलमा पुग्यौ। निरन्जनले ५ नम्बरको फूटबलको भित्र पट्टि लाग्ने रबरको ब्लाडर मागिदियो । पैसाको मुठा फिजाएर मैले ३५ पुर्र्याईदिए। बाटोमा प्लास्टिकको कालो झोला उघर्दै त्यस अध्बुत बस्तुलाई हेदै॔ हिडे। कहिले हात छिराएर त्यसको छाला मुसरे त कहिले झोलाको मुखलाई नाक सम्म पुराई रबरको बास्नालाई सास बनाई निले । स्कुल बसमा घर नफर्की अबेर घर आउँदाको गाली र चेतावनीको पराकम्पनलाई मेरो अपनत्तोमा आएको त्यस रबरको सानो टुक्राले परास्त गरिदियो।
यदि मेरो स्वासमा तेजस्बी वजन हुनेथियो त अथवा यदि त्यस रबर गुब्बाराझै कमजोर हुने थियो त बिना वक्त्थ म त्यस रबरको ब्लाडरलाई फुकेर आकर भरिदिन्थे।
दाई कति पैसा भो?
१ रुपैयाँले बोहोनी गरिदेउ !
बोहोनी अलवा खडानन्द दाईले विद्यार्थीको साईकलमा हावा भरेको शुल्क लिनु हुन्थेन। दिनमा दशौँ रुपैयाँ छुट हुन्थ्यो , महिनमा सयौँ, बर्षमा हजारौं! त्यतिखेर २० हजारमै १ कठ्ठा आउथ्यो। अहिले बेच्दा २० लाख आउछ।
“दाई यो फुत्ट्छ कि फुट्दैन?”
खिसिक्क हासेर जवाफ दिनुभो, “ फुटेनी टाल्न मिल्छ।”
मुल बाटोलाई इन्कार गरी घोलको छोटो बाटो हुँदै म दगुरेर घर पुगे।
“ ई! मेरो बल” भनी सबैलाई देखाए। दुई जोर चप्पलले बनेको गोल पोस्टको किपेर बन्न भाई पनि तयार भो।
पढ्नै पर्ने दिन अनि सुत्नै पर्ने रात झनै लामो लग्न थाल्यो। कारण त्यही थियो “भकुन्डो भित्रको भकुन्डो”।
भाई र म खेल्दै थिऔ, रमाउदै थिऔ तर अचानक बलको हावा घट्नगो।
पिर पर्यो! दाईको दोकानमा लगे।
बाटाको पानीमा गिलित्त परेको ब्लाडरलाई चोपेर यताउता गरी नुहाईदेकोझै गरी उहाँले डुबाउन साथ माछाले सास फेरेझै पानिका फोकाहरु ब्लाडरको मुख देखी बुबुल्कियो।
निरास मलाई सन्तोना दिदै साईकलको गेडी र साबुन कोचेर ब्लाडरको हावालाई थाम्नु सकिने साद्यबाट समस्याको हल हुने कुरा बताउदै गदा॔ म उत्साहित भए। वास्तबमा त्यस विज्ञानले गज्जवको काम गर्यो।
बिनोद, डल्ले, राजु, बिनय,सुबास,भुनाने पनि बल खेल्न मेरो घर आउन थाले। आँगन सानो भो। उपाय खोज्दै माडेको चौर फडानी गर्यौ। त्यो एक किसिमको क्रान्ती नै थियो। भुमिहिनले भुमी कब्जा गरे झै। हामीले हाम्रो मैदान रेखाङ्कन गर्यौ। बासँको पोल गाड्यौ, झार फाड्यौ, कुरो र गन्दे उखेल्यौ। अनेकथरिका नयाँ नयाँ नियम बन्न थाले। ढिलो आए खाली पोस्टमा पेनाल्टी गोल हान्ने र सोतह जितिने कुरा भो। नियम बनाएको अघिल्लो दिन म र राजु मात्रै मैदानमा उपस्थित भयौ। मैले राजुलाई साची राखी मसिनो बासँ र सुतेरिले आकार लिएको गोल किपर बिनाको पोस्ट भित्र पेनाल्टी हानेर ५०औ गोल गरिदिए। राजु गोल गन्न र बललाई पेनाल्टी पोइन्टसम्ममा व्यवस्थापन गर्न व्यस्त रह्यो।
पछी आएका तर ढिलो आएका साथीभाईले त्यस गोललाई मान्यतानै दिएनन्। आवेगमा मैले तिनिहरुलाई खेल्न दिईन्।
तर मलाई अझै पनि यो लाग्छकी म नियममै थिए र त्यो गोल गोल नै थियो। एऊटै गेममा यती धेरै गोल त कसैले नि गर्याछैनन् होला!
समय बित्दै जादा भकुन्डो पनि रोगी हुँदै गयो । दिन्दिनै हावा भने॔ स्थिति आईपुग्यो।अरु ठाउँ बाट पनि पन्चर हुन थाले। एक पटक पन्चर टालेको २ रुपैयाँ तिर्नु पर्र्थ्यो जुन म आँफै व्यवस्था गथे॔। सुन्तला रङको ब्लाडरमा पन्चर टालिएका टिईयुका कालो टुक्राहरु छरपस्ट देखिन्थे।
अन्तत मैले खेल्ने टाटेपाटे रबरको बुढो भकुन्डोमा बुवाको नजर परेछ क्या हो, एक साझँ बैंकबाट घर फर्किदा उहाँको साइकलको हेन्डेलमा नयाँ भकुन्डो झुन्डिदै घर आयो। बलको एउटा कुनामा पेलेको हस्ताक्षर पनि रहेछ।
घरमा थोत्रो अनि सानो क्यारेमबोर्ड थियो जसमा काठका गोटिहरु भने अपुरा थिए। रेखाहरु मेटिएका।प्लाईका पत्रहरु उप्किएको पनि प्रस्टै देखिन्थ्यो । म क्यारेम खेल्न भन्दा पनि बोड॔लाई कम्प्युटरको मनिटरको रुपमा बढि प्रयोग गर्थे। कठै काठको प्राइभेट अफिसमा आफ्नो अधिकतम समय बिताउन रुचि राख्ने बच्चा म । मुल्घर अघिको मचान-गोठको पहिलो तल्लालाई चुसो कुमालले खडाई र ढोडले बारिदिएका थिए। सिमलको फलेक बिछ्याईएको थियो भने टिन र खरको धुरी । अफिस पहिलो तलमा थियो , भुई तलमा चाहीँ राति गाई , काली भैँसी , सेती भैँसी , खसी-बाख्रा र बदेलको खोर थियो। पिर्काको किबोर्ड, खोयामा सलाईको डिब्बालाई खेस्टाको तान्द्रा बेरेपछि बनेको टेलिफोन, बन्चरो चोट पाएका लामा दौराका मेसिन गन, छोटा चोयटाका पेस्तोल, पाईपको टुक्राले बनाएको दुरबिन, त्यस्तै काचाँ पिडालु र आलुको बम बरुद, फक्लेटा परेको मसिनो बासलाई सुतरिले कसिलो गरी बाधेर बनेको धनुष, लामो र सिदा छेस्काको टुप्पोमा काटीलाई साईकलको ट्यु काटेर निकालिएको रवरको तान्द्राले बेरेर बनाको बाड; युवामन्च, भागवत गीता, थोत्र पत्रीका र आर॔नवोल्डको बडिविलडिङ जस्ता पुस्तकलाई तखेता मिलाएपछि सृजित लाईब्रेरिले मेरो ब्लक भव्य र सुस्जित देखिन्थ्यो। वास्तवमा भन्नेनै हो भने त्यो कुनै फौजी माश॔लको अफिस भन्दा कम थिएन।
म नियमित जसो आफ्नो अफिसबाट काल्पनिक रडमैदानको लडाईंलाई कुट्नितिक तथा आक्रमक शैलिमा कमाण्ड गरिरहने गर्थे। ती युद्धहरु एकाद् बाहेक सबैमा बिजय प्राप्त हुन्थ्यो। मोनिटरलाई अबलोकन गर्दै टेलिफोनको माध्यम् म आफ्ना सिपाइहरुलाई माथिबाट हमल भइरहेछ, प्यारासुत बाट हाम्फाल्ने, त्यो बमको रातो तार काट्दे, हेलिकप्टर पाठाईदिएको छु, हाम्रा १५ आर्मी मरिसके, बरु मर्नु नजिती नफ॔कनु जस्ता निर्देशन र आदेशहरू जारी हून्थे। आन्तिममा आँफै नै लडाईंमा होमिएर सम्पूर्ण दुश्मनलाई परास्त गारिदिन्थे । गोली लगेको खुट्टा भने विजय पस्चात पनि खन्च्यङ् खन्च्यङ् भाईरहन्थो त्यस्तै बमका छ्रर्रा छिरेको पखुराबाट रगत बग्न अझै छोड्थेनन् । निधारमा टुटिल्को उठेझैँ लाग्थ्यो।
कुची॔को कार, थप कुची॔हरुलाई लयबद्द ढंगबाट बनाएको गाडी, बेन्चीमाथी मुडालाई तेसा॔एर त्यही मुडामाथी ढोकाको आग्लो अड्काएर बनाएको युद्धतोप, रूखका लचक्दार हागाहरु बाट बनेको घोडा, रथ र पानीजहाजहरु युद्धस्थल ओरिपोरी मौजुत हुनेनैभए। एस्तो लग्थ्यो त्यो घर, गोदाम् अनी मचान् कुनै चल्चित्रको सेट थियो या त साचिकैको रडभुमी नै ।
मैले ज्यियोमेट्री बक्समा छापिने विश्व नक्सा हेर्दै संसारका कैयौ राष्ट्रहरुलाई हावाइ तथा मिसाइल आक्रमणमा परास्त गरिसकेको छु । कयौ मेरा मित्र राष्ट्रहरु पनि छन् जस्लाई म निएमित रुपमा आफ्ना सैनिक र गोला बारुद पठएर सहयोग गरिरहन्छु । गुहार माग्दा म स्यम् लड्ने पुग्थे
गोप्य स्थानमा आफ्नो अधिकतम समय बिताउन रुचि राख्ने मैले काठै काठको गोप्य अफिस बनाए। घरमा सानो थोत्रो क्यारेमबोर्ड थियो जसका काठका गोटिहरु भने अपुरा भयता पनि रेड क्युईन र स्टाईकर भने दुई दुई वटा थिए। क्यालसियम औषधीको सानो ब्ट्टामा ति सबै गोटीहरु अटाउथे । रेखाहरु लगभग मेटिएका।प्लाईका पत्रहरु उप्किएको पनि प्रस्टै देखिन्थ्यो । खेल्ने क्रममा कयौ पटक मेरो हत्केलामा प्लाईका मसिना तिखा छेस्का बिझी भ्याथे। म क्यारेम खेल्न भन्दा पनि बोड॔लाई कम्प्युटरको मनिटरको रुपमा बढि प्रयोग गर्न रूचाउथे।मुल्घर अघिको मचान-गोठको पहिलो तल्लालाई चुसो कुमालले खडाई र ढोडले बारिदिएर चिटिक्क पारिदिए। सिमलको फलेक बिछ्याईएको त्यस केठाको धुरी भने टिन र खरको थियो । मंसिरमा झाटेका धानलाई मुठा नखोली त्यही कोचिन्थ्यो। त्कालिन अवस्थामा खाली त्यो भन्डार मेरो बखे॔ बिदामा लेख पठ गने॔, खेल्ने राम्रो जगा बन्यो। अफिस पहिलो तलमा थियो , भुई तलमा चाहीँ राति गाई , काली भैँसी , सेती भैँसी , खसी-बाख्रा र बदेल हुन्थे। पिर्काको किबोर्ड, खोयामा सलाईको डिब्बालाई खेस्टाको तान्द्रा बेरेर बनेको टेलिफोन, बन्चरोको चोट पाएका लामा दौराले बनेका मेसिन गन, छोटा चोयटाका पेस्तोल, पाईपको टुक्राले बनाएको दुरबिन, त्यस्तै काचाँ पिडालु र आलुको बम बरुद, फक्लेटा परेको मसिनो बासलाई सुतरिले कसिलो गरी बाधेर बनेको धनुष, सुरिलो छेस्काको टुप्पोमा काटीलाई साईकलको ट्यु काटेर निकालिएको रबरको तान्द्राले बेरेर अड्काएको बाड, युवामन्च, भागवत गीता, थोत्र पत्रीका र आर॔नवोल्डको बडिविलडिङ जस्ता पुस्तकलाई तखेता मिलाएपछि सृजित लाईब्रेरिले मेरो ब्लक भव्य र सुस्जित देखिन्थ्यो। वास्तवमा भन्नेनै हो भने त्यो कुनै फौजी माश॔लको अफिस भन्दा कम थिएन।
म नियमित जसो आफ्नो अफिसबाट काल्पनिक रडमैदानको लडाईंलाई कुट्नितिक तथा आक्रमक शैलिमा कमाण्ड गरिरहन्र्थे। ती युद्धहरु एकाद् बाहेक सबैमा बिजय प्राप्त हुन्थ्यो। क्यारेमको मनिटरलाई अबलोकन गर्दै टेलिफोनको माध्यम् म आफ्ना सिपाइहरुलाई माथिबाट हमला भएको जानकारी दिने , प्यारासुट बाट हाम्फाल्ने आदेश दिने, बमको रातो तार काट्न लगाई, हेलिकप्टर पाठाईदिने, आफ्ना १५ आर्मी मरिसके सुचिकृत गने॔ , बरु मर्नु नजिती नफ॔कनु जस्ता निर्देशन र आदेशहरू जारी हून्थे। आन्तिममा आँफै नै लडाईंमा होमिएर सम्पूर्ण दुश्मनलाई परास्त गारिदिन्थे । गोली लगेको खुट्टा भने विजय पस्चात पनि खन्च्यङ् खन्च्यङ् भाईरहन्थो त्यस्तै बमका छ्रर्रा छिरेको पखुराबाट रगत बग्न अझै छोड्थेनन् । निधारमा टुटिल्को उठेझैँ लाग्थ्यो।
कुची॔को कार, थप कुची॔हरुलाई लयबद्द ढंगबाट बनाएको गाडी, बेन्चीमाथी मुडालाई तेसा॔एर त्यही मुडामाथी ढोकाको आग्लो अड्काएर बनाएको युद्धतोप, रूखका लचक्दार हागाहरु बाट बनेको घोडा, रथ र पानीजहाजहरु युद्धस्थल ओरिपोरी मौजुत हुनेनै भए। एस्तो लग्थ्यो त्यो घर, गोदाम् अनी मचान् कुनै चल्चित्रको सेट थियो या त साचिकैको रडमैदान नै ।
मैले त्यति बेलै ज्योमेट्री बक्समा छापिने विश्व नक्सा हेर्दै संसारका कैयौ राष्ट्रहरुलाई हावाइ तथा मिसाइल आक्रमणमा परास्त गरिसकेको हो। कयौ मेरा मित्रराष्ट्रहरु पनि छन् जस्लाई म निएमित रुपमा आफ्ना सैनिक र गोला बारुद पठएर सहयोग गरिरहन्थे। कहिले कसो गुहार माग्दा म स्यम् गोबर ग्यासको मलखाल्डोमा छत्री, बासँको झिक्रा अनी फलेक बाट बनाएको पानिजहाजमा सवार भई समुन्द्र पारी दुर दराजका मित्र राष्ट्रहरुलाई बचाऊन पुग्थे । त्यति बेला भने साथमा म चुच्चो बासँमा चप्पलको गोलो भागलाई
छिराएर बनाएको अज्ङ्गको तरवार लग्थे।
बादलहरुमा घोडा, बिरलु र देउताका आकृति खोज्दै घण्टौ बिताइदिन्थे । हावाइजहाजको धुवाको मुस्लोले अरु जहाजहरुलाई बाटो निर्माण गरिदिएको भन्ने गफ पछि सम्म पत्ताइरहे ।क्षीतिज नकटुन्जेल म ती यन्त्रलाई एकटकले नियाल्दै गदा॔ संसार घुम्ने तिब्र इक्ष्या पैदा हून्थ्यो। जुनेली रातका तारा मन्डललाई नियाल्दै गर्दा धेरै टाढाका एक्लो, मधुरो देखिने थोरै ताराहरु देखेर टिष लागथ्यो। मेरो बसमा हुनेथ्यो त उतिबेलै तिनलाई टपक्क टिपेर वरै सार्थे। कठै बिचारा ती टाढाका तारा। हजार भर्याङ्लाई ठाडो परेर जोडिदियो भने चन्द्रमामा पुग्न सकिने मेरो मान्यता थियो । भर्याङ्लाई जोड्ने उपाएले झनँ कौतुहल बनाऊथ्यो । मैले उतिबेला देउताका बहान मानेका हिड्ने ताराहरु त भु-उपग्रह पो रहेछन्। खसेका ताराहरु खोज्न दुई दाजु भाई घोल पारीको खेत तिर कयौ पटक गयौ । कालो रङ्को चिप्लो पत्थर त भेटिन्थे तर ती ताराको टुक्रा नरहेछन्।
एक अर्थमा ढुङ्गा पनि ताराकै टुक्रा त हो नी! पृथ्वी पनि ती ताराहरुको आखाँ लाई तारा न हो।
आकासतिर एकोहोरिएर बादलहरुमा घोडा, बिरालु र देउताका आकृति खोज्ने मेरो आदत नै थियो। हावाइजहाजको धुवाको मुस्लोले अरु जहाजहरुलाई बाटो निर्माण गरिदिएको भन्ने गफ पछि सम्म पत्ताइरहे ।क्षीतिज नकटुन्जेल ती यानलाई एकटकले घोरिदै गदा॔ संसार घुम्ने तिब्र इक्षा पैदा हून्थ्यो। जुनेली रातका तारा मन्डललाई नियाल्दै गर्दा टाढा टाढाका मधुरो देखिने ताराहरु देखेर टिष लागथ्यो। मेरो बसमा हुनेथ्यो त उतिबेलै तिनलाई टपक्क टिपेर वरै सार्थे। कठै बिचारा ती एक्ला तारा! हजारौ भर्याङ्लाई ठाडो परेर जोडिदियो भने चन्द्रमामा पुग्न सकिने मेरो रोमान्चक कल्पना भित्र पर्थ्यो। भर्याङ्लाई जोड्ने उपाएले झनँ कौतुहल बनाऊथ्यो । मैले उतिबेला देउताका बहान मानेका हिड्ने ताराहरु त भु-उपग्रह पो रहेछन्। खसेका ताराहरु खोज्न दुई दाजु भाई घोल पारीको खेत तिर कयौ पटक गयौ । कालो रङ्को चिप्लो पत्थर त भेटिन्थे तर ती ताराको टुक्रा नरहेछन्।
एक अर्थमा ढुङ्गा पनि ताराकै टुक्रा त हो नी! पृथ्वी पनि ती ताराहरुको आखाँ लाई तारा न हो।
घर छेऊको धारासम्म धुरि बत्तिको उज्यालो पुग्दैन थियो । संयुक्त परिवारले खाएका दुई बाटा जुठा भाडा माझ्न ममी धाराको अन्धकारमा हराउनै पने॔ विवस्ता थियो । त्यो अध्यारोमा गई ममी छेउ टुसुक्क बस्ने हिम्मत कहिले जुटेन । उज्यालो बरान्डाबाटै उहाँको पालेदारी गर्थे। स्याल र ख्याकार कराउन साथ् घरको पन्ना सासै नफेरी भुकेर प्रतिकार गरिदिन्थ्यो। भुत पन्छाऊन म भगवान् जप्थे । उहाँको नजरमा आफ्नो उपस्थिति जनाउन अध्यारो र उज्यालोको दोशाधमा ईर्दगिर्द गर्नु शिवाय मसँग अरु केही बिकल्प थिएन । भान्साको जुठो लोटाएर नभ्याईन्जेल सम्म ममिलाई साथी भईदिने क्रममा पिर्काहरुलाई जोडेर ओछ्यान् बनाइ पिर्काकै सिरानी राखी कयौ पटक म भान्सामै भुसुक्कै निदाछु ।
म र भाई जिजुबुवा संगै सुत्ने गर्थ्यौ । जिजुबुवालाई राम्रो मालिस गरेको आधारमा बिचमा कुन भाई सुत्ने भन्ने निण॔य हुन्थ्यो। कुनामा सुत्नु पर्दा भित्ता पट्टि टाउको कहिले मोडिएन ।
छापामारहरु गाउँ डुलिरहने सांकेतिक प्रमाण यत्रतत्र भित्तामा पोतिएका लाल सलाम्! जिन्दावाद! मुर्दावाद! होसियार! जस्ता नाराहरुले दिन्थे। के लेखिएको होलाझै लाग्थयो।रेडियोले पनि तिन्कै खबर फुक्थे । मलाई चासो लगेर जिजुबुवालाई मवोवादी भन्या को हो भनि सोध्याथे , “किन चाहियो ती चोर फटाहका कुरा?” भनेर टरिदिस्यो। कौतुहलता त्यही तुहियो। एक जना साईकलमा ओहोर दोहोर गरिरहने दारिवाल बुडालाई हामी बाटोमा देख्ने बित्तिकै लाल सलाम् ! भनी जिस्काउथ्यौ । प्रतिउत्तरमा उनी मुस्कुराउदै कसेका मुठिलाई आकास तफ॔ तेसा॔थे । हामी गलल हास्थ्यौ ।
साझँ फुटबल भ्याएर हामी एक थुप्रो थकाई मार्यौ। मेरो दुबो टोक्ने बानी थियो । जुम्लिया बाबुहरु मैदान भरीमा पाका थिए । एक भाईको बुढि औला काटिएको थियो जुन तिनिहरुलाई छुट्याऊने चिन्नल रह्यो। पढाई अलावा सबै खेलमा ती दुबई अब्बल थिए। स्कुलमा पुस्टकारीको समेत ब्यापार गर्थे। गुच्चाँ र घुर्रामा म तिनिहरुलाई लगनी गर्थे। जितेको गुच्चाँको भागबन्डा हुन्थ्यो। घुर्राको शौधा भने प्राय घाटामै जान्थ्यो। हारे मेरो घुरा॔लाई घाऊ पाथे॔ , जिते! मैले अरुको घुरा॔मा कप्पु त हन्न पाउथे तर हातमा न तागत थियो न त निसाना, कुनै एक घुरा॔लाई चोईटाउन सकिन। उल्टै आफ्नो काटी बोधो हुने।
“यो मैादानमा अब मावोवादीले लाल झन्डा गाड्दै छ। चाँढैनै यो जोत्छ्न रे! खाली चउर सबै कब्जा हुदैछ । त्यस पछी हामीले कही खेल्न पाउनौ।,” जुम्ले कान्छा बोल्यो।
त्यसमा थप्दै जेठाले सुनायो,” अब सबैको जग्गा बराबर गराउने रे! धेरै हुनेले थोरैलाई जमिन दिनु पछ॔।”
भुत्ते दाईले पनि तसा॔उने नियतले थपे,” अब देशभर ठुलो लडाई हुनेवाला छ। लडाईंको लागी माववादीले १० बर्ष माथिका बाच्चालाई जंगलमा लगेर गुरिल्ला तालिम गाराउन प्रतेकको घरघरमा खोस्न आउँदै छ।”
हामी भुराहरु सबै स्तब्द भयौँ।
घोईरे सुवासले नाके श्वर निकाल्यो ,” एउटा मात्र छोरालाई नि लान्छ्?”
“लादैन्। दुई भाई मध्य एउटालाई मात्र लाने हो”, जुम्ले बाबुले सुवासलाई एकिन दिलायो।
मलाई पहिलो पटक त्यती बडेमानको डर पैदा भो। त्यसपछी सबै लाखा पाखा लागे।
त्यस पछी सबै लाखापाखा भईयो।
घोलको बिचमा मेरो एक्लो घर थियो । यस अर्थमा मेरो छिमेकीनै थिएनन् भन्दा हुन्छ। मलाई बिकास घिमिरे दाईले “घोलको काजी” भन्नु हुन्थ्यो, भाईलाई चाँही “फच्याङे काजी”। जिजुबुवा फच्याङ डाडाबाट २०१८ तिर चितवन झर्रस्याथ्यो। मुलबाटो देखी घर १५० मिटरको दुरिमा पर्थ्यो। बाटोको ओरिपरी बार फुल थियो जुन कहिल्यै फुल्थेन। बायाँ पट्टीका लामबद्ध दबदबेका बुटाहरुको पुछार सप्रिएको बुगनभेलिया र मोटा खम्बाहरुले बनेको प्रवेश द्वारमा गएर टुङ्गिन्थ्यो। त्यो साझँ मलाई आफ्नै घर पुग्न कुनै ठुलो युद्ध जिते झै भो। आँखा चिम्लिएर चिच्चाऊदै बेतोडले दौडिएर बल्ल बल्ल आँगन टेके।
भारतबाट नेपाल छिरेका पुलजोगीहरुले बच्चाहरुलाई चोरेर लैजाने कुराको दिनमा त डर थियो नै, छापामारहरुले रातमा आएर १० कटेकाहरुलाई लाने त्रासदिपुण॔ खबरले रातहरु झन् काहलीलाग्दो हुन थाल्यो। निधारमा बुढिऔलाले घोटेर घाऊ बनाएकाहरुलाई पुलजोगीले केही नगने॔ अफ्वाहले दिनमा त केही राहत मिल्थ्यो नै, तर १० पुग्नै आटेको म कसरी आफ्नो आयुलाई रोकु? मेरो बजेको १२ बिगाह जमिनलाई म कसोरी जोगाऊँ?
हाम्रो अदियाँ खाएका बरम खलक, खुइले ठुल्दाई, बडाबाबु, भुनाने, कुमाल खलक, मलाई त्याहाँदेखि सोझाँ, सिधा, इमान्दार निमुखा कम छापामार ज्यादा लाग्न थाल्यो। तिनिहरुले केटाकेटी सम्झिएर जिस्काएका ठट्योलीमा तेस्पस्चात म गम्भिर बन्न थाले।
जिजुबुवाले कपालमा सधैं रातो मेहेन्दी लगाउने गरसिन्थ्यो । उहाँको केस अहिले पनि नरम, चिल्लो अनी बाक्लो छ। सुत्नु अघि म बुवाको केसलाई मुठिभरी लिएर अठ्याईदिन्थे।
त्यसो गद॔ बुवाले “आहाँ कति जानेको! कहाँ सिकेको होला” भनेर मलाई फुर्काईसिन्थ्यो। त्यो सुन्नासाथ मेरो जाँगर दोब्बर हुने।
मैले दयालु लबज निकाले, “बुवा एउटा कथा सुनाईसेन तर भुतको होईन।”
बुवाले आफु खितखित हाँस्दै,“नहासँ हैत!” भनेर भन्स्यो”।
उहाँको हाँसोमा केही गडबडी स्पस्ट झल्किन्थ्यो।
भाई पनि कान ठाडो पादै॔ मेरो पाखुरमा आफ्नो चिउडो अढ्याएर बुवाको मुख तिर ताक्यो।
“ एकादेशमा एक जना पन्डित खेतमा पानी लगाएर बेसिबाट घर तिर उक्लिदै थियो । टह टहको जुनेली रातमा पण्डितको अगाडी कता बाट एउटा सानो पाठो टुप्लुक्क आई रोकियो। पण्डितले कस्को पाठो फुस्किएछ नि भन्दै त्यसलाई च्याप्प समाएर काधँमा चढाई गाऊँतिर उक्लिदै थिए रे,
“कस्तो टहँ टहँ जुँन लागेको है पण्डित बाजे” भनेर काँध माथिको पाठोले बोल्यो ……भनेको सुन्ने बित्तिकै भाई र म चिच्याऊदै , हाँस्दै बुवाको काखमा गुट्मुटियौँ।
पण्डितले त्यो पाठोलाई बेसी पुग्ने गरी हुर्र्याईदिएर कुलेलाम ठोक्यो रे। तर त्यो पाठो गुल्टिदै गुल्टिदै हाम्रै झ्याल अगाडी आई अड्याछरे भनेर बुवाले आफ्नो वाक्य पुरा गर्न नपाउँदै रोहित ऊफ्रिएर यस्तो चिच्चायोकी लाग्छ उसले साच्चिकै त्यो पाठोलाई भख॔रै झ्यालमै देख्यो।
त्यो कथा सुनेपछी भाई र मेरो को बिचमा सुत्ने भन्ने कुरमा लडाईंनै पर्यो!
बिकासले कराटे सिक्न थाली सक्याथ्यो । म चाँही फुटबल मै भुलिरहे। स्कुलमा हामी बिकासलाई करटेका काता अनी स्टन्ट देखाऊन जिद्द गर्थ्यौ। कुसलले एकदिन गोपालचोकका केटाहरु पनि गाबिस भवनको चैरमा मास॔लआट॔ सिक्दै गरेको कुरा सुनायो। म बिदाको दिन कहिले कसो त्यहाँ टेबल टेनिस खेल्न पुग्थे तर मैले मास॔लअर्ट सिकाएको कहिले देखिन।
साझँको खाना पस्की म आफ्नो गृहकाय॔मा ब्यस्थ थिए। जिजुबुवा रेडियो बटारी राक्स्याथ्यो। भाई भित्ताको माउसुलिको पुच्छर चुडाल्नमा सधैझैँ ब्यस्थ देखिन्थ्यो।
त्यतिकैमा ममि हस्याङफस्याङ् गदै॔ काठको भर्याङ् उक्लिएर हतारमा चोटा ऊक्लिस्यो।
“बुवा! मान्छे आका छन्।”
जिजुबुवा; ” यतिराती को मान्छे?”
ममी; “आईसेन, पिडी भरी छन्”।
बुवा लुङ्गी कस्दै और्लिस्यो। उत्साहित म पनि पछि पछि झरे।
साच्चिकै बरान्डामा एक हुल जमत नै थिए तर कसैलाई चिनिन। ममि मलाई तानेर भित्रको बैठकमा लग्स्यो ।
“को हुन् र?” ममीलाई सोधे।
जवाफमा आक्रोश र घब्राहटको हाऊभाउ निकाल्दै धारेहात लगाईस्यो, “मावोवादी पसे। धेरै थुतुनो नचलाँ, फेरि तलाई नी लैजालान्।”
म खङ्गर्याङ खुङ्रुङ्गै भए। खुट्टाहरु लग्लग कापे ।
यकछिन त मौन बस्नु मै भलाई लाग्यो।
झटपटमा सोच जाग्रित भो, कतै मलाई साच्चैकै त लग्दैनन्?
कौतुहलताले सधैझैँ मैनतालाई जित्यो, “केलाई आका हुन् ममी?”
ममीले यसपाली बिशुद्ध जवाफ दिस्यो,” भात खाने रे!”
मेरो भावमनले मेरै आदिमनलाई सोध्यो,”त्यति मात्रै”?
उतिबेलै सन्तोकको क्षतिपुर्ती चुक्ता भो।
लादैनन् भन्ने कुरामा अथाह खुसी मिल्यो। अड्किएका सास मुक्त भए।
दुई अपरिचित महिला भान्सामा छिरे। यसअघी मेरो भान्सामा कोही छिर्थेनन् ।मलाई ती मध्य एकले बाबु भन्दै टाउकोमा हात लगाउदा भारी तर्वारको चुच्वले सिर उपर घोचेँ झै दुख्यो। म ममीमा टासिन पुगे। आमाको काख भन्दा सुरक्षित जगाँ कहाँ पो हुने छ र ! मलाई छुटाई ममी भन्डारकोठा तफ॔ मोडिस्यो। वापसमा नाङ्ला भरि सुकेको बोडी, पिडालु र मस्यौरा आए । ती महिलाहरुले ममिलाई हात बढाँईदिए।
जिजुबुवाले मतिर घोरिदै झकि॔एर माथी उक्लिन आदेश दिस्यो। मलाई अहिले यस्तो लाग्छ त्यो व्याङ्य थियो, पिडित म थिए सुईका॔छु! तर पिडक ती पिडिका मान्छेहरु थिए। १२ बष॔ भोटो कछाड लगाईसेको तपस्बि मेरो जिजुबुवा जसले पन्चायतकालमा ४२ दिन भुक हडताल पस्चात कैद मुक्त भैस्याथ्यो , त्यो कठोर ह्दयसगँ केको लागी डराउनु पर्ने वाध्यता थियो होला र? यदि घरमा ९ खाना बसालिदै थियो त नितान्त भोकको आगोमा दयाको चुलोबाट रातमा आएका हरकोही देउता समान पाहुनाका लागी नैवेत पाक्दै थियो।
चोटाबाट फलेकका कापहरुमा कान पसारेर मुनिका अस्पस्ट अवाजहरुलाई ठम्याउन खोजे तर केही मेसो पाईन। भाई ओछ्यानमा मस्त थियो। म भाई छेऊ पल्टिए तर न निदाउन सके न भर्याङ् ओर्लिन नै। डर र त्रासको ज्वारभाटाले मेरो त्यो कलिलो मस्तिस्कलाई छेद बिछ्यद पारीदियो। कुटिने लुटिने अपहरन हुने, यावत यातनाहरुको सिकार भइने परिवारिक सदस्य नै चितरबितर हुने जस्ता पिडादाई बेगहरूलाई पिल्पिलि रहने त्यो मेरो अबोध ह्रदयले थाम्नै सकेन । अन्त्यत मन्मनै अत्मसमर्पण गर्नु सिवए मैले अरु केही बिकल्पै रोजिन। किनकी म एक कम्जोर बालक न थिए।
मलाई थाहाँ थियो कुनै दन्त्य कथाको सेनपतिले तेत्रा छापामार जत्थालाई परास्थ गर्न सम्भव थिएन। मेरा सैनिक काल्पनिक थिए तिन्का लडाकु वास्तविक। म सँग नपड्किने बन्दुक थियो। तिनी सँग पद्किने। मेरो आलु र पिडालुको बम थियो तिनिसँग ग्रिनेड र प्रेसर कूकर। म कल्पनाको युद्धमा आफ्ना राज्य र सैनिकहरु बाचाउन रुखका झिक्राले बनेका घोडा चढी बासँको तरवार बोकेर दुस्मन सामु पुग्थे तर तिनिहरु वास्तबमै आफ्ना दुस्मनलाई अपहरण गरी मर्ने युद्ध रच्थे। मैले केबल ज्यामिटी बक्समा राज्यहरुलाई पारस्त गर्याथे, तिनले त साचिकै देशका बिभिन्न जिल्लाहरुलाई आफ्नो काबुमा लिई सक्याथे । मैले गुहरा माग्दा मेरा मनगणन्ते मित्रराष्ट्रहरु मलाई बाचाउन समुन्द्र तरेर आउने वाला छैनन्।
त्यो पल मलाई साचैकै गोली लाग्याझै भयो ।पाखुरबाट रगत चुहियो। धेरै तुटिल्काहरु अनायासै ऊठे।
“म पनि बिकास जस्तै बलियो हुन पर्यो यार।”
कुशलले, ” के बलियो बनाउने”? भन्दै मलाई द्ङ्ग्यायो।
“फाइट खेल्न सिक्न पर्यो।
त्यो गबिसको चउरमा मास॔ल आर्ट सिक्न के कति लाग्छ?”
मास॔ल आट॔ सिकाउने गुरु जनक पाठकलाई कुशलले मामा भनी सम्बोदन गर्थ्यो। स्कुल सकेर हामी दुई त्यसैको घरनिर पर्ने जनक मामाको फुर्निचर उध्योग छियौ॔। मामाको रजिमा हामी दुबै जाना भोली देखी कम्फु सिक्ने भयौ।
लैलैमा कुशलले दोस्तियारी मात्र निभाएको हो, नत्र भए उसलाई बलियो बन्नु थिएन।
बैंकको रिटायडमेन्ट पछी जिजुबुवाको बुढो फोनिक्स साईकल गोदाम घरमा थन्किएको अवस्थामा हुन्थ्यो। मालिस गर्दै गर्द त्यसै साझँ मैले बुवासँग साईकलको चबी फुस्काए।
पुषको कुहिरोमा सबेरै पातालो सेतो तिस॔ट, स्कुलको सेतो पाईन्ट र सेतै जुत्ता पेहिनेर कैची बाट साईकल पेल्दै म गबिसको डाडा उक्लिए।
कुशल, पाते, रामे, सन्तोष, मिने, रबी, विस्ने सबै चौरमा उफ्रिदै थिए। म कुशलको बगलमा घुस्रिए।
जनक मामा प्रशिक्षाथी॔हरुलाई चिच्याऊदै मुक्का हान्न सिकाउदै हुनुहुन्थ्यो। मुक्का हान्ने तउर, तरिका, गती र चालको मैले भने केही मेसो पाईन।
च्यातिएको बोरा” उमेश बोहोराको जिस्काउने नाम थियो।ऊ आफ्नो मामाघरमा बसेर पढ्थ्यो। गाविस चैर सामने उसको दरवारिया शैलिको मामाघर थियो। त्यति नजिकै घर भएर पनि तालिममा सधै ढिलो लामेल हुदा उमेशलेगुरुबाट नियमित गाली र सजाय पाउथ्यो। झुत्रे झाम्रे पहिरन भिर्ने उ एकदमै फोहोरी देखिने।
बिस्तारै साथी बन्ने क्रममा नजिकै घर भएरनि किन ढिलो गया॔ भनेर सोधिहाले।
“गोबर नसोरी मामाले कहाँ खेल्न आउन दिन्छन् र! “, उसले भकभकाऊदै जवाफ दियो।
त्यहि भएरपो ऊ सधै गोबर गोबर गन्हाउने रहेछ।
त्यसेतो ठन्डीमा शरिर बाट पसिना चुहिने कसरत मिल्यो।
दिन, हप्ता, महिनाको नियमित कसरत पस्चात मलाई शारिरिक परि॔वतनको महसुस हुन थाल्यो।मुक्का, किक, काटाहरुमा निखारता आएर गुरुकोलब्जबाट प्रसम्सापनि सुन्न पाएँ। त्यसले झन् हौसला मिल्यो। मंगलपुर गाविसलाई हामी प्रतेक शुक्रबार एक फन्को मार्थ्यौ। लठ्ठी र नाईनस्टिक घुमाउन जाने तर ऊल्टो रुख चढ्न अथक प्रयास वाबजुद आएन। घिस्रिनि, उफ्रिनि, डोरी चढ्ने, लक लगाउने दैनिक तालिमका अभ्यासमै पथे॔। बेलुका पनि म घरमै थप कसरत गथे॔। फुटबल छुटाए। बोरामा माटो भरेर आपँको हाँगामा झुँन्डाई त्यो पोकालाई अनवरत प्रहार गरि रहे। बिकासको मुठिको छाला मरिसक्याथ्यो मेरो चाही ऊप्किने क्रममा।
“जनक मामालाई त हिजो राती पुलिसले लग्यो नी”, कुशलले सुकुलमा भेट्न साथ सुनायो।
मामा त मावोवादीको खुङ्खार लडाकुपो हुनुहुदो रहेछन्।हामीले लिदैगरेको प्रशिक्षण त छापामार युद्द कौशलको एक आंसिक तालिम पो रहेछ। मावोवादीको प्रतिकार निमित्त अबोध तयारीमा जुटेको म त तिनकै भति॔ केन्द्रमा बिगत ४ महिना बिताई पो सकेछु। मलाई त मावोवादी पोबनाईदै रहेछ।
नारायण दवाडी सरले विज्ञान पढाऊनु हुन्थ्यो।कलात्मक शेलीमा ऊहाँले ब्याख्यानमा राजनितिको तड्का मिसाउनु भएको म स्पस्ट बुझ्थे। रामनगरको जंगलमा छापामार कोस॔ भ्याएर केही समयको लागी उहाँ शिक्षकको भेषमा प्रकट हुनु भयो। कक्षाकोठामा उहाँले रटाऊन खोज्नु हुने जनवादीका उपर र सिद्धान्त अरुले के क ती बुझे बुझेनन् त्यो मलाई थाहा भएन तर म उहाँका तक॔हरुलाई प्रतिकात्मक शैलीमा मनन गथे॔। मलाई लाग्यो ऊहाँले कुनै बेठिक कुरालाई ठिक बनाउन खोज्दै हुनुहुन्छ जुन कुरा ठिक थिएन्। त्यस अलावा अजिङ्गरलाई मुडा सम्झी उचाल्न खोजेको, बादरको ब्चालाई जंगलमा पालेर घरमै ल्याएको, लहराहरुलाई काटेर पानी निकाली पिई प्यास मेटेका कहानी भने रोमान्चक लाग्थ्यो। उहाकाँ वनवासँका बृतान्त ब्याख्यानले विध्याथी॔हरुको वन र वन्यजन्तुका कयौ कौतुहलतालाई भने मेटाईदिए।
साही नेपाली सेनाको ट्रकले गाऊँमा लास ल्याई पुर्यायो। कालो ब्याग भित्र नारायण गिरी दाईको क्षद बिक्ष शरिरलाई पोको परी आएको थियो। अन्तीम सलामीको धुन बज्दा सबै मलामी यथा स्थानमा उभियौ। रुदै गरेका उनका बुवाले छोरालाई साही सलामी दिदा म उहाँलाई दाहिने पट्टीबाट भिजेका नजरले हेदै॔ थिए। दाईलाई गाड्ने खाल्टोमा एक पोका नुन मैले नी खनाईदिए।
गाउँमा फेरी आको॔ लास आयो, प्याकुरेल ठुल्वाको। मंगलसेनमा सुतेकै ठाउँमा खुकुरी प्रहार गरी छापामारहरुले उहाकोँ बिभत्स हत्या गरिदिएछन्। त्यो पल शिङ्गो गाँऊ नै रोयो।
सुरेस पाण्डे काका लगाएत कयौ पुलिस जवानको नाम लडाईमा मरेको सुचिमा पत्रिकामा छापीयो। गाउलेलाई फेरी अको॔ शोक पर्यो। तर काका जीबितै हुनुहुदो रहेछ। प्राविधिक गडबडिले काका मरेर बाच्नुभो। नाक भाचेँर आएका उहाँलाई लडाईको बृतान्त सुनाउन लाए।
उमेश बोहोरा पनी भुमिगत भयो। मावोवादीले उसलाई छापामार बनाई छाडेछन्। केही वप॔ पछी दाह्रे चोकको दोहोरो भुडन्तमा उसको पनि मृत्यु भो। घर गाउँमा च्यातिएको बोरा उपनाम पाएको ऊसले संघठनमा ” हुरी” उपनाम पाएको रहेछ। मलाई उसको लडाई आफ्नो उपनाम परिव॔तन गने॔ संघस॔को लाग्यो। अस्तित्वको लडाईमा उमेशले हारेन।
Part2
Part2
यस.यल.सी परिक्षाको अन्तिम घन्टी सगैँ प्रगति शिक्षा सदन, साथी, शिक्षक, कक्षाकोठा, खेल मैदान, टि.टि बोड॔, क्यानटिन, होस्टलको खाट, ख्याट ख्याट कराउने पंखा, स्कुल हिड्ने गोरेटो, असफल पहिलो प्रेम एवम् अनगिन्ती यादँहरु सबै छुटे। तर बियोगलाई स्वतन्त्रताले जित्यो। आजादीको सर्वोच्च उचाईमा टेकेर मैले सुकुनको सास फेरे।
कम्प्युटर क्लास भना॔ भएकै दिन रश्मि मेरो पहिलो नयाँ साथी बनिन् अनी मेनुका दोस्रो।घरको ४४७४ नं को मारुती कार बाट सजँधजके ओल॔दा ती दुई मलाई ईन्स्टिच्युट अघि कुरि रहन्थे। २ घन्टाको क्लास ज्यादै छोटो महसुस हुनगयो भने शनिवारको बिदा अत्यास लाग्दो। मेनुका प्रधान त्यति बेला पनि उति नै मिठो मुस्कुराउथिन् जति अहिले चलचित्रको पदा॔मा। रश्मिलाई म अझैँ गुरूङ् हु भन्ने लाग्दो हो।
ईन्स्टिच्युटबाट घर फकि॔दा ट्याम्पुको हुट पहिलो रोजाई हुन्थ्यो। अघि पट्टीको ठाऊ ओगट्न जो कोहीको हानथाप हुने। हावाको बेगले पालेको केसलाई फरफराई दिदा आजादीले चुम्बन गर्थ्यो।यस्तो लाग्थ्यो मलाई दुर दराजबाट कसैले बोलाई रहेछ। म ति बतासहरु सँगै उड्न चहान्थे। हवाई जहाँज ओर्लने शहर पुग्न चहान्थे।नचिनेका मानिसहरुलाई भेट्न चहाँन्थे। नपुगेका ठाँऊ सम्म पुग्न चहान्थे। बस्! म आजाँद हुन चहान्थे, आजाँद! मलाई कम्प्युटर सिक्नु थिएन। मलाई त कम्प्युटरका सुन्दर वाल पेपरहरुमा पुग्नु थियो।
अन्त्यत एक बेलुका मैले घरबाट भाग्ने निणय॔ गरे।
“कृष्ण दाई धनगडीको भाडा कति हो?”
कृष्ण दिईले सोध्नुभो,” ४५०। किन? को जाने होर?”
मैले, “म” जवाफ फका॔ए।
ओठलाई कमाऊदै फेरी मसिनो आवाँज निकाले,” मलाई मिईली फुपुले धनगडी बोलाउनु भा छ।”
दाईले शंखालु प्रश्न गनु॔भो,”एक्लै जान सक्छै”?
मैले डर छुपाउदै भने,”अ! सक्छु”।
C
त्यस पछि दाईले यकिनको बोली बोल्नुभो,”भोलि ५ बजेको नाईट बसमा चढाईदिउला।”
(कृष्ण पौडेल दाई पुलचोकको बस काउन्टरमा काम गनु॔ हुन्थ्यो र म उहाँलाई सानै देखि चिन्दथे।)
त्यस रात डर र कौतुहलताले सिगोरी खेलि रह्यो। धुरि मुनिको खोपिल्टोको खुत्रूकीलाई सधैको लागी रित्याई दिए। कागज च्यातेर टेलिफोन डायरी बाट धनगडी फुपुको नम्बर टिपे।
ड्राईभर सिटको ठिक पछाडी कुक्रुक्क परेको मसगँ शरिरमा एकसरो लुगा, हातमा म्याङ्गो फ्रुटी, बगलिमा भाडा बुझाएर बचेको २५०का खुजुरा, फुपुको फोन नम्बर, ओम् शान्तिको ब्याज, पहिलो पल्ट घरबाट भाग्दाको त्रास, आमा प्रतिको क्षमा भाव, जोखिम पुण॔ परिस्थितिको आशंका, यात्रा तय गने॔ अधम्य साहस र रोमान्चक कौतुहलता शिवाए अरु केही थिएन।
बस गुड्नै लाग्दा, ” मेरो आफ्नै भाई हो, स्टाफ खाना खुवाईदिनु” भनेर कृष्ण दाईले झ्याल बाट टाउको छिराई ड्राईभरलाई भनिदिए।
जब मोटरले गैडाकोटको पुल काटेर नारायणी नदीलाई तारिदियो, अकै॔ नयाँ जिल्ला, अंचल एवम् बिकास क्षत्रमा प्रवेश भई मैले जीवनको नयाँ अध्यायको सुरुवात गरे।
डुब्दै गरेको घाम अगाडी पट्टिको सिसा वाट स्पस्ट देखियो। थुम्सिको ठाडो उकालो पछिको ओरालोले मुटु सिरिङ्ग भो। मैले यस अघि लामो दुरिको यात्रा कहिलै गर्याथिन्, झँन रात्री बसमा त्यो पनि एक्लै! बाटाका दाया बाया वन छिचोल्दै जादा बिपरित दिसा बाट आउने सवारि साधनले हेडलाईट बाल्न सुरु गरे।
“घरमा पनि बत्ती बाल्ने बेला भयो होला”,मैले घर संझिए।
मोटर आफ्नै रफ्तारमा कुदि राथ्यो। चिसो स्याठले झ्याल आधी लगाउदै गदा॔ बत्तिको प्रतिबिम्बद्वारा सिसामा आफ्नो आकृति भेटाए। त्यो अनुहारमा निरासता, भय र असुरक्षा स्पस्ट झल्किन्थ्यो। अन्धकारले मेरो उत्साह, साहस र रोमान्चकतालाई ग्रहण लगाईदियो।
रजहर, कावासोती र अरुणखोला छुटिई सक्याथे। सगँसगै कयौ पुल, नाला, डाडा काडाहरू। यदी मलाई दोस्रो अवसर मिल्थ्यो भने माकसम्! म सरासर घर फकि॔न्थे। तर कुन हिम्मत जुटाएर म गाडीलाई त्यो अन्जान जगामा रोकु? के सुत्रले म घर फकि॔उ? निकै ढिलो भई सक्याथ्यो। बस्! यथावत् रहनुमै भलाई थियो।
बजारका सटरहरु बन्द गदै॔ गरेको देख्दा घरको मुल ढोका संझिए। गजवार अझैँ लाग्न मानेको छैन होला, आगँनको वत्ति पनि पक्कै ननिभी पिल्पिल्याछ! कुकुर अझैँ पनि मेरै बाटो हेदै॔ गरेको हुनु पछ॔। ठुलो कसैडीको चिसो भात, कचौरामा छोपेर राखेको दाल, बगलमै प्लेटको तरकारी, रिकापीको अचार र गिलासको दुध पनि त मैरै इन्तजारमा होलान्। टिभीको रिमोट, बिस्तारा, बासको पंखा, अंखराको पानी, लामखुट्टे, कोपारा, भर्याङ्को खुड्किला, करबिर र सरिफाको रुख सबै सबैले मलाई बोलाए झैँ भो। पालुवा परेवा,भगेरा र गाई बस्तु पनि म नगएर निदाएनन् होलान्।
सबै सबै भन्दा चिन्तित त मेरी आमै होलिन् नि!
आखाँबाट बर्रर आशु तप्कियो। तिनी पनि यसरिनै रुदै मेरो खोज तलास् गदै॔ होलिन्।आमालाई संझिदा त यस्तो लाग्यो कि हाम्रो अब कहिलै भेट हुने छैन् नत म कहिलै घर फकि॔नेछु।
त्यो बिरानो सडक छेऊ देखिने झुप्रा झुप्रीहरुका बत्ति सबै निभेपछी मलाई यो संकेत मिल्यो कि मेरी चिन्तित आमाको म आऊने आशालाई निराशताले हराईदिसक्यो।
मलाई मेरो लागी मेरो घरको बत्ति अनि ढोका सधैको निम्ति बन्द भएझैँ भान भो। अब मेरो कुनै घर छैन। मेरो कोही छैनन्। म नितान्त एक्लो छु। बसमा बजेको मामि॔क गानामा भाबुक हुदै गदा॔ ति बियोग र बिछोडका शब्दहरू मेरै लागी लेखेझैँ लाग्यो। त्यस अनकन्टार हाईवेमा ब्यतित पल काहालि लाग्दो र दुस्वपन भान भो। स्वतन्त्रताको बहानामा घर छाडेको त्यो निण॔य उपर पस्चाताप पलायो। गल्ति महसुस गदै॔ झ्याल पट्टी कोल्टिएर बाहिर एकोहोरिदा एकोहोरिदै म भुसुक्क निदाएछु।
सालझन्डीको जंगलमा अकस्मात मलाई कसैले लामो बन्दुकको टुप्पाले घोचेर उठायो।
गाडीलाई दुई बन्दुकधारीले बाटो किनारा लगाए।बसको खान तलासि लिईयो। यात्रिहरुका झोला, गुन्ठा-गान्ठा अनियमित प्रकियामा खोल्न लगाईयो।
“झोलाँ खोई?”,भुई तिर तेर्साएर बन्दुक समातेको एउटा सिपाहीले मतिर हेरी चको॔ आवाज निकाल्यो।
थर॔र काप्दै गरेको मबाट बोलि नै फुटेन। बदि॔वाल सगँ मेरो त्यो नै पहिलो जम्काभेट थियो।फुच्चे,लिखुरे ,पातिलो मलाई त्यो अझंगको सैनिकले खाऊला झै गरि फेरि तसा॔यो।
“हजुर! म सगँ झोला नै छैन।” मबाट रुन्चे अनि निदो॔ष उत्तर निस्कियो।
“झैलै छैन रे?
कहाँ बाट आएको होस्?
कहाँ हिडेको होस्?”
सैनिक जवानको संकास्पद प्रश्न र चाँसोले घर देखि भागेर हिडेको मैले ठुलो अपराध गरिसकेको र अब कठोर सजायको भागिदार हुने निस्चिन्तामा काथुर भए।
म लगाएत बसको आदि जस्तो यात्रिहरूलाई छानि छानि ऊतारियो जस मद्धे प्राय सबै युवा थिए।अध्यारो घनाघोर जंगलमा आदि यात्रू बोकेको मोटरले पनि हामीलाई छाडेर गयो। न रूनु , न कसै सगँ गुहार माग्नु! होस हवाश् उडेर गयो। राति पिसाव फेन॔ जादा त म जिजुबुवालाई साथी लग्ने मलाई किन यत्रो ठुलो फसाद् आई पयो॔?
“आजको रात कटिन्न। सेनाले मलाई छापामार सोचि अपहरण गरि सके। अब गोली ठोक्ने हुन्।” मस्तिस्कले मनलाई तसा॔ईदियो।
खल्ति भित्रको ओम् शान्तिको ब्याजलाई मुठीमा कसि ,”शिव बाबा मेरो रक्षा गसे॔” जप्नु सिवाय म सगँ कुनै बिकल्प थिएन्।
स्कुलको परेड झै लाईनमा उभिएका प्रतेक यात्रिहरुको अनुहारमा सेनाको टर्च लाईट बाट निगाह भो। म बिच तिर थे। कछुवा गतिमा पाईला सदै॔ गयो। आजादिको रसपान गन॔ घरवाट निस्किएको म संकटकालको घडिमा राज्यको वन्दि बने। त्यो बिना कसुर बावजुत सृजित समस्या मलाई निस्पक्ष लागेन्।
रातो माटोले ढलाई गरेको ढुङ्गाको गारोको झ्याल ढोका बिहिन् सानो कोठी जसको छतलाई सालका पात , खर र बासँले बारेको थियो, मलाई त्यही हुलियो।
लालटिनको उज्यालोमा टेबल माथिको ढड्डाको कलम टिपेर एक अफिसरले मसित सोध पुछ गरे।
नाम?
मोहित! मोहित जगं पाँडे।
उमेर?
१६
ठेगाना?
मंगलपुर ४
पेसा?
विधाथी॔।
आएको?
चितवन।
जाने?
धनगडी।
भ॔मणको उदेश्य?
भेटघाट
फकिने॔ मिति ?
थहा छैन।
बगलको आको॔ सिपाहीले मेरो शरिरको पुरा खान तलासी गरे। गोप्य अंगमा नि हात पुर्यायियो। मैले असहज महसुस गरे।
भेटघाट बाहेक भ्रमणको गैर उदेष्य त छैन नि भन्ने प्रश्नमा बगलिबाट फोन नम्बरको कागज झिकी यस् यल सि सकेर फुपु भेट्न हिडेको
भनि कागजको टुक्राको प्रमाण देखाईदिए। मेरो मासुमियत र सत्यताले काम गरेछ, सिपाहीले मलाई काडे तारको गोरेटो बाटो हुदै जान बन्दुकको चुच्वले ईसारा गर्यो।
धमिलो उज्यालोको साहारामा आसा र निरासाका पाईलाहरु चाल्दा चाल्दै गदा॔ मुखार बिन्दुमा कालो पत्रे सडक टेके जहाँ मलाई अन्तिम गन्तब्य सम्म पुर्याईदिने मोटरले कुरि रहेको थियो।
भालुवाङ्को भिषण भिडन्त पस्चात साही नेपाली सेनाले हिईबे चेकिङ्लाई अझ कडि कडाई गदै॔ आएका र धनगडी नपुगुन्जेल यस्ता अरु सात स्थानमा यस्तै प्रकिया पुर्याई अघि बढ्नु पने॔ कुरा निकै पछि मेरो उत्सुकताको जीज्ञासा मेटाऊने क्रममा ड्राईभरले सुनाए।
छुटिएका सबै यात्रिलाई टिपी गाडि गन्तव्य तफ॔ गुड्यो। युद्ध पस्चात थकित घाईते सिपाहीले झै लामो सुस्केरा लिए। संकट टयो॔, मुक्ति मिल्यो, ज्यान जोगियो, जीवन अघि बढ्ने भो। छुटकाराले आजादीको मिठो स्वाद चखाई दियो। तर बाकीका यात्रा निस्चय पनि थप कष्ठकर बन्दै छ भन्ने मनोभावले मानसपटलमा थप भय र चिन्ताको असिना बसा॔इदियो।
‘गोरुशिङ्गे स्टाफ ढावा’ भित्र सम्पुण॔ यात्री गरुर॔ पसे। अरुले झैँ मैले पनी हात धोएर ड्राईभरको ईर्दगिर॔द घुमे तर उनको मँ मा नजरै परेन। भात किनि खान पैसा पुग्थेन। कृण्ण दाईले ड्राईभरलाई मेरो भाईलाई स्टाफ खाना खुवाई दिनु है भनेको सुनेको आधरमा बढो हिम्मत जुटाएर एक बचन बोलि हाले।
“दाई म कृष्ण दाईको भाई”, मैले दुखी श्वरमा आफुलाई चिनाए।
“ए! आउ बस बस! साहुजी एउटा अको॔ खाना लगाई दिनुस्”, भन्दै उँहाको धोद्रे श्वर काउन्टर सम्म पुग्यो। भोको पेटको समस्याको पनि हल निस्कियो। वास्तवमा भन्नु पदा॔ यस अघि मैले कहिल्यै यसरी मागी खाथिन।
“दाई भोलि कति बजे धनगडी पुग्छौ।?”
“सरासर जान पाईयो भने दिउसोको तिन बजेतिर पुगिएला”,मुखा भोरिको गासँ मिलाएर ड्राईभर दाईले जवाफ फकाए॔।
फेरि त्यो “सरासर” भन्ने शब्दले ठुलो प्रश्न चिन्ह खडा गरिदियो।
सरासर जान नपाए?? ओहो! फेरि आको॔ फसाद पने॔ वाला छ।
गाडि चढ्ने, रातभरि बसमा सुत्ने, भोलि सवेरै चिया खाने गरि फुपुको घरमा टुप्लुक्क पुग्ने मेरो योजना तालिका अलाबा केही फरक हुनेवाला थियो भन्ने पहिले नै संकेत पाउथे त म कदापी यस्तो अनिस्चयताको यात्रा गने॔ दुस्साहस गदि॔नथे।
“भालुवाङ्को चेक पोस्ट बिहान मात्र खुल्छ। ५ बजे सम्मलाई आ-आफ्नो सिटमा आराम गन॔होला”।खलासिले बिगुल फुक्यो।
“बाबु! तिमी हामी सित सुत्छै कि के गछै॔?” भन्ने ड्राईभर दाईको प्रस्ताबलाई सह॔स सुईका॔दै म दाईहरु सगैँ होटलको छतमा उक्लिए। त्यहाँ गाडी स्टाफलाई सुत्ने सानदार प्रवन्च मिलाईएको रहेछ।
सुतरिले बुनेको खटिया माथी बषौ॔ सम्म नधोए जस्तो मैलो तकिया र च्यादरले मलाई पखि॔ रहेको थियो। जुनको टहटहमा गोरुशिङ्गे बजार मस्त निदाएको स्पस्ट देखिन्थ्यो। छत अगाडी काठे घुम्तिमा एक जना बुढो चाचाँले रेडियोको पुरानो धुनमा चियाँ छान्ने भाडोले डिक्चिको चियालाई सराबरा गरिराथे। छत पछाडीको अन्यतहिन बारिका समथर फाट क्षितिजमै ठोकिए झैँ लाग्यो। मलाई लागेन त्यहाँ कुनै बस्ति थियो। सन्नाटाको अजिब बास्ना र ध्वनिलाई म महसुस गन॔ सक्थे।
बगलमै पल्टिएको खलासी सगँ एक खिल्लि चुरोट सापट मागेर खटिया उपर ऊत्तानो परेर सल्काए। चन्द्रमा ठिक म माथि अडियो। चुरोटको धुवालाई आकास तफ॔ फुकेर मैले जुनलाई धमिलो पारीदिए। तारा मंडललाई नियाल्दै गदा॔ पुव॔ पट्टिको मधुरो तारामा आखाँ गयो। मलाई लाग्यो त्यो ताराको ठिक मुन्तिर मेरो गाऊँ छ।
“के को जाम हो यो फेरि, अगाडी गएर सोध त जा”, ड्राईभरले खलासीलाई अहराए।
एकछिन पछि दगुदै॔ खलासी ड्राइभरको झ्यालमा आएर सुनायो,”मावोवादीले लम्कीमा बस जलाई देका छन् रे।”
गाडीका मानिसहरु ओलि॔एर गुड्खा, चुरोट, खैनि चपाउदै तितर बितर हुन थाले। बस नम्बर र यातायातको नामलाई कन्ठ पारेर म पनि टहलिए। अलपत्र परेका यात्रिहरु बाटो भरि देखिन्थे।त्यत्रा मान्छे बिच चक्काजाम कतिखेर खुल्छ भन्ने उत्तर कोहि सगँ थिएन। अघितिर बड्दै २०,२५ सवारी साधनलाई उछिने पछि एउटा लामो पुल भेटे। खडेरिमा सुक्दै गरेको पुल मुनिको फुश्रे खोलाको बगरमा एउटा बिचित्र सभ्यताको नजारा भो, त्यस्तो नेपाल मैले कहिल्यै देख्या थिईन।
गृहयुद्धको चपेटामा परेर बिभिन्न स्थानदेखि लखेटिएर जम्मा भएका दोन्ध पिडितहरुको पुनर्वास थियो त्यो। माटो र खरले बनेको साना साना एक कोठे झुपडिहरु सयौको शंख्यामा जंगल र खोला बिच छरपस्ट थिए। त्यस सुकुमबासी वस्तिलाई अन्वेषण गने॔ तिब्रताले म सरासर पुल निरको गोरेटो हुदै मुन्तिर झरे। भुराभुरि घामको राफले तातेको टल्किने बालुवा उडाउदै दकुरिराथे। अन्य केटाकेटीहरु भैसी सगै आल खेल्नमा व्यस्त देखिन्थे। कुच्चिएका सिलवरका गाग्रि, प्लास्टिकको पहेला जर्किन, चिरेका दाउरा, चिन॔ बाकी हागाँ , छरिएको अंगारका टुक्रा अनि ओसिलो करेसा प्रतेक झुपडि अघि देखिने साझाँ द्रिश्य थियो। सुगुँरको एक हुल यत्रतत्र छरिएको फोहोरको डंगुरमा खाना खोज्दै हिड्याथे। हासँ अनि कुखुरा सुंगुर पछि कुद्थे। दुई जंगल बिचमा अवस्थित त्यस बस्तिलाई प्रकृतिले पनि हेला गरेर आकासको भागलाई पनि साघुरो छुट्याईयाथ्यो। बटुकाको झिगाँ भन्किएको बुगुल्टो भात चपाई रहेको एउटा नाङ्गो बालकलाई आँगनमा लावारिस अवश्थामा देख्दा टिस लागेर आयो।एक्लै छाडी यिनका बाबु आमा कता गए होलान्?
ग्वालाहरु गाईबस्तु चराई राथे। कोही भने ढडियाँ र जाल सगँ खोलामा खेल्दै थिए। बुढी चाची फरियाले निधार छोप्दै अरियाले पराल काटेर चोयाको टोकरिलाई भदै॔ थिईन्।कसेका आगँनमा गुन्द्री बुन्ने तान समेत गाडिएका थिए। परालका तान्द्रा यत्र तत्र बस्ति भरि छरपस्ट भयता पनि टौवा भने मैले कसैकोमा देखिन।सेतो तर मैलो पहिरन भिरेका आईमाईहरुले बलौटे माटोमा हुकिदै॔ गरेको मकैका बुटाहरुलाई कोदालीले गोड्दै थिए। तिनका खुट्टामा चित्रहरु खोपिएको थियो।
वस्ति बिचमा एउटा सानो घुम्ति दोकान रहेछ। दोकानको भित्तामा अजय देवगन, सुनिल सेठ्ठी लयाएत कयौँ हिरोहरूको पोस्टर भरिभराऊ टासिएका थिए। गाडीको बेट्री बाट दोकानदारले क्यासेट बजाउने रहेछन्। चाउचाउ, बिस्कुट, पाउरोटी, मिठाई, गुट्खा, चुरोट, मौवा, नुन, सलाई घुम्तिका तखेतामा सजाएर राखिएको थियो। उसुनेको अण्डा, झिगाँ भन्किएको जेरी, आलुचप, सेलरोटि, तारेको ढुङ्रो, चनाँ भने अघि पट्टि फिजाईएको थियो।
झिगाँको बेवास्ता गदै॔ मैले एउटा जेरी किनेर त्यही टोकिदिए।
” पानी पनि दिनुस न ”
दोकानदारले अंखरा भरीको पानि मेरो हातमा थमाईदियो। पसिनाले निथ्रुकै भिजेको मैले एकै घुट्किमा पानी सकिदिए। खाली अंखराबाट ठ्वास्स रक्सिको हस्को आयो।
“तपाईको घर यहि हो?”
“घर त बाबु स्ल्यान हो,बस्नै पाईएन!” दोकानदारले जेरिका झिगाँहरुलाई मैलो कपडाको टुक्राले धपाउदै मम॔ स्पसी॔ भाव ब्यक्त गरे।
उनको कथा सुन्ने जीज्ञासा बवजुत कारण सोध्न मन लागेन।
यहाँबाट लम्की कति टाढाँ छ?”
दोकानदारले,” साईकलमा दुई घण्टा लाग्छ” भन्दै गदा॔ मेरो नजर दोकान छेउ रुखको शितलमा अडाईएको साईकलमा पुग्यो। पुरानो भएता पनि साधनलाई टिलिक्क टल्काईयाथ्यो। रिलका झिलझिले, अनि फिल्मि पोस्टकाड॔ले हेन्डेल र अन्य भागलाई आकर्सित बनाउन खोजियाथ्यो।
मलाई कटेर गुडेको लडीयालाई दौडिदै भेटाएर अनायासै हाम फाले। लडियाले काँचो खर, दाउराका छेस्का छुस्की र केही घुई र शिद्रा कतै ओसादै॔ थियो।
त्यस जगाँ न त मैले कही कल देखे, न त चपी॔ नै। मलाई यो पनि लाग्दैनकी बस्ति वरपर कुनै स्कुल या स्वास्थय चौकी थियो भनेर। मनमनै सोचे जीवन त जसोरीनि चल्दो रहेछ। बस्तिका अभाव, दुख ,गरिबि , पुवाधा॔रका समस्या र कष्टकर जीवन देखेर मनै खिन्न भो। नेपाल त यस्तो पनि रहेछ।
म त्यहाँका मानिसहरुलाई तत्काल केही सहयोग गन॔ चहान्थे तर म हर कुराले रित्तो थिए।
एक्कासी गाडीहरुका हन॔ बज्न थाले। बस्तिको बलौटे गोरेटै गोरेटो कुलेलाम ठोकेर म हाईबे ऊक्लिए। तितर बितर भएका अन्य यात्रीहरुले आ-आफ्ना सवारी पहिलाउनमा ब्यस्त देखिन्थे।अन्त्यत सेनाको स्कर्टिङ्बाट चक्काजाम खुलाईए पछी मोटर धनगडी तफ॔ रबाना भो।
फुस्रे खोला तदै॔ गदा॔ मैलै त्यस पुनवा॔स बस्तिलाई अन्तिम पल्ट हेरे।
झमक्क अध्यारो हुन बाकी नै छदा मोटर धनगडी बसपाक॔मा आई अडियो। दुई दिन देखी मेरो गासँ अनी बासँको ब्यवस्था मिलाऊदै मलाई अन्तिम गन्त व्यसम्म सकुशल ल्याईदिने ड्राईभर दाई प्रति यति कृतज्ञ भएकी मेरो देव्रे हातले उहाँको मैलो पाऊलाई नछोई छुटिन सकिन।
कालो रबरको रिस्ट व्यान्ड खोलेर खलासीलाई उपहार दिए।
“हसनपुर गाको कती?”
रेक्साको पाईडलमा देब्रे पैताला मिलाऊदै बुढो पातालो मजदुरले ,”१० दिनुस् बाबु ” भन्दै सिटमा उक्लियो। धनगडी कवड॔हलको गेटैमा हटिया बजार लाग्या रहेछ। मैले रेक्सालाई किनारा लगाई एक दज॔न केरा र कुल्फी किने।
“गभर्नर तिलक रावलका भाई टंक रावलको घर कुन पछ॔?” रिक्सा बाटै किराना पसलेलाई सोधे।
“ऊ त्यो “, पसलेले कुसि॔बाट तन्किएर औलाले देखाई दियो।
गोलो लक घुमाएर गेटलाई धकेल्न साथ फुपुलाई बगैचामा पानी हाल्दै गरेको भेटे।
केही बेरको रुवाबासी पस्चात फुवाले तुरून्तै घरमा फोन गरिदिस्यो।
घरतिर खोलामा पो डुब्यो की भन्ने सम्मको आशंका पैदा भएको रहेछ। भावबिभोर आमालाई ठुलो राहत मिल्यो। मेरो पुनर जन्म झैँ भो।
अब सब ठिकठाक हुनेछ।
“ओहो! कस्तो गमी॔, पंखा लगाईदिसेन”! मैले गोजिको फोन नम्बरको टुक्रालाई कच्याककुचुक पादै॔ भने।
“बत्ति त एक हफ्ता देखी आछैन। मावोवादिले ट्रान्समिटरनै पड्काईदियो”। गाग्रीबाट पानी सार्दै फुपुले समस्या पोख्स्यो।
त्यसैको दुई रात पछि छापामारहरुले हसनपुरकै नेपाल बैकं लिमिटेडमा आक्रमण गरे। बम र बन्दुक पड्किएको आवाज रातभरी सुनियो। हिसाब लगाउने हो भने चट्याङ् पदा॔को भय १० गुना न्युन हुन जान्थ्यो।
देशद्रोहिहरुले देशभक्तिको स्वाङ पादै॔, राजनितिको नाममा, राष्ट्रियताको बाहानामा, शान्तिको भ्रममा, लोकतन्त्रका लोकाचारमा प्रछन्न आतङ्क र भयको पिरो धुवाले मेरो मन मस्तिस्कका आखाँ पोलिन कहिल्यै रोकिएन। फेरि कुन बेला कहाँ कुन बहानामा ज्वालामुखी फुटेँझै अको॔ क्रुरताको नाकट मंचन हुने हो भन्ने त्रासदिले शान्तिको आशा, ढुक्क सगँ बाच्न पाउने अधिकार, आफु र आफ्नाहरु सुरक्षित छन् भन्ने यकिन अनि निभ॔य भई रहने आकांक्षा सधैजसो पानिका फोकाझै फुटि रहे। गृह युद्धले बिस्फोट गराएको संवेदनहिनताका छरा॔हरुले मनोवृतिमा क्षति पुर्यायर मेरो उत्थानको गतिलाई खोलाले रोकेको यात्राझैँ रोकिनै रह्यो। त्यो कहाली लाग्दो मनोभावबाट गुज्रिएको एक बयस्क युवालाई कयौ बिस्गतिमा थिल्थिलिदै बौरिन बाध्य तुल्याईयो। उसको त्यो ह्रदय अहिले पनि तृप्त,निभ॔य र शान्त हुन सकेको छैन।
Part3
“दयानन्द एङ्लो भेदिक शुशिल केडिया विश्व भारती हाईयर सेकेन्डरी ईङ्ग्लिस् बोडि॔ङ्ग स्कुल” मा सो॔स फो॔सको आधारमा छात्रबृती सहित म भना॔ भए। बागडोल घरमा पढ्नको लागी उपयुक्त माहोल तथा सुबिधा सम्पन्न वातावरण थियो। नयाँ र पुरानो गरी विज्ञानका एक बोरा जति किताब कोठामा थुप्रिए। डाईसेक्टिङ्ग बक्स किनेकै रात मैले माउसुलिलाई चिरफार गरि हेरे।
“ऊ पनि चितवन बाट हो,” रिसेप्सनको दिदिले घुम्रे केश, पातालो शरिर, गडेको आखाँ भएको विधाथी॔ तिर हातको कलम तेसा॔उदै चिनाईदिनु भो।
मनोजले हात मिलाउन अघि सादै॔ सोध्यो,
” चितवन कुन ठाउँ र”?
“मंगलपुर। तिम्रो?”
“भण्डारा”, गालालाई गाड्दै मनोज निच्च हास्यो।
मनोज बतौ॔ला चितवनको यस्.यल्.सी टपर थियो, त्यसैले बिना सोस॔ फोस॔ उसले पुण॔ छात्रवृती समेत हासिल गर्याथ्यो। कलंकी बाट ज्याक, पोखराबाट प्रख्यात, चावाहिल देखी हुसेन, बुटवलको सौरभ प्रधान, सलाही॔ देखी रूपेश यादव पाटनको अमन त्यस्तै मुकेस, कृति, अंजिता, साजन गरी कक्षा ११को सेक्सन ‘बि’ मा म लगाएत ३१ जना जम्मा भयौँ।
कृति भने क्लासको रानी मैरी थिईन्।
पहिलो दिन सेकेन्ड बेन्च रोजेको मैले हफ्ता दिन सम्ममा सदै॔ सदै॔ लास्ट बेन्चमा पुगे।
शुक्रबार बिहानै ७ बजे कलेज ड्रेसमा बेबिलोन डिस्को थ्यक आगाडी केटाहरु जम्मा भयौ। बंकरस् पाटी॔ भने ज्ञानोदय कलेजको साथिहरुले अग॔नाईज गरेका थिए।
“किट्टा नखाई त नाच्नै मजा आउदैन”, मनोजले मलाई जोस्सायो।
उसको डेरा ठमेल नजिकै पर्थ्यो यस अथ॔मा ऊ पहिले नै क्लबहरु चहारी सक्याथ्यो। सहमती जनाएर खल्ति टक्टकाउदै हामी भट्टि छिर्यौ।
बाउन्सरले नारिमा स्ट्याम्प थप्पाईदिए पछी कालो रगंले पोतेको बडेमानको ढोका खोलियो। बिहानै सुय॔ अस्ताए जस्तो त्यो नजारा यस अघि मैले कहिल्यौ देख्या थिइन। चुरोटको मुस्लोले निमा॔ण गरेको बादल, डिस्को लाईट, शिशा चका॔उने लाउड म्युजिक, डिजेको गानामा झुम्दै गरेका बिभिन्न कलेजका केटाकेटीहरु,,,
गोलो घेरा लगाएर हेड ब्याङ्ग गदै॔ गदा॔ ज्ञानोदयको केही बंकस॔हरु हाम्रै ग्याङ्गमा मिसिए। त्यसै घडी मेरो फिल्मि दुनियाको कल्पना हकिकतमा परिणत भो। हरियो स्कट्मा म अघि कोही अपरिचित केटी झुम्न लागी। हामी बिच दुरि नै थिएन भन्दा हुन्छ। बिना कुनै बोली आँखा जुधाउदै हामी दुई एकै चाँलमा हलियौ। मन चंगा भो। समय सुस्ताउन थाल्यो। केही बोलुझै लाग्यो तर सकिन।
तर अफसोच! डिस्को लाईटको अध्यारो र
उज्यालोको खेलोमा हरियो स्कट॔वाली अकस्मात भिडमा बिलाई। मेरो मुख च्याउरियो, सबैले गिज्याए झैँ लाग्यो र त्यस पछी ऊफ्रने जोस सेलाएर भाग्यो।
संजिवको क्यासपियन एकेडेमीको केटाहरु सगँ हानाहान परेछ। बाउन्सरले काठको मुङ्रो ताक्दै उसलाई क्लब बाहिर निकालिदियो। म थुर्र कापेँ । टाई खोलेर गोजीमा कोचेँ। पाटी॔ सकिएपछी सबै लाखापाखा भए। टेप्पो भाडा नभएर बिबेक र मैले सुनधारा देखि बागडोल सम्मै हिडेर जाने निण॔य गयौ॔। बाटोमा हामीलाई पखि॔रहेका फालिएको चुरोटका लामा ठुटाहरुले घण्टौको हिडाईलाई रोमान्चक र अवस्मरणिए बनाईदियो।
केही महिनामै बिबेक अमेरिका गयो। जानु अघि लाईब्रेरीमा फिता॔ गरिदिनु भनि बिबेकले जिम्मा लगाएको कलेजको किताबहरुलाई संजिव र मैले भृकुटि मंडवको सेकेन्ड हेन्ड बुक सपमा बेचेर विश्व ज्योती सिनेमा हल छियौ॔।
नेपाली पढाउने छुच्चि मेडमले ज्याक र मलाई कत्ति मन पराउनु हुन्थेन। लास्ट बेन्चमा बस्ने हामी दुईले उहाँको लेक्चरलाई कहिल्यै ध्यान दिदैनौ भन्ने उहाँको बुझाई थियो। विण्णु कुमारी मेडमले दिनु भएको धेरै गृहकाय॔हरु अझै पनि गनै॔ बाकी छन्।
मेरो लागी सधै झै नेपाली परिक्षा कहाली लाग्दो हुन्थ्यो। विण्णु मेडमको आन्तरिक परिक्षामा एउटा मात्र प्रश्नको उत्तर लेखेर बुझाईदिए। केही दिन पश्चात मेडम कक्षामा सरासर पस्नु भो र अंक सुनाउदै उत्तर पुस्तिका बाढ्न थाल्नु भयो। सबैले माक्स॔ रिमाक्स॔ पाएता पनि मेरो पत्र उहाँकै हातमा अठिएको थियो। आफ्नो ठुलो ब्यजती हुने कुरामा म पुराका पुरा विश्वस्त थिए।
“मोहित जंग पाँडेले एउटा मात्र प्रश्नको उत्तर लेख्न भ्याएछ”, औलामा थुक लगाई पाना पल्टाउदै चस्माको सिसा बाहिर बाट मेडमले मलाई खोज्नु भो।
सबै गगल हासेँ। मेरो टाँउको निहुरियो।
“पाचँ सय शब्द नघटाई लेख्न भनेको प्रश्नमा कापी थपि थपी त्यहीँ निवन्धमात्र लेखेर बसेछ”, मलाई सारा संसारले सुने झै भान भो।
सबैले मलाई चटकेको बादरलाई झैँ हेन॔ थाले। म झनै लज्जित भए, ह्रदयमा अमिलो पानी भरियो।
“अगाडी आऊ तिमी”।
पाईलाहरु सनै॔ मानेनन्। नाङ्गिन लागेझै लाग्यो।
घोप्टो मुन्टो लाएर सबै सामु उभिदै गदा॔ हातको पन्जाहरु बाट पसिना छुटे। मेरो ठुलो कारवाही हुने वाला थियो तर म त्यस सजाँय भोग्न तयार थिइन।
“यतिका लेख्न सक्ने विधाथी॔ रहेछौ! अनि त किन जहिल्यै गाली मात्र खाने काम गर्या होला”, बिरामीलाई डाक्टरले हेरे झै मेडमले मलाई हेनु॔ भो।
अरु सबै सगैँ म पनि अकमक्कमा परे।
“१० मार्कस्को निवन्धमा १० नै पायो तिमीले। यो जाचँमा तिमी फेल भएर पनि पास भयौ।”
सधै गाली गलौजले डसिरहने मेडमको लब्जबाट अकस्मात प्रसम्साको वाक्य सुन्न पाँउदा ह्रदय भकानियो। सजाय जस्तै गरी त्यो तारिफ सुन्न पनि म तयार थिईन।
मेडमले राम्रो निवन्ध लेखेकोमा बधाई दिदै उत्तर पुस्तिका मेरो हातैमा पुरस्कार जसरी थमाईदिनु भयो।
घण्टी लागेपछी साथीहरूले निवन्धलाई ताना तान गरी पढ्न खोज्याथे।
मलाई लाज लाग्यो, दिईन। कृतिले पनि त्यस वक्त मलाई आकै॔ नजरले हेरे झै लाग्यो।
कयौ वष॔पछि मैले त्यो उत्तर पुस्तिका लगाएत नेपालबाट ल्याएका कयौँ दस्ताबेजहरुलाई युनाईटेड अरब ईमिरेट्सको राजधानी आबुधावी स्थित कुनै एक बलौटे सडक छेऊको फोहोर फ्याक्ने कन्टेनरमा हुर्याईदिए।
त्यस परिक्षा प्रश्नमा आएको निवन्धको शिष॔क थियो “देश भक्ति र राष्ट्रियता”।
मलाई सौरभ प्रधान क्रान्तिकारी स्वभावको लाग्थ्यो। ऊ कहिल्यौ बंकस॔ पाटी॔मा समाबेस भएन तर सिनेमा हल जान चाँही प्रय तम्सिन्थ्यो। सौरभले त्यतिबेलै बुद्धिचाल प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गरिसकेको रहेछ। चेस अलावा पन्जा लडाईमा समेत उसलाई कसैले हराएको म संझिन्न। ज्याक र म सौरभलाई हराउन एक साथ झुन्डिएर लागि परेको स्मरण ताजै छ। केही सिप नलागेर हामीले काउकुति लगाउदा समेत जितेनौ। म सौरभ सगँ कहिलेकसो पृथक शिश॔कमा वाता॔लाप गन॔ औधी रुचाउथेँ।
एकदिन मैले शरदको डेराबाट चोरी ल्याएको ‘चे ग्वयेभारा’को जीवनी ल्याएर सौरभको हातमा थमाईदिए। त्यस लगत्तै उसको म प्रति झन रुचि बढ्यो। हामिले हाम्रो भेटघाटलाई कलेज टाईम पस्चात पनि लम्ब्यायौ। मानभवन अनि कुमारी पाटी॔का गल्लिका सिडिहरुमा हामी घण्टौ बिताउथ्यौ। मेरो चिया र चुरोटको इन्तजाम गन॔ उसले कहिल्यै कन्जुस्याई गरेन।
“थहा छ सौरभ! शान्ति तिन प्रकारको हुन्छ नि”,चुरोटको धुवालाई आकाश तफ॔ फुके।
“के-के”?
“एउटा बुद्धत्वको शान्ति, आको॔ चिताको शान्ति र त्यस्रो क्रान्ति पछिको शान्ति।”
सौरभ सबै बुझेर नि नबुझेझै गरी ट्वाल्ल पर्यो।
“हामी केही बेग्लै गरौ न यार!”
“कस्तो बेग्लै”, उसले गंभिर रुपमा ध्यानाकष॔ण गयो॔।
तर त्यसको स्पस्ट जवाफ भने म सगँ थिएन।
कलेजको ट्वाईलेटमा चुरोट तान्न ठुलै संघष॔ गनु॔ पथ्यो॔। तानेर फके॔काहरु आँफुलाई गोल्ड मेडलको तक्मा भिरेका खेलाडीले झैँ रबाफ देखाउथे। संजिवले त हदै पार गरिदियो, एका बिहानै रक्सिको बोटल कलेजमा छिराईदियो। मैले चाही खाईन, को कसले खाए मलाई थाहा भएन।
काठमाण्डौको चिसोमा ओठ फुटी रहने, लिपक्यर र चिबिस्टिक कसैको गोजीमा टुट्थेन।
एक दिन मैले चिबिस्टिकको क्रिमको जँगामा चुरोटलाई भाचेर अड्काईदिए। पेन्सिलको लिड बक्समा सलाईको काटी र कोने॔ भागलाई च्यातेर छुपाए। कालो कलमको शुईरोलाई फ्याकेर अगरबत्ति भरे।
भोलीपल्ट बिहान कलमलाई सेतो सट॔को बगलिमा भिरी चिबिस्टिकलाई पाईन्टको गोजीमा राखेर म क्याम्पस गेटको अगाडी डिसिप्लिन ईन्चाज॔को चेकिङ्ग क्युमा उभिए। तस्करले झै गैर कानुनि बस्तुहरु सरद पार भए।
चुरोट आतंकले गदा॔ एक कम॔चारीलाई नै ट्वाईलेट परिसरमा खटाईएको अवस्था थियो। पक्डिने डरले केटाहरु तलतल मेटाउने हिम्मत नै जुटाउन सक्याथेनन्। प्रतेक घण्टी पिच्छे विधाथी॔हरू ट्वाईलेट जाने चल्ति कहिल्यै रोकिएन। मनोज, म, ज्याक र अमनलाई ट्वाईलेट ईन्चाज॔ले छड्के जाचँ लियो, हामी पास भयौ। त्यसपछि हामी चारै भाई एउटै ट्वाईलेट भित्र छिर्यौ। मैले चिबिस्टिकलाई बटारेर चुरोट निकाल्दा अमन जिल् पर्यो। लगत्तै मनोजले योजना बमोजिम लिड बक्स बाट सलाईको काटी र इग्नाईटरको कागज झिक्यो। त्यस पछि सलाईको बारुद पड्काएर चुरोटको रकेट उडाईयो। अन्तरिक्षयानको सफल प्रक्षपण भन्दा कम उत्साह जनक थिएन त्यस प्रकृया। सबैले पालेपालो धुवालाई निल्यौ। अन्त्यमा मैले कालो कलम बाट अगरबत्तिको सुईरो झिकेर बचेको फिल्टरमा गाडिदिए। संपुण॔ प्रकृया न्युनतम समयमै सिद्धियो।
बाहिर उभिरहेको ट्वाईलेट ईन्चाज॔लाई पिसाब फेन॔ आउने विधाथी॔को भिड पन्छाएर सुराकी दिए, “भित्र कसैले अगरबत्ति फ्लेवरको चुरोट तानिराछ।”
“सौरभ! मैले केही लेखेको छु। यसलाई फोटोकपी गरेर कलेज भरि फ्याक्नु पछ॔”, भन्दै पचा॔लाई उसको हातमा थमाईदिए।
कागजमा यस्तै केही लेखिएको थियो।
“पियन दिदीको काम अनुसारको पैषा थोरै भो। मधेसी सोझा विधाथी॔लाई सबैले हेप्न र पेल्न खोज्छन्। ए.के.वाई सर क्लासमा केटीहरु सगँ मस्किदै समय बिताउछन्। लाईब्रेरीको मिसले कृतिपुरको नेवारहरुलाई कोटा भन्दा बढी किताब दिन्छे। डिसिप्लिन ईन्चाज॔ भ्याली बाहिरका विधाथी॔हरुसँग हेपाहा र कठोर शैलिमा प्रस्तुत हुन्छन्। दिनेश सर क्लासमै सुति॔ चपाउछन्। क्यानटिनको समोसामा नुन बढी भो। ममको प्लेटमा मम कम भो। कलेजले व्यलकम पाटी॔ पनि दिएन। हामी प्रतेक दिन ट्वाईलेटमा चुरोट तान्छौ सक्छौ भने रोक!”
पढि भ्याए पछी सौरभ सधैझै नाकको डाडी खुम्च्याउदै खिसिक्क हास्यो।
“ठिक त ठिक हो, गने॔ भए गरौ” भन्दै उसले आलटाल गरी रातमा पखा॔ल चढि प्रतेक कक्षाकोठाको ढोकामा र कलेजको नोटिस बोड॔मा पचा॔ टास्ने योजनालाई सम॔थन जनायो।
तर अवसोच! लगत्तै म गम्बिर बिरामी परी कलेजनै छाडेर चितवन बापस हुनु पने॔ परिस्थितिको सृजना भो।
१२को अन्तिम परिक्षा दिन म केही दिन अगाबै काठमाण्डौ फिता॔ भए। कलेजले अघिल्लो दिन नै प्रश्नोतर आफ्ना विधाथी॔ माझँ लिक गरिदियो। मैले मोजा, टाई र बाऊलामा भए जति चिट लुकाए। परिक्षा केन्द्रमा पनि कलेजको सेटिङ्ग रहेछ।
परिक्षा हलमा सौरभ अलावा धेरै जसो परिक्षाथी॔हरु चिट सान॔मै व्यस्थ देखिन्थे। उ भने केही नलेखी टाउको निहुराएर एकोहोरी रह्यो।
“लेखन! किन? चिट चाहिन्छ? दिऊ?”, मैले उसको कान सम्ममा आवाज पुग्ने गरि सोधे।
“मलाई यसरी पास हुनु छैन। तिमी लेख न!”,मलाई गिज्याएझै गरी ऊ खिसिक्क हास्यो।
मेरो कलम सरेन।
हाम्रा बिच त्यस अघि भएका कयौ बैचारिक बिश्लेषण, सिध्दान्त, सहि-गलतका नारा सबै निर्ररथक हुन गए। त्यसै बेला मेरा आदश॔वादी चिन्तनहरुले धुलो चाटेँ। त्यस परिक्षा हलमा दुरुस्तै उत्तर सादै॔ गदा॔ पनि म फेल हुदै थिए अनि सौरभका पानाहरु नितान्त खाली भएता पनि ऊ जिन्दगिको परिक्षा उति॔ण हुदै थियो।
पहिलो घण्टी बज्न साथ सौरभ खाली प्रश्नोतर बुझाएर हिडिहाल्यो । म चाही बाकीको दुई घण्टा चिट सान॔मै लागे।
तर, रात भरि निन्द्रा परेन। त्यस पछिका अरू चार परिक्षा मैले चिट बेगर लेखे। किनकी मलाई पनि सौरभ झैँ परिक्षामा होईनकी जिवनमा पास हुनु थियो।
नतिजा आयो,,, मलाई तिन अनि सौरभलाई चार विषय लागेछ। त्यो तिन वटा विषय झ्याली नगरी कटाउन मलाई थप तिन वष॔ लाग्यो, सौरभले के कसो गर्यो मलाई स्मरण छैन। स्मरण छ त हामी माझँ प्रश्नोतर चुहावट गने॔ सहायक प्रध्यान्नध्यापक लाई प्रहरी हिरासतमा थुनेको खबर।
.
अर्नेस्तो “चे” गेवाराको ‘द मोटर साईकल डाएरिज” र एलेक्जेन्जर सुपर ट्राम्पको ‘ईन्टु द वाईल्ड’ फ्लिमले मेरो जीवन शैलीलाई नै काया पलट गरि दियो। बस्! मलाई अब घुम्नु थियो, फिरन्ते जसरी। बेधडक बिन्दास्। रत्नपाक॔मा किनेको नेपालको नक्सामा यसअघि घुमि सकेको जिल्लाहरु उपर क्रस चिन्नल लगाए। पुग्न बाकी त धेरै पो रहेछ।
कुने एक जोसिलो दिन, अति आवस्यक गुन्ठा गान्ठी बोकेर नेपालका दुर दराजमा पुग्ने अठोटका साथ म काठमाण्डौको घर देखि ढाटेर निस्किए।
२३ वषि॔य युवा अर्नेस्तो “चे” गेवारा साउथ अमेरिका भरि फैलिएको महामारिमाको खिलाफ आफ्नो भुमिका र नागरिक उत्तर दाईत्व निवा॔हा गदै॔ गदा॔को बेजोड प्रस्तुति वृतचित्रमा हेदा॔ शरिरका रौँ ठडिएका थिए। अने॔स्तो झै म डाक्टर त थिइन, न म सगँ मोटर साईकल नै थियो तन त्यति ठुलो आटँ। बस् म सगँ उसको जस्तै धड्किरहने कोमल ह्रदय थियो जसले परोपकार र करुणाको मम॔ स्प॔षी भावलाई थोरबहुत महसुस गन॔ सक्थ्यो।
अमेरिका बाट पुरन दादाले मोज गर भनेर पठाईदिसेको सय डलरले न्युरोडमा सुनको मुन्द्री किन्याथे। त्यसैलाई बेच्दा आएको पैषाले बिर हस्पिटल अगाडीको औषधी पसलबाट जीवनजल, मेट्रोडीनाजोल, पेन्टापराजोल, पियुष गाड॔ र अन्य औषधी सामाग्री किने। सौरभ पनि लगनखेल देखि थप औषधी र केही रकम बोकेर न्युरोड आई पुग्यो। पवन आचाय॔ बाटैमा भेट भो। ऊ स्कुलको फस्ट ब्वाई थियो, मैले उसलाई पढाईमा एकै पल्ट मात्र उछुनेको थिए। हतार हतारमा ऊसले पनि अभियानको तात्पय॔ बुझेर ५०० जतिको थप औषधी हामीलाई जिम्मा लगाई गयो। लगत्तै पोको पुन्तुरो बोकेर हामी नाईट बसमा मध्य पस्चिम तफ॔ रबाना भयौँ।
थानकोट चेक पोस्टबाट सागर वस्नेतले नरिवल, बिस्टिक र केही औषधी अनी बाटो खच॔ले हामीलाई बिधाई गर्यो। नारायणगडमा उभिई रहेका संजोग अनि ह्रिदेशको टोलिले पनि औषधिको पोका थमाईदिएर त्यस परोपकारी यभियानको हिस्सामा सामेल भए। यात्राभर सौरभ आफ्नो प्रेमिका सगँ फोन संपक॔मा रहिरह्यो। मैले भने कसै सित संपक॔मा गने॔ जरुरत देखिन।
त्यसताका जाजरकोट र सेरोफेरोका जिल्लाहरू हैजा अनि झाँडा पखालाले बिमार थियो। संचार माध्य्यमहरूमा जाजरकोट महामारी प्रमुख खबर बन्थ्यो। ग्रामिण भुभागमा ओखतिको विकेन्द्रीकरण हुन नसक्नु नै त्यस भुगोलको मुल आपत्ति थियो।
हैजाले दज॔नौ जनताको प्राण हरण गरि सक्याथ्यो। उपचार नपाएर सयौँ बिमारीहरु मृत्यु शैयामा छट्पटाईराथे।
मोटरले बुटवल हुदै कोहलपुर ल्याई पुर्यायो। मध्य पस्चिमान्चल भर एक दिने चक्काजामलको खबरले गदा॔ हामी त्यस दिन नेपालगन्ज तिर टहलिने र उतै बासँ बस्ने निदो गर॔यौ। भेलिपल्ट यावत हल्ला बाबजुत जाम खुल्यो । बाटोमा बालिएको टायर र पुत्लाहरूलाई छिचोल्दै पुलिसको स्कटी॔ङ्गमा हामी उभो लाग्यौ। अन्त्यत सल्यानको सल्लि बजारमा गाडीबाट ओर्लिएर धान खेतको डिलैडिल रूकुम तफ॔ पैदल लाग्यौ। भेरी तरि चौरजहारी र मटेला कटाएर तिन दिनमा जाजरकोट सदरमुकाम खलंगा पुगियो।
भोलि पल्ट खलङ्गाबाट स्थानिय र स्वयम सेवीको सल्लाह र सहयोगमा एकदिनको उकालो उक्लेर महामारिले अति ग्रस्थ साबिक भेरे गाबिसको बिकट गाउँमा पुग्यौ जहाँ हामिले ५९ घर धुरिलाई औषधी राहत बितरण गर्न सफल भयौ।
Leave a Reply
You must be logged in to post a comment.