Register
A password will be e-mailed to you.

आज एक अर्थ बिहीन जिवनको यात्रामा कयौ बर्ष पछि उस्लाइ मेरो याद आएछ
मलाइ लाग्दै छ उस्लाइ मेरो याद पहिला पनी न आएको कहाँ होला तर यस्पाली उस्ले आफ्नो मनलाइ सम्हालेर जोर जबरजस्ती गरेर फोन समातिछे र फोनको डालयप्याडमा मेरो नम्बर डायल गरीछे ।

तर उस्को मनमा अझै डर थियो की मैले उस्लाइ हप्काइ दिन्छुकी? हो उस्लाइ थाहा छ मलाइ चाँडै रिस उठछ, म अलि मुडी छुँ तर नराम्रो चै खै हैन होला की । जहाँ सम्म लाग्छ मैले उस्को नराम्रो केही चाहेको थिएन ।

ठ्याक्कै मेरो फोनमा नचिनेको फोबाट फोन आउनुर मैले फोन हेर्नु सँयोग रहेछ किन भने मैले फोन कहिले पनि उठाँदैन किनकी मेरो फोन जहिले पनि म्युटमा हुन्छ र मेरो फोन मा ५ ६ वटा मिस्कल न आउनजेल सम्म मैले कसैलाइ फोन गरेको अथवा फोन उठाएको रेर्कड छैन ।
तर क्या सँयोग यस्पल्ट फोनउठाए, फोन उठाएको केही समय त कोइ बोलेन मैले हेलो हेलो भन्दै थिए र म आधि निन्द्रामै थिए मैले सोच्दै थिए फोन काँटि दिउँ तर के ही समय पछि फोनम कुनै केटीको आवाज आयो ।

मैले हेलो भने
उस्ले पनि डराए जसरी हेलो भनी
अरु दूइ शब्द के वोलेकी थिइ
मैले उस्को आवाज चिनी हाले
अरे तिमी भने
अँह म भनी उस्ले म निन्द्रमै थिए
उस्ले भनि कसरी चिन्यौ नम्बर सेभ थियो होला
हैन हैन कहाँ हुनु
मैले भने मैले कसैको नम्बर सेभ राख्दैन यार
बस तिम्रो आवाज नै काफी थियो मैले चिनी हाले ।
हैन होला भन्दै थिइ तर पछी मानी,
अनि मेरो नम्बर सेभ रैछ तिमी सँग भनेर सोधेँ
हैन यो नम्बर त याद थियो
ऐ ऐ होर?
हो भनी उस्ले

अनि अरु के गर्दै छौ त?
केहि हैन यार यस्तै लोकसेवा को तयारी गर्दै छु भनी
ए ए होर केको लागी अधिकृत की बैँक
खै अब त सबै दिन पर्छ क्यारे, घर बाटपनि सारै प्रेसर छ
प्राइभेट जागीर खाइस भने मेरो साम्मुने पनि न आइजारे भन्नुभाको छ रे मम्मीले ।
ए हो र भने मैले ।
म एक छिन त मौन थिए

अनि कति पछी है कुरा भाको पनि, साँथिहरुको त याद पनि आँउदैन है
खै यार अब के भनौ
म फेरी मौन भए
२०१२ पछि २०२० मा है कुरा पनि?
मैले भने अँ हो पक्कै हो २०१२ पछि सिधै २०२० मा है
म त्यसपछि के भन्ने भनेर अकमकीए

उस्को बारेमा के भनौँ उ र म १२ सम्म सँगै पढेको पढ्दा पढ्दै अलिकतीमाया पनि थपीएछ की, खै के भनौ सानै थियो, सानो हुँदा जे गरे पनि सबै रमाइलो लाग्छ, सबै आफ्नै लाग्छ ।

यस बिचमा धेरै कुरा भए, अरुका कुरा हरु टन्नै ग्यौँ, के राम्रो के नराम्रो धेरै कुरा यता उती जागीर सागीर कतीहो कती जहाँ सम्म लाग्छ, १५ २० मिनट त ति कुरा हरु नै भए होला ।

सायद आज ८ बर्ष पछि म सँग कुरा गर्ने जाँगर चलेछ, त्यो भन्दा पहिले उस्ले मलाइ कहिले पनि फोन गरेकी थिइन ।

अनि उस्ले भन्दै थिइ हेर न यार उस्ले त बैँकमा नाम निकाली छे, पढेको पनि थिएन रे खै के हो यार भाग्य भाका हरुको फटाफट नाम निस्कीन्छ, हाम्रो त खै कहिले निस्कीने हो खै ।

मैले भने, होे यार मैले पनि मेरो फुफुबाट थाहापाको थिए, उस्को नाम निस्केछ भनेर उ त मेरो बल्क लीस्टमा छ आजभोली । म अलि ठुलो हुन खोज्दै थिए, तिम्लाइ के थाहा मेरो बल्क लिस्टमा कति जना छन । मेरो त टन्नै छन, कति धेरै हो ।

उस्ले भनि मेरो पनि धेरै थिए तर मेरो पुरानो एकाउन्ट खै के भयो । अनि यो नयाँ हो त्यसबाट तिमीलाइ एड गरेको ।

तर उस्ले एड गरे पनि फेसबुकमा च्यट भन्ने कुरा एकदमै थोरै हुन्थ्यो, बर्षको एक दुइ चोटी ।

अनि उस्ले सोधी तिमीले मलाइ कति चोटी बल्क अनबल्क ग्यौ भनत, किन गरेको त्यो भनन ।

अनि मैले यतिकै भनेर टाल्न खोजे र उस्ले मानी तर उस्ले भनी अब यो नयाँ लाइ चै बल्क नगर है, पिल्ज ।

मैले अँ अ हुन्छ भने ।

अब सोचौँ भने उ मौन भइ होला । सोच्दै थिइ होला ।

मौन छु भन्दा भन्दै
तिमीले मलाइ मौनताको अध्यारोमा
पुराएको पत्तै भएन
भन्थ्यौ यो जीवन त एक
पल मात्रै हो
हाम्रो माया त जन्मौँ जन्म हो भनेर
तर अहिले कहाँ
हरायौ खै
मलाइ सोध्न मन लाग्यो तिमी र मैले खाएका बाँचा कसम के त्यसतै ब्यर्थ आँसुका खोलामा बगेका हुन?
अब असपास बाट गुजरीदा पनी नदेखेजस्तै गर्नू
किन मायाले पनि
मायालाइ छल गर्न भनेकै हुन?

खै
म मौनताको अध्यारोमा छु
लाग्छ
उ त्यो अध्याँरो कोठामा कोइ
लुकेर बसेको छ
के ही बेर आँखा झिम्काए भने
पछाडीबाट आएर डराइदिन्छ की भन्ने डर छ ।

खै माया, रहर, कसम हरु यस्तै ब्र्यथ हुन्छन भन्ने
थाहा पहिलेनै भाको भए
म जन्मनै लिने थिएन
ब्र्यथमा आमालाइ मेरोमायाको दुख दिने थिएन ।

खै के भनौ
स्तभ्द छु
मौनतमा पनी
चिच्याई रहेकी छुँ
मनमै
सँगै लाग्दै छ
आकास मै माथी रौइ रहेको छ ।

खै के भनौ
हामी सानै थियौँ गुच्चा खेल्थ्यौँ
त्यसमा जहिलै मलाइ तिमी मेरो टिममा भए पुग्थ्यो ।
किन भने
त्यती बेला तिमीलाई
हराउन सक्ने न कोइ केटा थियो न केटी
खुुसी लाग्थ्यो ।

म मौनता लाइ अध्याँरोको सँज्ञा दिदै छुँ
जुन अध्याँरोले मलाइ कहिलै छोडने छैन

माफ
माफ
माफ

Leave a Reply