केही दशक अगडिका कुराहरू गर्ने हो भने बलात्कारका घटनाहरू केही मात्रा मै मात्र दर्ता हुन्थे, कसैलार्इ अाफ्नो बेइज्जत हुने डर हुन्थ्यो भने, कसैलार्इ डर धम्कीले चुप्प गरार्इन्थ्यो, कसैकसैले त अात्महत्यानै गरेको जस्ता खबरहरू अझै पनि सुनिने गर्छन । तर अहिलेको कुरा गर्दा देशमा दिनहुँ ३ देखि ४ को मात्रामा यस्ता घटनाहरू दर्ता हुने तथ्याँङ्क छ । तर अझै पनि गाँउघर तिरका घट्नाहरू बाहिर अाउने हो भने यो तथ्याङ्क अझै १० प्रतिशत देखि २० प्रतिशत सम्म बढ्न सक्ने अनुमान हामि गर्न सक्छाैं ।
केहि महिना पछाडिको नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले त्यो संख्या करिब १२ सय भन्दा बढी पुगेको छ। अर्थात् दुई दशकमा बलात्कारका घटना कम्तीमा ६ सय देखी ९ सय प्रतिशतले बढेको छ। [1]
झन बिड्म्मबना के छ भने, यस्ता घट्नाहरू ले झन झन् क्रूर रूप लिदैगर्इ राखेका छन । क्रुरताको कुरा गर्ने हो भने तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि नर्मम हत्या भएको थियो ।
त्यसतै यो एउटा घटनामात्रै हो, पुरानो तथ्याङ्क अनुसार “गएको ७ वर्षमा मात्रै ६ हजार ६ सय २७ जना बलात्कारको शिकार भएको नेपाल प्रहरीले बताएको छ। जसमध्ये ४ हजार ५ सय ८९ जनाको बलात्कारपछि उद्धार गरिएको छ भने २ हजार ३८ जनाको बलात्कारपछि हत्या गरिएको रेकर्डमा उल्लेख छ। प्रत्येक वर्ष ९ सय ४६ तथा प्रत्येक महिना ७८ जना बलात्कारको शिकार हुने रिपोर्टमा उल्लेख छ।” [2]
तर यस्ता घटनाहरू किन हुने गर्छन भन्ने कुरा लार्इ नियाल्ने हो भने धेरै कारण हुन सक्छन तर त्यस मध्ये पनि धेरै ठुलो कारण भनेको मान्छेको संकुचित सोचार्इ र बिचार धारा हो जस्तो लाग्छ ।
अब अरू कारणहरू लार्इ नियाल्दा बलात्कार तथा यौन हिंसा बढ्नुमा पुरुषहरू वैदेशिक रोजगारीका लागि विदेश जानु, स्कुल, कलेजमै ब्वाई फ्रेन्ड (गर्ल फ्रेन्ड कल्चर विकसित हुनु र विवाह नगरी केटा/केटी विवाहपूर्व नै एकसाथ बस्नु प्रमुख कारक हुन सक्ने अनुमान गर्न सक्छाैं, तर अझैं पनि यि नै मुख्य कारण हुन भन्न सकिन्न । किन भने, दिनहुँ सुनिने यस्ता घट्ना हरूलार्इ हेर्ने हो भने, सबैको प्रकृति फरक फरक नै देखिन्छ।
क्षेत्रको हिसाबमा घटनाहरू को तथ्याङ्क खोज्दा खसोखासमा लेखीए अनुरूप
“पूर्वी नेपालमा सबैभन्दा धेरै १ हजार ३ सय ४३ जनाको बलात्कार तथा ५ सय ८९ जनाको बलात्कार पश्चात हत्या गरिएको छ। त्यस्तै पश्चिम नेपालमा २ सय ७७ जना बलात्कारको शिकार भएका छन् भने १३८ जनाको बलात्कार पश्चात हत्या गरिएको छ। काठमाडौं उपत्यकामा मात्रै ६ सय १० जनाले बलात्कारको उजुरी दर्ता गरेका थिए भने १ सय ५५ जनाको बलात्कार पश्चात हत्या गरिएको तथ्यांकमा उल्लेख छ।”
मानिसहरू किन बलात्कार गर्छन् ।
पुरूषहरू ले बलात्कार गर्नुकाे एउटा कारण भनेको अति उत्तेजना हो, त्यो अति उत्तेजनालार्इ रोक्न नसकेर उस्ले अाफ्नो सन्तुलन बिगार्दछ र बलात्कार जस्तो घटनाको सिर्जना हुन्छ ।
Richard von Krafft-Ebing wrote Psychopathia Sexualis (1886), he assumed that rapists suffered from either ‘priapism and conditions approaching satyriasis’ or a ‘mental weakness’ that allowed lustful urges to escape their control.
त्यस्तै अन्यकारणहरू पनि छन जसमा
- कसै प्रतिको रिस ।
- कसैले केहि गर्न सक्तैन भन्ने, शक्तिको बोध हुँदा पनि यस्तो भएको पार्इएको छ ।
- उदासिनता – उदासिनता पनि रिसको कारक बन्नसक्छ र जस्ले बलात्कार जस्तो घटना पनि निम्त्याउन सक्छ ।
- याैन उत्तेजना मेटाउने प्यास (अति उत्तेजना) ।
- कुनै कुरा प्रतिको अति चाहना ले, मानसिक सन्तुलन बिग्रिन्छ जस्लार्इ अर्को कारक पनि मानिएको छ ।
- खराब र अनैतिक सोच भएर पनि हुन सक्छन् ।
- कानुन फितलो भएर बढी भएको देखिन्छ ।
- पिडित प्रति खराब दृष्टिकोण भएमा पनि यस्तो भएको देखिन्छ ।
यस्ता अन्या कारणहरू पनि हुन सक्छन, जस्ले बलात्कार जस्तो घटनालार्इ निम्त्याउँछ ।
यस्ता घटनाहरूलार्इ रोकथाम गर्न के गर्न सकिन्छ?
याैन अपराधहरूले समाजमा धेरै नराम्रो असर पारि राखेको हुन्छ, जहाँ शक्ति र बलको प्रयोग हुन्छ, जुन समाजमा यस्ता घटनाहरू हुन्छन र उनिहरू लार्इ केही हुँदैन त्यहाँ यस्ता कृर्याकलाप गर्ने हाैंसला बढछ र घटनाहरू बढदै जान्छन् । रोकथामको लागी केहि हद सम्म सजकता अपनाउन सकिन्छ ।
- बेला बेलामा मनाेवैज्ञानिक हेरविचार र परामर्श दिने गर्न सकिन्छ । जहाँ संज्ञानात्मक व्यवहार कार्यक्रम हरू गर्न सकिन्छ र मान्छेहरूको सोचार्इलार्इ उजागर गर्न सकिन्छ ।
- अपराधीहरूको लागि पनि ज्ञानका कुरा हरू को कार्यक्रम राख्ने उनिहरू लार्इ सकारात्मक सोचको शिक्षा दिने र याैन सम्बन्धि पनि शिक्षा दिने, जस्ले केही हद सम्म यसको रोकथाम गर्न सक्छ ।
- नैतिक शिक्षाको राम्रो व्यवस्था भएमा पनि केही हद सम्म समाजमा हुने यस्ता घटनाहरू रोक्न सकिन्छ ।
- अन्य विभिन्न शैक्षीक कर्यक्रम जो याैन संग संबन्धित छन् जस्ले यो कुराहरू लार्इ रोक्न मदत गर्न सक्दछ् । जस्तै एचअाभी केहो? याैन दुर्व्यवहार केहो? र यस्ले निम्त्याउने समस्याहरू केके हुन, यो सबै को जानकारि दिनु जरूरी हुन्छ ।
- लैङ्गिक हिसाको अन्त्यहुनु पनि जरूरी छ ।
- कडा नियम र कानुन बनाएर मात्रै हुँदैन, त्यो कानुन को पालना हुनु पनि अावश्यक छ, जस्ले यस्ता कुरा हरू लार्इ न्युनिकरण गर्न मदत गर्ने छ ।
याैन शिक्षालार्इ प्रोतशाहन र कानुनको पालना गर्न अावह्वान गर्नुनै मुख्या अावश्यक कुरा छ जस्तो लाग्छ, सकिन्छ भने अाफ्नो क्षेत्रबाटै याैन शिक्षाको बारेमा जानकारि दिने प्रयासको थालनि गरियो भयो भने हामीले बिभिन्न सुरक्षाका उपायहरू अपनाउन सक्छाैं र केहि हदसम्म यस्लार्इ न्युनिकरण गर्न सकिन्छ ।
Leave a Reply
You must be logged in to post a comment.