Register
A password will be e-mailed to you.


आकासमा कालो नै कती
मरे पछि हिड्ने बाटोनै कती
सुस्त सुस्त
अगाडी बढ्दै छुँ
जीवनको रमिता
रमेरै घोक्तै छुँ ।

बस खाडलमा नपुरीउँ
जलेर खरानी बनु
हावा सँगै उडेर बगुँ
बर्षा जस्तै
बेगमा खसुँ
असिना जस्तै
भुईमा रन्थनीउँ ।

जीवनको चुस्की
हल्का हल्का
शराबको नाम
मातनै फस्का
भाँङ धतुरो
कहाँ अरुजस्ता
मेरा पैँतला
आकासमै कती
रहर उमंग
सपनानै अती
भइदिउँ तारा
गइ दिइदिउँ सती
नगए
मलाई पुर्ने
माटोनै कती
आकासमा कालोनै कती
मरे पछि हिड्ने बाटोनै कती ।

म शानले
मसान सम्म ठेलीन पुगे
म मान ले
मसान सम्म कात्रोमा बेरीन पुगे
आज मेरो शान र मसान
दुवै शान्त छन
हे आफ्ना हो
तिमी प्रचण्ड नहौ
तिमी उदण्ड नहौ
तिमी कसैका लागी
धमण्ड नहौ

एकाग्र चिन्तन
महान प्रकृती
यही भावना
यही सँस्कृती
काम र कुरा
कयौं आकृती
मनको मोह
यही बिकृती ।

म म म
मै म
मेरो घमण्ड
मेरै कुकृती
म जस्ता तुच्छ
चण्डालै कती
बाटो बाटो हिड्ने
अज्ञानी
कंगालै कती ।

Leave a Reply