नारी म …
आज दबाउन खोजिँदै छ मेरो आवाज,
आज लुटिन खोजिँदै छ मेरो अस्तित्व
आज मेटाउन खोजिँदै छ मेरो कुमारीत्व,
आँफैलाई नै धिक्करी रहेछु अहिले
नारी बनेर गल्ती गरेछु मैले।
कसरी बचाउछेउ आमा ती गिद्धे नजरहरुबाट ?
जो तकिरहेछन मेरा शरीरका हरेक अङ्ग,
सधैसधैं डर लगिरहन्छ आमा मलाई यहाँ ,
लाग्छ कि कोइ नरपिचास आएर झम्टी हाल्छ अहिले |
जहाँ आफ्नै दाजुभाईले नै छाड्दैनन,
के बिश्वास हुन्छ र अरुको ?
न्याएबाट बाट बन्चित छु म अहिले ,
यहाँ पैसाको मुठोले जादु देखाइ सक्यो पहिले |
कहाँ छस् सरकार त अहिले ?
के साँच्चिकै नारी बनेर गल्ती गरे मैले ?