Register
A password will be e-mailed to you.

हे एक्काईसौ शताब्दीको
बलिष्ठ मान्छे
शरणमा पर्ने बेला
आएको छ तिम्रो;
तिम्रो पाप भरिएर
भाडाबाट पोखिन लागिसक्यो
नदिहरु पनि उल्टो
बग्न थालीसके
पृथ्वी पनि घुम्न
छाड्ने रे अब त।

जति हेप्नु थियो, हेपिसक्यौ,
जति पिल्सनु थियो, पिल्सिसक्यौ,
जति उत्खनन गर्नु थियो, गरिसक्यौ,
सहनशिलताको सिमाना नाघिस

Person holding conch , मामेकं शरण व्रज

Photo: Unsplash/ Peter Nicola

क्यौ।

बजाउने छु अब युद्धको
बिगुल
गर्ने छु
प्रलयको आह्वान…

फगत
काँतर भई आँखा झुकाई
माफ माग्यौ भने
गर्नेछु क्षमा तिमीलाई
किनभने
न छु तिमी जस्तो विवेकहिन
न छु तिमी जस्तो मुर्ख ।

कर्मको फल त जसले पनि भ‌‍ोग्नैपर्छ !
त्यसैले ,
रेट्ने छु तिम्रा नशाले बनेका
सारङ्गिका तारहरु,
बजाउने छु तिम्रा खाली पेटका
दमाहाहरु,
फुक्ने छु तिम्रा नलिहाडले बनेका
बाँसुरीहरु ।

अब मेरा शब्दले आगो
ओकल्छन्
मेरा स्वासहरुले आँधी
ल्याउनेछन्
मेरो तेस्रो नेत्रबाट
ज्वालामुखी निस्कनेछ।
क्रोधको ज्वालामुखिले
जलाउनेछु
तिम्रा अस्तित्वका म्यानुस्क्रीप्तहरु,
भत्काउनेछु तिम्रा आडम्बरका
ग्रेत-वालहरु ।

अनि
चन्दनसरि लेप्छु तिम्रो
खप्परको भस्म
सिंहनाद गर्दै तिम्रो नाङ्गो छातिमा
गर्छु तान्डव नृत्य
त्यसपछि मात्र भन्छु
“मामेकं शरण व्रज” !!!

Leave a Reply