आकाश मा उडी रहेका तारा हरु नाच्दै गरेको देख्दा सपनाहरु मडारिदै नमरेको भए दुईमहिना पछि वाक वाँकी लाग्ने बेला भएको जस्तै स्पर्श नहुदोहो । आज यो समाज मा म बलात्कृत भएको ३६५ दिन भएको छ । अब पकै चिन्नु भयो होला । म त्यही धनी समाज ले तिरस्कार गरे पनि शिक्षित र उर्जाशील युवाहरु ले अझै माइतीघर मण्डलामा विरोध जनाउने शीर्षक हु । मेरो नाम म भनेर सक्दिन मेरो समाजमा म जस्ता न्याय पीडित धेरै हुनुन्छ ।
म एउटी नाबालिका हु जहा अरूको पाप आफ्नो पेट मा बोकेर तितेपाती का झाङ हरुमा आफ्नो देह दान गरेको थिएँ। मेरो परिचय नै दिनु हो भने यहाँ प्रस्तुत गरेका शब्दहरूले पुग्छ जस्तो लाग्दैन किन भने म भन्दा हजारौं गुणा जान्ने कानुन का महारथी भनिने सर्वोच्च अदालतले पनि मेरो केस अझै पनि खोलन सकेका छैनन। त्यति मात्र होइन मेरो भाउ पनि करोड छ।
मेरै मारण पछि सबूत मेटाउन यहाँ हजारौं करोड फ्यालिएको भन्नेकुरा थाहा पाएँ। कतिजना त बेरोजगार भएको पनि देखेको थिएँ।कोही मान्छेहरू यस्तो पीडित हुन्छन् कि आफ्नो नाम सुन्न पनि सराध्यको दिन पर्खन पर्दछ त्यस्तै मेरो नाम कानमा गूंजिदैन भने पहिलो सराध्य मा माहिती घर मण्डलमा महिनबात्तिको तापमा आफ्नो देशलाई र आफ्नो जन्म भाग्यलाई धिककार्न शुभकामना दिन चाहन्छु । म त्यो निर्मल पन्त हु । म त्यो सुस्मिता हु । म त्यो कमला हु ।हो म यो देश ले न्याय दिन नसकेको एक बलात्कृत नेपाली नारी हु ।
उक्त प्रस्तुत एक घटना जस्तै यो देशमा हजारौं न्याय पीडित नारीहरू हुनुन्छ । उहाँहरुलाई न्याय दिने अब हाम्रो जिम्मबा हो। समाज बनाउने हाम्रो भुमिका हो। आहिले नगरे कहिले गर्ने हामीले नगरे कोसले गर्ने ।
यहाँ अन्याय मा पर्ने हजार छन् ।
तर न्याय दिने सययौ
अब पालो हाम्रो हो एकतामा हामी होऊ।
- अभिवादन
Leave a Reply
You must be logged in to post a comment.