Register
A password will be e-mailed to you.

 

आज आधुनिकताको नाममा संस्कार गुमाइदै छ यहाँ,

स्वतन्त्रताको नाममा आफ्नोपन गुमाईदै छ यहाँ।

साना कटिङ लुगा देखि वाईन पिउदै एक्काइसौं शताब्दिमा प्रबेश गरिसके पछि,

आफ्नो स्त्रीपन र पुरुषपनको मर्यादा र सम्मान पनि गुमाईदै छ यहाँ ।

दया, माया र भावनाको कदरको कुरा त परै जाओस,

पैसालाई नै सबथोक मानी एकअर्कालाई भाला हानिन्छ यहाँ ।

हो! सबै कुरा जनेका छन यहाँ कसैलाई कोहि पनि चहिदैन ,

तर देखावटीपनमा मैँ हुँ सर्वस्व भनी अहंकारको तालमा पौडी खेलिन्छ यहाँ ।

सुख र सम्पन्नतामा आफै सृष्टिकर्ता बन्न खोज्नेहरु,

दुख पर्दा सबै भन्दा पहिले मन्दिरको ढोका खोजिन्छ यहाँ।

परिवर्तित समयको नाममा मानवता नै हराईसक्यो,

प्रकृतिले दिएका ती  हात कटाई  आफ्ना कृत्रिम पखेटा जोड्न खोजिन्छ यहाँ।

के काम ती दुबै हातको – के काम त्यो कमाएको धनको,

जब दुख पर्दा अरुको सहयोगमा उठ्न सक्दैनन भने ,

तर बिडम्बना! अरुलाई लछर्दै पछर्दै गर्दा पाखण्डिको बलले राम्रोपनको अस्तित्व पनि मेटाउन खोजिन्छ यहाँ।

आधुनिक र नयाँ युगमा प्रवेश गरेकै करणले होला,

दुखमा सहयोग त परै जओस अरुको आँसु र पिडालाई तमाशा बनाइन्छ यहाँ ।

सायद यसैले गर्दा नयाँ युगमा प्रवेश गरिने भएर होला,

मान्छेको हिम्मत र विस्वासको टुक्राटुक्रा बनाईन्छ यहाँ ।

आज आधुनिकताको नाममा संस्कार गुमाइदै छ यहाँ,

स्वतन्त्रताको नाममा आफ्नोपन गुमाईदै छ यहाँ।                                                                                                                                      📝अप्सरा भट्टराई                       

Leave a Reply