आस्तित्व
शायद यी दु:खका पहाडहरु कहिलै खतम हुँदैन रहेनछन
जति चढे तेतिधेरै बढछन
अब म सक्दिन यि बाटोमा आएका खोचँहरुसँग लढ्न
जो सधैं मेरो आस्तित्वमा दाग लगाउन खोज्छन अनि
जो सधैं मेरो मेहेनत मेटाउन खोज्छन ।
दश चोटि लढ्दा एघारौँ पल्ट उठ्नु भनेकी आमा आज हात दिन सेमत आइनन
अनि यि काँढा का बीच फस्दा कहाँ हराए
ति बुवा जस्ले मलाई सधैं आफ्नै काखमा सम्हालेर राख्छु भनेका थिए
सधैं पहिलो हुने दौडमा हिंडेको संसारले
बिस्तारै हिंडे पनि लक्ष्यमा पुगिने कुरा कहिले पनि सिकाएन ।
तर यी सब तिता र मिठा अनुभवले
मेरो जीवन अर्थपूर्ण बनाइ दिएको छ
अनी मेरो आस्तित्वमा लगाइएका दागहरु
मेरा सबै भन्दा ठुलो शक्ती बनेका छन ।
Leave a Reply
You must be logged in to post a comment.