यो रात, आउदा पनि ऐंठन हुन्छ
त्यो दिन, धाँउदा पनी ऐंठन हुन्छ
के गरू, कसो गरू
सारै गारो हुदो रैछ
सुत्दा पनि मलार्इ हेर्
सोच्दा पनि मलार्इ हेर्
कुराले घोच्दा पनी मलार्इ हेर्
यो मनलाइ फ्याट्टै रोक्न सकुँ बरू
यो मुटुलाइ च्याप्पै च्यापन सकुँ हातले बरू
यो जीवन लाइ, झ्याप्पै थाम्न सकुँ श्वासले बरू
मेरो त्यो ऐंठने अन्त, यतिकैमा बिलाउँछकी
माया मारी टाढा गए, सपनीमा हराँउछकी
मार्छ, यल्ले मार्छ
देखेका सपना हरू, पुरा नभए सम्म,
मुठुको ऐंठन ले मार्छ
मनमा खेलेका कुरा हरू, पुरा नभए सम्म
त्यो मनको ऐंठनले मार्छ
त्यो मन, मुटु को ऐंठनको अन्त, कहिँ भेटिएलाकी?
कतै मेरो त्यो, भोको ऐंठनको प्यास मेटिएलाकी?
कैलेकाँइ सोच्दै बस्छुँ यो त अब धेरै भयो
घिटि घिटिएको जीवनको गाँठो हल्का हल्का गर्दै फुकाल्दिए भयो
त्यो हराएको मायाको आशलार्इ पनीमा धकाल्दिए भयो
मनको त्यो बिथिति बेदना लार्इ समुन्द्रमा खसाल्दिए भयो
माया, ममता र त्यो मोहलाइ, हल्का आगोमा पगाल्दिए भयो ।
wow … best poem i have ever learn…
Thank you; Stay tuned for more;