म कसिङ्गर
धर्तीमा कतै अलपत्र लडेको कसिङ्गर म,
माटोमा जन्मिएपनि त्यो आकाशलाई आफ्नो उदेश्य मान्छु ।।
गगन भेद्ने मेरा सपनाहरुकै लागि
म कसिङ्गर त्यो टाढा देखिएको जिवनचक्रको भुमरीमा रुमलिन आतुर हुन्छु ।।
भुमरीले रोङ्ट्याउदै आकाशको उचाइमा पुर्याएपछि,
म कसिङ्गर तेइ धर्तीको धुलोलाई तुच्छ मान्छु ।।
गतिशील जिवनचक्रको भुमरी भिरमा ठोक्किएपछि,
म कसिङ्गर लर्बरिदै फेरि तेइ धुलोमै पछारिन्छु ।
जिवनचक्रको भुमरीले जति माथी पुर्याएपनि,
माटोमा जन्मिएर माटैमा मिल्नु बाध्याता मेरो,
म कसिङ्गर,
गर्दिन घमण्ड कसिङ्गर हुनुमा ।।
-विवेक अरुण्य काफ्ले

Leave a Reply
You must be logged in to post a comment.