जिवानोपरान्त अडिग कदम, नझुकेको शिर,
लोकभलो गरूँ है भनि लम्किन्छु गगन तिर |
एक्लो भइकन पनि एकता सार छर्दछु,
शितलता दिउँला भनि हाँगिने पनि गर्दछु |
बटुवा आइ पसिना पुछ्ने विशाल मेरो शरण,
झागीन्छु गर्न यी पल्लवहरुले पवन शुद्दिकरण |
म छु भनी ढुक्क बस्दछ लोक वर्षात भैहाल्छ भनि,
हिउँदे पात माटोमा बिछ्याउँछु भविष्यलाइ पनि |
कल्याणकारी यो जीवनको कदापि भएन अहंकार,
निकम्मा वृद्द वृक्षपनि कुदिएपछी हेर कति सुन्दर |
मेरो जीवन तिमीले बाच्नु आफुलाई वृक्ष ठानी,
सर्वभलो नै मेरो भलो भनी वृक्ष ज्ञान मानी |
-विवेक अरुण्य काफ्ले
Leave a Reply
You must be logged in to post a comment.