Register
A password will be e-mailed to you.

The Last Minute!

म मेरो यात्राको अन्तिम समयको खोजी गर्दै थिए भेटाउन साह्रै मुस्कील रहेछ गंगामा म एक्लै यता उती भौतारीन अथाह कठीन रहेछ । लह अब भेटाए भेटाएँ भन्दा भन्दै म निलो आकाशको कालो अन्नतको गोरेटोमा हिडी सकेछु । अग्लो होचो, ठुलो सानो जात पात, धर्म कर्म भन्दा भन्दै शंख ध्वनीको भुमरी नाचिसके छु । रहर मेरा सबै अनि भ्रमनै कति भ्रमनै जीवन अनि भ्रमनै अति अहो एक मात्र जीवन कयौँ क्रान्ति भ्रमनै जीवन अनि त्यही भ्रमनै अशान्ती । आज म मौन छु की? हँ? की मेरो मनमै अशान्ती? कयौँ प्रश्न थिए कयौ अझै छन र केही बाँकी रहने छन । मलाइ लाग्छ म मेरो आटले आज घाटमा पुगेको छु? होर? कि कसै अरुको मागले? मैले अघिनै भने नी कयौ प्रश्न छन कयौँ । म यसपाली रातो रँग अबिर फुलमालाले शुुस्जीत पवित्र पत्थरहरुमा सर्मपित थिए र म यस्तो सम्मान पाइ रहदा खुसीले झन मौन भए तर पनि दुइ थोपा स्वास उकेल्न सकी राखेको थिएन । भन्छन जीवन यात्रा हो हो रहेछ जीवन यर्थाथ हो त्यो पनि हो रहेछ तर जे सुकै गर्नुस जीवनको अन्तिम गन्तव्य गँगाको त्यो कालो गोरेटो बाटोनै रहेछ । यो सबै कुुरा मैले आफै सँग गर्दैछु वरी परी हेर्रदा आँसुुका पर्दा छन चिर परीचित अनुहार हरु चियाएर मेरो अन्तिम समयलाइ नियाल्दै छन बस म यो ठम्याउन सकिराखेको थिएन कि यो सबै खुसीको लागी यहाँ छन कि दुख बस म लपेटिएको थिऐँ मौन थिऐँ म अन्तिम समयको आभासलाइ कुर्दै थिए म बोल्न हाँस्न सक्तीन थेँ तर गगन चुम्बी आकाशबाट सबलाई चियाइ रहेको थिए राम्रो नराम्रो केही खोजीन तर म सबैको लागी झुुकी राखेको थिए । Always I would love to have your feedback 🙂

Leave a Reply