Register
A password will be e-mailed to you.

रुखको पात हल्लिदा म बतास चलेको बुझ्छु
स्वतन्त्र टाउका घोप्टिदा कुरा खास चलेको बुझ्छु
यस आधुनिकताले व्यर्थै विस्थाग भावुकतामा रम्दै
सर्ट माथिको टाई उड्दा म श्वास चलेको बुझ्छु

टलपल भरिएको आँखा लुकाउन चर्किएको हाँसो सम्झिदा
रामायणमा अन्तिम क्षणको रावणको अट्टहास चलेको बुझ्छु
संगीतको एक्लो मिहिनेत पसिनामा डुबिरहेका गीतहरुमा
बजेको तालीको गड्गडाहट म उपहास चलेको बुझ्छु

योजनाको थुप्रो मन र मस्तिष्कमा बोकेर हिँड्ने
मानवलाई यन्त्र होईन बरु लास चलेको बुझ्छु
डुंडुंगति गनाईरहने शरीर छाम्न नचाहेका हात हेर्दा
आफूमा रोग सर्छ कि भन्ने त्रास चलेको बुझ्छु

गर्भमै गर्दा रहेछन् बाबामुआले छोराछोरीको भबिष्य निर्धारण
यसैले होला हरघरमा जुवामा तास चलेको बुझ्छु
राष्ट्रिय पशु गाईको औधी माया लाग्छ मलाई
अनि त मुखबाट निस्केको फिजसँगै घाँस चलेको बुझ्छु।।

– स्वस्तिका यादव

Leave a Reply