गोधुली साँझको
छिपछिपे अँध्यारोमा हिंड्यो उ
कान्छिको भट्टितिर
सुरा र सुन्दरिको
कर्मयज्ञ गर्न ,
आहुती दिन तयार भयो आफैंलाई
मधुशालाको यज्ञस्थलमा;
रात छिपिप्दै गयो ,
रित्तिदै गए स्फटिकका रक्सी का प्यालाहरु
पिउदै गयो
उ पिउदै गयो ,
कहिले आफ्नै सपनाहरू पियो,
कहिले प्रियसीका यादमा बगेका आँसुहरु
र कहिले आफ्नै बाल्यकाल पियो
कहिले बाबु आमाको वृद्धापन
कहिले आमाको ममता पियो
त
कहिले बाबाको काँध
कहिले श्रीमतीको सुहाग पियो
त कहिले छोराछोरीको आँशु
तर

Photo: Pexels
उ मातेन
किनकी
आँखा खोल्ने बित्तिकै
उसले पिउन सुरु गरेको थियो
आफ्नै आँसु |
जब उसलाई मात लाग्न थाल्यो
पिइसकेथ्यो उसले सारा यौवन
पिइसकेथ्यो उसले गैरी खेत
र पिइसकेथ्यो उसले माली गाई र दुई बाच्छिहरु;
मात लाग्दा र नलाग्दा
मात्र उसले बुझेन
उसले रक्सी पियो कि
रक्सी ले उसलाई …..
Leave a Reply
You must be logged in to post a comment.