म मरिसकेको मान्छे रहेछु
बस् सास त्याग बाँकी रहेछ
म हारिसकेको मान्छे रहेछु
बस हार स्विकार्न अब बाँकी रहेछ
हजारौँको भिदमा एक्लो रहेछु
खै किन मनले पराइलाई पनि आफ्नो मानेछ
म उदाई सकेको घाम रहेछु
बस अँधेरो हुन बकी रहेछ
म मुर्झाइ सकेको फुल रहेछु
बस माटो मा मिल्न अब बकी रहेछ
दुई पलको तिम्रो म सहयात्री रहेछु
खै, किन मनले जिवन भरको हाम्रो साथ मानेछ
Leave a Reply
You must be logged in to post a comment.